Dictionary

All Word

36751 तछार्नु स.क्रि. १. काठ, लौरो आदि ताछ्नु; तिखार्नु।
36752 तछार्नु स.क्रि. २. लछारपाटो लाउनु; खुत्त्याउनु।
36753 तछार ना. तछार्ने काम।
36754 तछाराइ ना. तछार्ने क्रिया वा प्रक्रिया।
36755 तछारिनु क.क्रि. तछार्ने काम गरिनु; ताछिनु।
36756 तछिने वि. ताछ्न हुने, ताछ्न मिल्ने वा ताछ्न लायक (काठपात आदि)।
36757 तछुवा वि. १. ताछिएको (काठ आदि)। ना.
36758 तछुवा वि. २. हे. खसिपा।
36759 तजबिज ना. १. कुनै कामकुराको इन्तिजाम; बन्दोबस्त।
36760 तजबिज ना. २. मुद्दामा अदालतबाट गरिने निर्णय; फैसला।
36761 तजबिज ना. ३. निर्णयात्मक कुरामा दिइने राय; सम्मति।
36762 तजबिज ना. ४. विवेक; इच्छा; प्रबन्ध।
36763 तजबिज पत्र ना. अदालतबाट मुद्दाको किनारा लाउँदा गरिने फैसलाको कागत।
36764 तजबिजी ना. तजबिजद्वारा हुने काम वा कुरो।
36765 तट ना. समुद्री किनार वा नदीको तीर; छेउ।
36766 तटबन्ध ना. सुरक्षा तथा उपयोगिताका निम्ति नदीको चौडाइ साँघुऱ्याउन त्यसको किनारामा उठाइएको पर्खाल; बाँध।
36767 तटवर्ती वि. १. समुद्री किनारमा रहेको।
36768 तटवर्ती वि. २. कुनै पक्षमा नलागेको वा नभिजेको।
36769 तटस्थ वि. १. तटमा अवस्थित; समुद्री किनारमा रहेको।
36770 तटस्थ वि. २. निकटमा रहने।
36771 तटस्थ वि. ३. कुनै गुटमा नलाग्ने वा कसैको पक्ष नलिने; मध्यस्थ; निष्पक्ष।
36772 तटस्य कण ना. पक्षविपक्ष केही नलिई बस्ने वा ऋणात्मकता धनात्मकता दुवैमा संलग्न नभएको वस्तु।
36773 तटस्थ क्षेत्र ना. कुनै शक्तिको निष्क्रिय हुने भाग वा कतैपट्टि पनि संलग्न नभएको क्षेत्र।
36774 तटस्य क्षेत्रता ना. १. तटस्थ हुने वा रहने अवस्था।
36775 तटस्य क्षेत्रता ना. २. कसैको पक्ष नलिने वा अचेलको राजनीतिअनुसार कुनै देशको युद्ध, झगडा आदिमा नअल्झी अलग्ग रहने काम वा स्थिति।
36776 तटस्थीकरण ना. १. कुनै देश वा स्थानलाई तटस्थ बनाउने वा तत्सम्बन्धी कुराको घोषणा गर्ने काम।
36777 तटस्थीकरण ना. २. प्रतिकूल गुण, शक्ति आदिद्वारा कुनै वस्तुको प्रभाव निष्क्रिय पार्ने काम।
36778 तटिनी ना. नदी; खोलो।
36779 तटी ना. नदी वा समुद्रको तट; किनार।
36780 तटीय वि. तटसम्बन्धी; समुद्री किनारको।
36781 तटीय मैदान ना. समुद्री किनारमा अवस्थित भूभाग।
36782 तडकभडक ना. औगातभन्दा बढाईचढाई देखाइने रोबरवाफ; नचाहिँदो वा नसुहाउँदो ठाँटबाँट।
36783 तडातड ना. १. तलाउ; ताल।
36784 तडातड ना. २. जङ्गली पशु फसाउन प्रयोग गरिने पासो।
36785 तडातड क्रि. वि. कतै नअडी फुर्तीसाथ हिँड्ने गरी; फटाफट।
36786 तडित् ना. १. आकाशमा चम्कने बिजुली; चट्याङ।
36787 तडित् ना. २. हिंसा।
36788 तडिद्गर्भ ना. बादल; मेघ।
36789 तडिल्लता ना. लहरा जस्तै टेढोमेढो भई धेरै रेखा बनेर आकाशमा चम्कने बिजुली।
36790 तडीतुमडी ना. जो भएको श्रीसम्पत्ति, झिटीमिटी आदि; सिरीखरी; सर्वस्व।
36791 तड्कनु अ.क्रि. १. कतै नअडी फुर्तीसाथ छिटो हिँड्नु; फटाफट हिँड्नु; तड्किनु।
36792 तड्कनु अ.क्रि. २. चड्का किसिमले वा गर्जेर बोल्नु।
36793 तङ्काइ ना. तड्कने क्रिया वा प्रक्रिया।
36794 तड्काइनु क.क्रि. कतै नअडाई फुर्तीसाथ हिँडाइनु।
36795 तड्काउनु प्रे. क्रि. कतै नअडाई फुर्तीसाथ हिँडाउनु।
36796 तड्का वि. १. साहो वा चर्को (हिँडाइ, चलाइ आदि)।
36797 तड्का वि. २. स्पष्ट (बोली)।
36798 तड्का वि. ३. चर्को; तीक्ष्ण (स्वाद)।
36799 तड्कातडकी ना. १. परस्परको फुर्तीसाथको हिँडाइ।
36800 तड्कातडकी ना. २. परस्परमा हुने भनाभन; बाझाबाझ; चर्काचर्की।