Dictionary

All Word

36401 ढिम्री कस्नु टु. काममा जोतेर, मर्का पारेर वा पैसामा बेसरी कसेर दुःख दिनु।
36402 ढिलाइ ना. ढिलाउने भाव, क्रिया वा प्रक्रिया; बियाँलोपन।
36403 ढिलासुस्ती ना. कामकाज छिटोछरितो नगर्ने बानी; लोसे चाल।
36404 ढिलाइनु अ. क्रि. कामकाजमा ढिलो होइन।
36405 ढिलाउनु अ.क्रि. १. कामकाज गर्दा ढिलो वा बियाँलो हुनु।
36406 ढिलाउनु अ.क्रि. २. काममा छिटोछरितो नभई सुस्त हुनु; जुम्सो हुनु।
36407 ढिलासुस्ती ना. गर्नुपर्ने कामकाज समयमा नभई ढिलो हुने चाल; ढिला र सुस्ती।
36408 ढिलो वि. १. बियाँलो गर्ने स्वभावको, साह्रै बिस्तारै काम गर्ने; जुम्सो। क्रि.वि.
36409 ढिलो वि. २. अबेर; बियाँलो; सुस्ती।
36410 ढिल्याइँ ना. कामकाज गर्दा ढिलो हुने चाल; ढिलोपना।
36411 ढिल्याइ ना. ढिल्याउने भाव, क्रिया वा प्रक्रिया।
36412 ढिल्याइनु क. क्रि काममा ढिलो गरिनु।
36413 ढिल्याउनु स.क्रि. कामकाज गर्दा लाग्ने समयभन्दा विलम्ब वा ढिलो गर्नु; ढिलो पार्नु।
36414 ढिस्क / ढिस्को ना. सानो ढिस्को।
36415 ढिस्काढिस्की ना. सानाठुला धेरै ढिस्काको समूह।
36416 ढिस्कानाढिस्कनी ना. सानाठुला धेरै ढिस्कनाको समूह।
36417 ढिस्कान / ढिस्कानो सर्व. सर्व किटेर नदेखाइने कुनै व्यक्तिका सट्टामा आउने शब्द; फलानो; ढिकानो; अमुक। स्त्री. ढिस्कानी।
36418 ढिस्कुरो ना. ससानो खालको ढिस्को।
36419 ढिस्को ना. माटो, ढुङ्गो आदिको अग्लो रास वा थुप्रो; जमिनको सानो थुम्को।
36420 ढिस्सा ना. १. ठेलाइ, दबाइ।
36421 ढिस्सा ना. २. दलाली गरेर कुनै वस्तु प्रचलित भाउभन्दा सस्तोमा लिने काम।
36422 ढुड्नु स.क्रि. धुइँधुइँतीसित खोजी गर्नु; खुबसँ खोज्नु।
36423 ढुँडाइ ना. ढुड्ने भाव, क्रिया वा प्रक्रिया।
36424 ढुँडाइनु क.क्रि. ढूँड्न लाइनु।
36425 ढुँडाउनु प्रे. क्रि ढुँड्न लाउनु; खोजी गराउनु।
36426 ढुँडिनु क.क्रि. खोजी गरिनु।
36427 ढुँडी ना. दही, मही आदि वस्तु सदा निलो वा हरियो देखिने विकारयुक्त झुस; ढुसी।
36428 ढुँडी किरो ना. ढुसीमा पर्ने किरो; ढुसीकिरो।
36429 ढुक्नु स.क्रि १. कसैबाट केही पाउने आशामा कुरेर बस्नु; धर्ना कस्तु।
36430 ढुक्नु स.क्रि २. कोही आउने बाटो हेर्नु; अवसर पर्खेर बस्नु।
36431 ढुकढुक क्रि.वि. १. डर, आवेग आदिले मुटु हल्लने गरी।
36432 ढुकढुक क्रि.वि. २. कसैलाई हातले बिस्तारै कुट्दा शब्द आउने चालले।
36433 ढुकढुक क्रि.वि. ३. कुनै वस्तुमा ठोकिँदा ढाकढुक शब्द निस्केर।
36434 ढुकढुकाइ ना. ढुकढुकाउने क्रिया वा प्रक्रिया।
36435 ढुकढुकाइनु ना. ढुकढुकाउने होइन।
36436 ढुकढुकाउनु अ.क्रि. डर, आवेग आदिले मुटु ढुकढुक गर्नु; डराउनु।
36437 ढुकढुकी ना. मुटुको गति वा धड्कन; धुकधुकी।
36438 ढुकढुक्याइ ना. ढुकढुक्याउने क्रिया वा प्रक्रिया।
36439 ढुकढुक्याइनु ना. ढुकढुक्याउन लाइनु; डिम्क्याइनु।
36440 ढुकढुक्याउनु स.क्रि. ढुकढुक आवाज निस्कने गरी मुड्कीले हान्नु; डिम्क्याउनु।
36441 ढुकना ना. अरूबाट केही पाउने आसले ढुक्ने काम; ढुकेसो; धर्ना; प्रतीक्षा।
36442 ढुकन्ते वि. अरूको आस गरेर ढुकिरहने; ढुकुवा।
36443 ढुकुटी ना. १. सुरक्षित रूपमा रुपियाँपैसा, सुनचाँदी आदि नगद वस्तु राख्ने वा थन्क्याउने कोठो; भँडार; तहबिल।
36444 ढुकुटी ना. २. कठवार वा टिन आदि ठोकेर बनाइएको अनाज राखिने खण्ड वा कोठो; धनसार।
36445 ढुकुटीखाट ना. माथि सुत्ने र तल मालमत्ता राख्न ढुकुटी हुने गरी बनाइएको खाट।
36446 ढुकुमुकु ना. एक जना बस्ने र अरूले निहुरिएर उसको पिठ्‌यूँमा मुड्कीले बिस्तारै हिर्काएर खेलिने बालखेल।
36447 ढुकुर ना. ढुकुरकुर' गरेर कुर्लने परेवाभन्दा सेख सानो एक जातको चरो।
36448 ढुकुरे ना. ढुकुरजस्तो; ढुकुरका ढाँचाको।
36449 ढुकुरे छाती ना. निकै पोटिलो भई उठेको र कोठारचाहिँ नफुकेको छाती।
36450 ढुकुवा वि. ढुक्ने स्वभावको; ढुक्ने; ढुकन्ते।