Dictionary

All Word

36701 तकुवा वि. तगेको; तगुवा (दोलाईं, खास्टो, टोपी आदि)।
36702 तक्मा ना. सेवा, वीरता, विद्वत्ता आदिका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्साउन सरकार वा संस्थाबाट दिइने कुनै चिह्न अङ्कित मुद्राजस्तो आभूषण; पदक।
36703 तक्षक ना. १. रातो; पहेँलो र कालो रङ पेटारे परेर मिलेको, झन्डै एक मिटर लमाइ हुने, देख्ता साह्रै राम्रो तर ज्यादै विषालु सर्प; आठ नागमध्ये एक।
36704 तक्षक ना. २. सिकर्मी।
36705 तक्षण ना. ताछ्ने वा खुर्कने काम।
36706 तक्षणी ना. काठ ताछ्ने फलामे ज्यावल; बसिला।
36707 तक्षा ना. काठको काम गर्ने कालिगड; सिकर्मी।
36708 तखत १ ना. सजिलो व्यवस्था मिलेको ठाउँ; अनुकूल स्थान; पायक; पाही।
36709 तखत २ ना. १. राजाको गद्दी; राजसिंहासन।
36710 तखत २ ना. २. राज्य (दिव्योपदेश)।
36711 तखता / तख्ता ना. १. फल्याक; फलेक।
36712 तखता / तख्ता ना. २. केही सामान राख्नका लागि भित्तामा फल्याक ठोकेर बनाइएको एक प्रकारको दराज।
36713 तखता / तख्ता ना. ३. फूल रोपिएको पाटादार ड्याङ।
36714 तग्नु १ अ.क्रि. १. बुढ्याइँ, कडा बिमारी आदिका अवस्थामा पनि बाँच्न सक्नु; शरीरमा टिक्ने वा अड्ने शक्ति हुनु।
36715 तग्नु १ अ.क्रि. २. अरूका भनाइ, बुहार्तन आदि खपेर बस्नु; कष्ट, कहर सहनु ।
36716 तग्नु २ स.क्रि. तग हालेर वा अस्तरसमेत गरी सिउनु; दुई तह कपडाका बिचमा रुवा हाली सो रुवालाई समेत खुटी बुट्टा पारी (कपडा, दोलाईं, सिरक, खास्टो आदि) सिउनु।
36717 तग ना. दुई तह कपडाको माझमा रुवो वा अस्तर हालेर कोठा कोठा पारी सिइने खास्टो, सिरक, दोलाईं आदि लुगाको सिलाइ।
36718 तगडा वि. १. मनग्य तागत भएको; बलियो; दह्रो।
36719 तगडा वि. २. रोग नभएको वा राम्ररी तङ्ग्रिएको; तन्दुरुस्त; ताजा।
36720 तगण ना. छन्दशास्त्रका नियमअनुसार दुई गुरु र एक लघु हुने गण (SSI)।
36721 तगदिर ना. हे. तकदिर।
36722 तगर ना. अम्बाका जस्ता ससाना पात हुने, हल्का बास्ना आउने, सेतो गोलाकार फूल फुल्ने पितृकार्यका लागि आवश्यक ठानिने फूल।
36723 तगाइ ना. १. तग्ने काम वा किसिम; एक प्रकारको सिलाइ।
36724 तगाइ ना. २. तग्ने ( अड्ने) काम वा किसिम; टिकाइ।
36725 तगाइनु क.क्रि. १. टिकाइनु।
36726 तगाइनु क.क्रि. २. तग हालेर सिउन लाइनु।
36727 तगाउनु प्रे. क्रि. १. तग्न लाउनु; तग हालेर सिउन लाउनु।
36728 तगाउनु प्रे. क्रि. २. टिकाउनु।
36729 तगारी ना. तगाराको लघु रूप; सानो तगारो।
36730 तगारो ना. १. घर वा खेतीमा बस्तुभाउ नपसून् भनी मुख्य गौँडा वा आवतजावत गर्ने ठाउँमा पर्खाल, खाँबो आदिमा प्वाल पारी हालिएको काठ वा बाँसको तेर्सो बार।
36731 तगारो ना. २. गौँडा।
36732 तगुवा वि. तग हालेर सिइएको; तगेर सिइएको (दोलाईं, खास्टो, भादगाउँले टोपी आदि); रुईदारी।
36733 तङ १ ना. १. कुनै वस्तुको खात; तङ्ङी; चाङ।
36734 तङ २ क्रि.वि. १. दिक्क; हैरान। वि.
36735 तङ २ क्रि.वि. २. साँघुरो। ना.
36736 तङ २ क्रि.वि. ३. घोडामा काठी कस्ने पेटी।
36737 तङ्गिन १ ना. कुनै वस्तुको ठुलो खात; चाड; तङ्ङी; तङ्गिन।
36738 तङ्गिन वि. साह्रै गरिब; तन्नम; कङ्गाल; तङ्गिन ।
36739 तङ्गी ना. खात; चाङ; तङ।
36740 तङ्ग्रनु अ.क्रि. बिरामीलाई रोगले छाडेर सन्चो हुनु वा बल लाग्न थाल्नु; बिरामी निको भएर उठ्नु; तङ्ङ्रनु।
36741 तङ्ग्राइ ना. तङ्ग्रने क्रिया वा प्रक्रिया।
36742 तङ्ग्रिनु अ.क्रि. १. तङ्ग्रने काम गरिनु।
36743 तङ्ग्रिनु अ.क्रि. २. बिरामी, सुत्केरी आदि अलिअलि हिँड्न सक्ने हुनु।
36744 तङ्ङिन ना. हे. तङगिन १।
36745 तङ्ङिन वि. हे. तङगिन २।
36746 तङ्ङ्रनु अ.क्रि. हे. तङ्ग्रनु।
36747 तछाइ ना. ताछ्ने क्रिया वा प्रक्रिया।
36748 तछाइनु क.क्रि. ताछ्न लाइनु।
36749 तछाउनु प्रे. क्रि. ताछ्न लाउनु।
36750 तछान / तछानी ना. जङ्गलका रुखहरूको कटानीपछि ताछतुछ पार्ने काम।