Dictionary

All Word

36351 ढाप ना. पानी नसुक्ने खालको जमिन; थलथले सिम; धाप।
36352 ढापिनु क.क्रि. ढाकिन; ओगटिनु।
36353 ढामरा ना. हाँसको पोथी; पोथी हाँस।
36354 ढाल्नु स.क्रि. १. ठडिएको कुनै वस्तुलाई लडाउनु, ढलाउनु वा पल्टाउनु। २ युद्ध, प्रतिस्पर्धा आदिमा शत्रु वा विपक्षीलाई परास्त गर्नु; हराउनु।
36355 ढाल्नु स.क्रि. ३. कसैको मनोभावनालाई कुनै निश्चित सिद्धान्त वा विचारमा परिणत गर्नु।
36356 ढाल्नु स.क्रि. ४. धातु, सिमेन्ट आदि पगालेर वा घोलेर साँचोमा हाली विभिन्न किसिमका वस्तु बनाउनु।
36357 ढाल ना. १. युद्धमा हतियारहरूको चोट रोक्नाका लागि छातीमा भिरिने गैँडाको छाला वा फलामको थालका आकारको साहो, बलियो एक उपकरण।
36358 ढाल ना. २. परिवार नियोजनका निम्ति पुरुषेन्द्रियमा खोलका रूपमा प्रयोग गरिने एक प्रकारको अस्थायी साधनको नाम; कन्डम।
36359 ढालबन्द ना. आफ्नी विवाहिता स्वास्नीलाई अरूले करणी गरेको थाहा पाएर पनि जार हान्न वा उसको नाक काट्न नसक्ने मानिस।
36360 ढालिनु क.क्रि ढाल्न लाइनु; लडाइनु।
36361 ढाली ना. छातीमा ढाल धारण गर्ने सैनिक; ढाल भिर्ने योद्धा।
36362 ढालू वि. पानी बग्ने किसिमको थोरै भिरालो वा ओरालो; ढलुवा (जग्गा, निकास आदि)।
36363 ढाले कटुस ना. केही ठुलो र खैरो रङ्ग हुने एक जातको कटुस; ढाल्ने कटुस।
36364 ढाल्पा ना. पानीको ढल, निकास आदिको रखवाली गर्ने कर्मचारी |
36365 ढिँड ना. १. एकोहोरो जिद्दी; हठ। वि.
36366 ढिँड ना. २. जिद्दीवाल; हठी।
36367 ढिँडी ना. नभाँचिएको खोर्सानीको कोसो; सिङ्गो खोर्सानी।
36368 ढिँडे वि. १. ढिँडो खाएर जीविका चलाउने।
36369 ढिँडे वि. २. असभ्य; गँवार; मूर्ख।
36370 ढिँडे वि. ३. मोटो र लामो।
36371 ढिँडे खोर्सानी ना. मोटो र लामो खालको खोर्सानी।
36372 ढिँडो ना. पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइएको खानेकुरो।
36373 ढिँड्याहा वि. एकोहोरो किसिमले आफ्नै जिद्दीमा लागिरहने; झुँज्याहा।
36374 ढिक वि. १. जिउडाल ठुलो र मोटोघाटो भए तापनि बेकम्माको; कामकाज नगर्ने। ना.
36375 ढिक वि. २. ढिस्को; थुम्को।
36376 ढिक ना. पसलमा तेर्सो पारेर छिराई लगाइने ढोका वा कोटाल; झ्याल वा ढोकामा जडिएको ठुलो कपाट, द्वार; ठुलो ठेला।
36377 ढिकी ना. प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि ( टाउका ) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि ( पुच्छर ) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष।
36378 ढिकीच्याउँ ना. १. लामा मसिना बाङ्गाटिङ्गा आठवटा खुट्टा हुने माकुराको ढाँचाको कालो किरो। वि.
36379 ढिकीच्याउँ ना. २. लऱ्याङबऱ्याड चालले काम गर्ने; लोसे (मानिस)।
36380 ढिकीच्याउँ ना. ३. लेच्याएर हिँड्ने (मानिस); खोरन्डो।
36381 ढिकुरी ना. १. धान राख्ने भकारी।
36382 ढिकुरी ना. २. ढुकुटी।
36383 ढिकुरी ना. ढिकुरोको लघु रूप; सानो ढिकुरो। ( उदा.- बिचरी बुढियाको ढिकुरी उठाउने पनि कोही भएनन् )।
36384 ढिकुरो ना. १. प्रेतक्रियाका निम्ति दश दिनसम्म पिण्ड दिइने वेदी; अन्त्येष्टिस्थल।
36385 ढिकुरो ना. २. माटाको ढिस्को; ढिस्कुरो।
36386 ढिकुरो ना. ३. थकालीको एक किसिमको व्यापारिक प्रथा।
36387 ढिकुवा ना. कोलमा रहने, बियाका टुप्पाबाट कात्रीमा जोडिने काठ।
36388 ढिके वि. ढिको भएको; ढिको हुने।
36389 ढिके नुन ना. ढिकाढिका परेको एक जातको नुन।
36390 ढिके पर्वत ना. वरिपरि खाल्टाखुल्टी भई ढिकाढिकाजस्तो परेको देखिने पहाड।
36391 ढिकेरी ना. १. ढिकी रहने सानो कटेरो; ढिकीकटेरो।
36392 ढिकेरी ना. २. धान कुट्ने ठाउँ; ढिकडी।
36393 ढिको ना. धुलो नभएको वा नफोरिएको डल्लो; ठुलो डल्लो; ढोल।
36394 ढिगुर ना. बर्सेनि सदस्यहरूले तोकिएको रकम बुझाउने र खरखाँचो भएको बेला त्यसबाट आफ्नो काम चलाउने, थकाली जातिमा प्रचलित एक किसिमको साझा संस्था वा सङ्गठन।
36395 ढिङ ना. भगनासिका; योनिगुटिका; टिसी।
36396 ढिठो ना. बोल्नमा सिपालु वा धक, लाज, सङ्कोच आदि नमान्ने; पुक्खलो।
36397 ढिपी ना. हुने वा नहुने कुनै कुरामा बारम्बार गरिने जोडसितको आग्रह; एकोहोऱ्याइँ; हठ; जिद्दी।
36398 ढिपीवाल वि. ढिपी गर्ने; हठी; जिद्दीवाल।
36399 ढिब्री ना. मटीतेलको बत्ती बाल्ने धातु वा माटाको सानो भाँडो; कुपी।
36400 ढिम्री ना. माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिङदार चक्का।