Dictionary

All Word

36201 ढकायो ना. डाँठका टुप्पामा प्रायः तीनवटा पात हुने, पहेँला घोगादार फूल फुल्ने बुटीविशेष।
36202 ढकार ना. ढ' अक्षर; टवर्गको तेस्रो वर्ण।
36203 ढकिया ना. सानो ढक्की।
36204 ढक्क क्रि.वि. अत्यास वा डरले सिरिङ्ग भएर जिउ फुल्ने गरी; मुटु उफ्रेर बन्द हुन खोज्ने चालले।
36205 ढक्कन ना. १. झ्याल, ढोका आदि लाउने वा बन्द गर्ने काम।
36206 ढक्कन ना. २. कुनै वस्तु ढाक्ने साधन; ढकना।
36207 ढक्का ना. ठोकेर बजाइने ठुलो ढोल; नगरा; दमाहा।
36208 ढक्कारी ना. दुर्गाको एक रूप; तारा।
36209 ढक्की ना. चोया आदिले बुनेको, फलफूल, सुखा खानेकुरा आदि हाल्ने खुला मुख भएको थालजस्तो भाँडो।
36210 ढङ्ग ना. १. कुनै काम गर्ने पद्धति, शैली, सिप तथा ढाँचा वा छाँट।
36211 ढङ्ग ना. २. कसैमा हुने असल वा खराब स्वभाव; बानीबेहोरा।
36212 ढङ्ग ना. ३. कुनै विषयवस्तुको किसिम वा प्रकार।
36213 ढङ्गमरु वि. ढङ्ग नभएको (व्यक्ति)।
36214 ढङ्गरङ्ग ना. काम गराइको सिप र छाँट; ढाँचाकाँचा; चालामाला; रङ्गढङ्ग।
36215 ढडिया ना. नदीनाला आदिमा माछा समात्ने वा थाने काममा प्रयोग गरिने, बाँसका कप्टेराले बनाइएको, माछा पसेपछि निस्कन नसक्ने सोलीजस्तो पासो वा खोर; एक किसिमको जुँगा।
36216 ढडेन / ढड्यान ना. १. काँस, खर आदि घाँस उम्रेको बाँझो जग्गा।
36217 ढडेन / ढड्यान ना. २. ढड्डी नै ढड्डी भएको जग्गा।
36218 ढड्डा ना. अड्डाखानामा लगत, मोठ आदि राख्ने वा दुकानहरूमा हरहिसाब राख्ने ठुलो बहीखाता।
36219 ढड्डी ना. काँसका जस्ता लामा लामा पात हुने, कल्कीदार राता फूल फुल्ने एक किसिमको घाँस; एक किसिमको ठुलो घाँस।
36220 ढड्डु वि. निकै अग्लो र मोटोघाटो; ठुलो जिउडालको।
36221 ढड्नेसो ना. ढाडको हाड।
36222 ढड्याइ ना. १. ढाडिने क्रिया वा प्रक्रिया [ढड्याउ+आइ]
36223 ढड्याइ ना. २. ढड्याउने क्रिया वा प्रक्रिया।
36224 ढड्याइनु क.क्रि. १. धरपकड गरिनु।
36225 ढड्याइनु क.क्रि. २. ढाडिने गराइनु।
36226 ढड्याउनु स.क्रि १. लुगा, गेडागुडी आदि पानीमा हालेर ढाडिने गराउनु; भिजाउनु वा फुलाउनु।
36227 ढड्याउनु स.क्रि २. गर्भधारण गराउनु; पेट बोकाउनु।
36228 ढड्याउनु स.क्रि ३. कसैलाई मन नपरीकन खुवाउनु।
36229 ढड्याउनु स.क्रि लेनदेन, हरहिसाब आदि कुरामा धरपकड गर्नु; हड्याउनु।
36230 ढड्याङडुङ क्रि.वि. एकाएक गडबड भएर; ठटाउने वा भाग्ने चाल निकाल्दै।
36231 ढपाइ ना. ढाप्ने क्रिया वा प्रक्रिया।
36232 ढाइनु क.क्रि. ढाप्न वा छोप्न लगाइनु; ओगटाइनु।
36233 ढपाउनु प्रे. क्रि. ढाप्न लाउनु; छोपाउनु।
36234 ढपोट ना. १. सबै रकमका आम्दानी, खर्च, जिन्सी, नगदी आदिको फाँटवारी खुलाई बही बुझाउने अड्डा वा ठाउँमा रकमीले बुझाउने ठुलो बही।
36235 ढपोट ना. २. एक प्रकारको वासिल बाँकी।
36236 ढब ना. १. काइदा, ढाँचा; ढड्ग; छाँट; आकार; आकृति।
36237 ढब ना. २. बानीबेहोर; चालचलन।
36238 ढब्बु वि. निकै ठुलो; भद्दा खालको; बडेमाको।
36239 ढमढम क्रि.वि. १. झोक्किएर वा जोसले खुट्टा बजार्दै।
36240 ढमढम क्रि.वि. २. ढोल, नगरा आदि बजाउँदा शब्द आउने गरी। ना.
36241 ढमढम क्रि.वि. ३. त्यस्तो चाल वा शब्द।
36242 ढम्म क्रि.वि. जोडसँग पछारिने वा लड्ने गरी; ढ्याम्म।
36243 ढररर क्रि.वि. लगातार ढर्र हुने गरी।
36244 ढररर ढम क्रि.वि./ना हे. ढर्रढम।
36245 ढर्र १. दमाहा आदि बाजा बजेको शब्द आउने गरी।
36246 ढर्र २. एकैचोटि धेरै तोप वा बन्दुकहरू पड्काउँदा आवाज आउने गरी।
36247 ढर्र ३. ठुलो शब्द आउने गरी अपानवायु छोडेर।
36248 ढढ क्रि.वि. १. दमाहा आदि बाजा ताल दिएर बजाउने गरी। ना.
36249 ढढ क्रि.वि. २. त्यसरी बजाउँदा आउने आवाज।
36250 ढर्रा ना. नचाहिँदो वा देखावटी ढाँचा; स्वाङ।