Dictionary

All Word

36851 तत्त्वमीमांसा ना. आध्यात्मिक, आधिदैविक कुराको विवेचना भएको शास्त्र; तत्त्वविद्याको चर्चा भएको दर्शनशास्त्र; अध्यात्मविद्या।
36852 तत्त्वविद् वि. तत्त्वको ज्ञान हुने; तत्त्वज्ञ।
36853 तत्त्ववेत्ता वि. दार्शनिक; तत्त्वज्ञ; तत्त्वविद्।
36854 तत्त्वाधान ना. कुनै कार्यक्रमसम्बन्धी आयोजना वा सञ्चालनको दायित्वपूर्ण निरीक्षण, रेखदेख वा हेरचाह।
36855 तत्पर वि. १. कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध।
36856 तत्पर वि. २. काममा निपुण वा दक्ष।
36857 तत्परता ना. कुनै काम गर्न तयार हुने गुण वा स्थिति।
36858 तत्परायण वि. कुनै कामकुरामा मन लाउने वा एकाग्र हुने; तल्लीन।
36859 तत्पश्चात् संयो. त्यसपछि; तदनन्तर; तदुपरान्त।
36860 तत्पुरुष ना. १. व्याकरणअनुसार पछिल्लो पद मुख्य हुने एक समास (जस्तै- कामलायक; डरछेरुवा; पानीघाट; भुईंफुट्टा; वनवास। )।
36861 तत्पुरुष ना. २. परमात्मा; ईश्वर।
36862 तत्याकतुतुक क्रि. वि. १. नानीहरूले अलिअलि र तोते बोली बोल्ने चालमा।
36863 तत्याकतुतुक क्रि. वि. २. गलेर नरम भई बग्ने खालको हुने किसिमले।
36864 तत्याकतुतुक क्रि. वि. ३. लखतरान हुने अवस्थामा।
36865 तत्र क्रि. वि. त्यस ठाउँमा; त्यहाँ; वहाँ।
36866 तत्सम वि. १. जस्ताको तस्तो; त्योजस्तो; त्यस्तै। ना.
36867 तत्सम वि. २. संस्कृत भाषाबाट रूप नफेरिई आफ्नो भाषामा आएर जस्ताको तस्तै चलेका शब्द (जस्तै- संस्कृतबाट नेपालीमा आएका तत्सम शब्द (आकाश, सूर्य, दिन इ. )।
36868 तत्समता वि. तत्सम हुनाको भाव; क्रिया वा अवस्था।
36869 तत्स्थानिक वि . त्यस स्थानको वा त्यही ठाउँमा रहने।
36870 तथा १ ना. कुनै कामकुरामा सल्लाहले गरिने निधो; पक्कापक्की; निश्चय; ठेगान (उदा. घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ। )।
36871 तथा २ अव्य. १. त्योजस्तो; उस्तो; त्यस्तै किसिमले। संयो.
36872 तथा २ अव्य. २. र; अनि। (उदा. - शब्दकोशको सम्पादन र परिमार्जन नेपाली भाषाको अभिवृद्धि तथा यसको अस्तित्व संरक्षणका दृष्टिले पनि हुनुपर्छ |
36873 तथाकथित वि . त्यसो भनिएको; भनाउँदो; नाम मात्रको।
36874 तथागत ना. बुद्धको एक नाम; गौतम बुद्ध।
36875 तथानाम ना. मुखमा जे आयो त्यही बोल्ने काम; गालीगलौज; दुर्व्यवहार।
36876 तथापि संयो. त्यसो भए तापनि; जे भए पनि; तैपनि; तापनि।
36877 तथास्तु ना. कसैले कुनै कुरो माग्दा, त्यस कुराको आकाङ्क्षा राख्ता वा केही काम गर्न चाहँदा उसको तप, व्रत, ध्यान आदिबाट प्रसन्न भई विशिष्ट शक्ति वा व्यक्तिद्वारा 'त्यस्तै होस्' भनी आशीर्वाद दिइने शब्द। (उदा.- पार्वतीले 'महादेव पति पाऊँ' भनी वर माग्दा, विष्णुरूपधारी महादेवले 'तथास्तु' भने।)
36878 तथोक्त वि १. त्यस प्रकारले भनिएको।
36879 तथोक्त वि २. तथाकथित।
36880 तथौरो वि अरूलाई तथानाम भन्ने वा गालीगलौज गर्ने; नाम मात्रको।।
36881 तथ्य वि १. वास्तविकतामा आधारित; प्रमाणित हुन सक्ने; सत्य। ना.
36882 तथ्य वि २. साँचो कुरो वा विवरण; वास्तविकता।
36883 तथ्यभाषी वि वास्तविक कुरा गर्ने; साँचो बोल्ने; सत्यवक्ता।
36884 तथ्यवादी वि साँचो बोल्ने; सत्यवादी।
36885 तथ्याङ्क ना. वास्तविकतामा आधारित अङ्क वा हिसाब। गणितीय आधारमा प्रमाणित हुन सक्ने वस्तुसत्य; विवरण; वास्तविकता।
36886 तदनन्तर संयो त्यसपछि; उसपछि।
36887 तदनुरूप वि . त्यसैअनुसार; त्यहीजस्तो; त्यससँग मिल्दोजुल्दो; उस्तै।
36888 तदनुसार वि . त्यसअनुसार; त्यस्तै रूपले; उसै बमोजिम।
36889 तदपि संयो १. तापनि; तथापि।
36890 तदपि संयो २. त्यो पनि; ऊसहित।
36891 तदर्थ क्रि. वि. १. त्यसनिम्ति; त्यसका लागि; त्यसकारण। वि.
36892 तदर्थ क्रि. वि. २. कुनै विशेष कामका निम्तिको पटके।
36893 तदर्थ समिति ना. कुनै विशेष कामको सम्पादन वा प्रारम्भिक सरसल्लाह गर्नका निम्ति गठन भई सो काम पूरा भएपछि समाप्त हुने समिति।
36894 तदा क्रि. वि. त्यस बखत; उस बेला।
36895 तदर्थयुक्तक ना. ऐतिहासिक प्रचलनअनुसार राज्यद्वारा आफूलाई नियुक्त गरेपछि आफ्ना मातहतका कर्मचारी आफैँले नियुक्त गर्न पाउने अधिकारी।
36896 तदारुक / तदारुख ना. १. अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी।
36897 तदारुक / तदारुख ना. २. कुनै पनि कामका निम्तिको तत्परता।
36898 तदीय वि . त्यसको; उसको।
36899 तदुपरान्त संयो त्यसपछि; तदनन्तर।
36900 तद्गुण ना. आफ्नो गुण छाडेर अरूको उत्तम गुण ग्रहण गरेको बयान गरिने एक किसिमको अर्थालङ्कार।