Dictionary

All Word

36051 डोकेसो ना. १. रुन्चे लागेका केटाकेटीलाई डोकाले छोपी पानी खन्याएर गरिने सजाययुक्त उपचार।
36052 डोकेसो ना. २. चराचुरुङ्गी समात्ने डोकाको पासो।
36053 डोको ना. १. बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, मालताल हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा बोकिने सोलीजस्तो भाँडो।
36054 डोको ना. २. सरकारी हुलाक बोकेबापत खान्कीका रूपमा केही जग्गा आदि पाइने पुरानो प्रचलनको रकम।
36055 डोको न डालो वि. केही पनि नहुने स्थिति;अर्थ न बर्थको;विनापत्ताको।
36056 डोको नाम्लो ना. बोक्ने भाँडो र बोकिने डोरी, नाम्लो आदि साधन; डोको र नाम्लो।
36057 डोको पानी ना. हे.डोकेसो।
36058 डोङमेन ना. छवटा तार भएको र टाउकोमा प्रायः घोडाको टाउको खोपिएको हुने, सेब्रुनाच र गीतमा बजाइने, टुङ्नाको ठुलो रूपको बाजा।
36059 डोटी ना. नेपालको सुदूर पश्चिममा रहेको, सेती अञ्चलभित्र पर्ने एक जिल्ला।
36060 डोटेल वि. १. डोटी जिल्लामा बस्ने वा डोटीको निवासी; डोटी जिल्लाको डोटीसम्बन्धी। ना.
36061 डोटेल वि. २. नेपालीको एउटा थर।
36062 डोट्याल ना. डोटेल।
36063 डोब्नु स.क्रि. १. कोट, पाइन्ट आदि सिउँदा मिलानका निम्ति पहिले ठुलठुला टाँका गरेर तुन्नु वा फड्को मारेर सिउनु; डोब लगाउनु; चिनु लगाउनु।
36064 डोब्नु स.क्रि. २. चोट वा घाउ लाउनु; खिल्नु।
36065 डोब्नु स.क्रि. ३. चोपल्नु; डुबाउनु।
36066 डोब ना. १. सिलाइ, खोपाइ आदिको चिह्न।
36067 डोब ना. २. हलो, बन्चरो आदि हतियारबाट लागेको चोट; डाम खत।
36068 डोब ना. ३. कामको अन्दाजका निम्ति पहिले लगाइने चिनो।
36069 डोब ना. ४. चास (खेत)।
36070 डोबटी ना. बाक्लो खालको एक जातको खाँडी।
36071 डोबाइ ना. डोब्ने क्रिया वा प्रक्रिया।
36072 डोबाइनु क.क्रि. डोब्न लाइनु।
36073 डोबाउनु प्रे. क्रि. डोब्न लाउनु; चिनु लाउनु।
36074 डोबिनु क.क्रि. डोब्ने काम गरिनु।
36075 डोबिल्काडोबिल्की ना. सानाठुला डोबिल्काको समूह; डोबिल्को र डोबिल्की।
36076 डोबिल्की ना. सानो डोबिल्को।
36077 डोबिल्को ना. पानीको सानो दह; सानो किसिमको जलाशय वा कुवा; डोब्किलो।
36078 डोब्किलाडोब्किली ना. सानाठुला धेरै डोब्किला।
36079 डोब्किलो ना. पानी भएको सानो खाल्डो; डोबिल्को।
36080 डोम ना. डुम; चाण्डाल।
36081 डोमे वि. डोमसम्बन्धी वा डोमको; डोमलाई दिइने ( अनाज, पैसा आदि)।
36082 डोर ना. १. कुनै विशेष काम गर्न केही दिनका निम्ति अड्डाबाट बाहिर खटाइने कर्मचारीहरूको टोली वा त्यस टोलीले गर्ने काम।
36083 डोर ना. २. तीर्थयात्राको प्रसङ्ग।
36084 डोर ना. ३. धागो; सुत; डोरो।
36085 डोरिनु अ.क्रि. अरूले जता लग्यो उतै लागिनु; डोरी, हात आदि समातेर हिँडिनु।
36086 डोरिया वि. डोऱ्याउने; सम्बन्ध गाँस्ने।
36087 डोरिया फरिया ना. धागा, फरिया आदि स्त्रीजातिले लाउने शृङ्गारसाधन र वस्त्र।
36088 डोरी ना. बाबियो, धागो, पाट आदिले बाटिएको, पोयो लगाइएको वा नलगाइएको मोटो डोरो; लखाकी।
36089 डोरेँटो ना. एक-दुई जना मात्र हिँड्न हुने सानो बाटो; गोरेटो।
36090 डोरे वि. डोरो भएको; धर्काधिर्की भएको;डोरोसम्बन्धी।
36091 डोरेटो ना. हे.डोरेँटो।
36092 डोरेपिङ ना. रुखको हाँगामा बाँधेर दुईतिर मोटो डोरी झुन्ड्याई तल काम्रो हालेको मच्चाएर खेलिने पिङ।
36093 डोरो ना. १. बुन्ने, बाँध्ने आदि काम लिइने कपास, ऊन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु; धागो;सुत।
36094 डोरो ना. २. पिठो, चुन आदि धुलो वस्तु खसालिएको सोझो धर्को; रेखा।
36095 डोरो ना. ३. रक्षासूत्र।
36096 डोरो ना. ४. बाटो; गोरेटो।
36097 डोरोवाल ना. मध्यस्थललाई मदत गर्ने काममा खेलका मैदानको छेउमा रहने अधिकारी।
36098 डोऱ्याँटो ना. हे. डोरेँटो।
36099 डोऱ्याइ ना. १. डोरिने क्रिया वा प्रक्रिया। [डोऱ्याउ + याइ]
36100 डोऱ्याइ ना. २. डोऱ्याउने क्रिया वा प्रक्रिया।