Dictionary

All Word

36551 ढेस्सिनु अ.क्रि. ढेस्सा लाग्नु; टाँसिएर बस्नु; ढेपिनु।
36552 ढेस्स्याइ ना. ढेस्सिने काम वा किसिम।
36553 ढेस्स्याइनु क. क्रि ढेस्सा लगाइनु।
36554 ढेस्साइउनु प्रे. क्रि ढेस्सा लगाउनु।
36555 ढेस्स्याहट ना. ढेस्सिने भाव, क्रिया वा अवस्था।
36556 ढैचा ना. तराईतिर उब्जने एक प्रकारको धानको नाउँ।
36557 ढोँग ना. देखावटी काम वा कुरो; आडम्बर; स्वाङ।
36558 ढोँगी वि. ढोँग गर्ने; आडम्बरी।
36559 ढोँडी ना. नाइटाको गढेको भाग; नाइटो।
36560 ढोँडे ना. लामो र मोटो एक किसिमको सर्प।
36561 ढोँसेरो ना. गाईभैँसीका पछिल्ला गोडामा घुँडाभन्दा मास्तिर देखिने मोटो नसो।
36562 ढोइनु क.क्रि. ढोउने काम गरिनु।
36563 ढोई ना. १. पोथी हात्ती; हस्तिनी।
36564 ढोई ना. २. मोटी स्त्री ( निन्दा वा हेयार्थमा)।
36565 ढोउनु स.क्रि. मालसामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु; दुवाउनु।
36566 ढोक ना. हे. ढोग।
36567 ढोका ना. दैलो; हे. ढोको।
36568 ढोके ना. १. ढोकामा पालो, पहरा बस्ने व्यक्ति; द्वारपाल। वि.
36569 ढोके ना. २. ढोकाको; ढोकाजस्तो वा ढोकासम्बन्धी।
36570 ढोके चकटी ना. टेकेको फोहरमैला पुछ्नका लागि ढोकामा राखिने सानो चारपाटे चकटी।
36571 ढोको ना. १. घरको भित्र, बाहिर गर्ने वा कोठाभित्र प्रवेश गर्ने द्वार, दैलो।
36572 ढोको ना. २. महल वा दरबारको द्वार।
36573 ढोको ना. ३. विशिष्ट व्यक्तिहरूको स्वागतका निम्ति वा कुनै उत्सव, समारोहमा सुसज्जित पारेर बनाइने तोरणद्वार।
36574 ढोको ना. ४. सहरमा पस्ने र निस्कने ठाउँमा बनाइएको द्वार; गोपुर।
36575 ढोक्से ना. अनाज हाल्ने काममा उपयोग हुने, चोयाले बुनेको घ्याम्पाका आकारको ठुलो भाँडो।
36576 ढोग्नु स.क्रि. १. शिरले देवता वा पूज्य जनका पाउमा छुनु; दण्डवत् गर्नु।
36577 ढोग्नु स.क्रि. २. प्रणाम गर्नु; नमस्कार गर्नु।
36578 ढोग ना. १. ढोग्ने काम; दण्डवत्।
36579 ढोग ना. २. प्रणाम; नमस्कार।
36580 ढोग ना. ३. ढोगभेट गर्दा देवता वा पूज्य जनलाई चढाइने भेटी वा उपहार।
36581 ढोगभेट ना. परस्परमा ढोग्ने र भेट्ने काम।
36582 ढोगाइ ना. ढोग्ने क्रिया वा प्रक्रिया।
36583 ढोगाइनु क.क्रि. ढोग्न लगाइनु।
36584 ढोगाउनी ना. ढोग्दा दिइने पुरस्कार वा उपहार।
36585 ढोगाउनु ना. ढोग्न लाउनु; प्रणाम गराउनु। ढोगाइ।
36586 ढोगाढोग ना. परस्परमा एकले अर्कालाई ढोग्ने काम; परस्परको ढोगाइ।
36587 ढोङ ना. ढोँग, आडम्बर, स्वाङ।
36588 ढोङी वि. ढोङ गर्ने; ढोँगी।
36589 ढोड ना. मकै, जुनेलो आदिको बोट।
36590 ढोडनसो ना. कुर्कुच्चादेखि माथि देखिने मोटो नसो।
36591 ढोडनाके वि. ठुलो- लामो नाक भएको; घोरनाके।
36592 ढोडे वि. ढोडको; ढोडजस्तो।
36593 ढोडे उखु ना. आँख्ला मोटो, रस कम्ती र ढोड साह्रो हुने एक जातको उखु।
36594 ढोडे उनिउँ / उन्यु ना. ठुला ठुला डाँठ हुने र डाँठको कलम बन्ने एक जातको उनिउँ।
36595 ढोडे बन्सो ना. ठुलठुला लामा डाँठ हुने एक जातको बन्सो; घोडेदुबो।
36596 ढोयो ना. १. आफूले मानिने मानिसलाई थोरै कोसेली दिएर उसबाट ठुलो कुराको आशा राखी लिइने चिज।
36597 ढोयो ना. २. बन्धक।
36598 ढोर ना. गाई, गोरु, भैँसी आदि बस्तुभाउ।
36599 ढोरबाराही ना. तनहुँ जिल्लाको खैरेनीटारको पश्चिमपट्टि सेती नदीका किनारमा स्थित बाराही देवीको मन्दिर।
36600 ढोल्नु स.क्रि पानी, अन्न आदि थुप्रै पोख्नु; खत्त्याउनु।