Dictionary

All Word

36601 ढोल ना. काठको ढुङ्ग्रामा दुवैतिर छालाले मोहरिएको मृदङ्गका छाँटको ठुलो तालबाजा।
36602 ढोलक ना. पहाडतिर भजनमा र तराईतिर लोकनृत्य, गीत आदिमा विशेष रूपले बजाइने ढोलखलकको मझौला खालको तालबाजा।
36603 ढोलकी ना. दायाँपट्टि गजाले र बायाँपट्टि हातले धाप दिएर बजाइने पन्चैबाजा तथा नौमती बाजामा प्रयुक्त हुने तालबाजा; सानो ढोलक।
36604 ढोलाइ ना. ढोल्ने भाव, क्रिया वा प्रक्रिया।
36605 ढोलाइनु क.क्रि. ढोल्न लाइनु; पोखाइनु।
36606 ढोलाउनु प्रे. क्रि. ढोल्न लाउनु; पोखाउनु।
36607 ढोलिनु अ. क्रि. ढोल्ने काम होइन; पोखिनु; खत्तिनु।
36608 ढोली ना. ढोल भिर्ने र बजाउने मानिस; दमाईं।
36609 ढोली ना. दुई सयवटा पानका पात बाँधिएको मुठो।
36610 ढोले वि. १. ढोलजस्तो; ठुलो। ना.
36611 ढोले वि. २. ढोल बजाउने व्यक्ति; ढोली।
36612 ढोले वि. ३. शरीर सबै कालो हुने एक जातको जङ्गली कौवा; डुमका।
36613 ढोले कुम्लो ना. ढोलजस्तो मोटो, चाक्लो कुम्लो; ठुलो कुम्लो।
36614 ढोसे वि. मोटो र चाक्लो; ढोसो।
36615 ढोसे रोटो ना. ठुलो र चाक्लो बाक्लो रोटी।
36616 ढोसो वि. १. मोटो तथा चाक्लोबाक्लो; ढ्याब्रो; ढोसे। ना.
36617 ढोसो वि. २. मास आदिको बाक्लो रोटी।
36618 ढौँटारिनु अ.क्रि काम न काज यताउति डुल्नु; भौँतारिनु; लखरिनु।
36619 ढौँटारो ना. काम न काजसितको डुलाइ;त्यसै भौँतारिने काम
36620 ढ्याक ना. दुई वा दुईभन्दा बढी पैसाको मूल्यको खास गरी तामाको सिक्का (जस्तो- दुईपैसे, चारपैसे, पाँचपैसे र दशपैसे ढ्याक )।
36621 ढ्याके वि. १. एक ढ्याक मूल्यको वा एक ढ्याक मोल पर्ने।
36622 ढ्याके वि. २. ढब्बु; ठुलो।
36623 ढ्याके ब्याज ना. महिनाको सयकडा दुई अर्थात् वर्षको सयकडा चौबिसका दरले लिनेदिने ब्याज।
36624 ढयाक्क क्रि.वि. ठुलो, गहुँगो वस्तु खस्ता वा ठक्कर खाँदा झैँ आवाज निस्केर।
36625 ढ्याङढ्याङ क्रि.वि. कठबारजस्ता टिन, ढ्याङ्ग्रो आदिमा ठोक्ता आवाज निस्कने किसिमले।
36626 ढ्याङढ्याङ ढुङढुङ क्रि.वि. त्यसरी नै लगातार आवाज आउने चालमा।
36627 ढ्याङयाङती क्रि.वि. अझ शीघ्रतासाथ त्यस्तो आवाज आउने गरी।
36628 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. १. ठुलो, गऱ्हुँगो वस्तु बजारिँदा आवाज आउने गरी।
36629 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. २. मानिस वा वस्तु जोड\ पछारिँदा आवाज झैँ निस्के।
36630 ढ्याङ्ग / ढ्याड्ड क्रि.वि. ३. तोप, बन्दुक आदि पड्कँदाको शब्दका चालमा।
36631 ढ्याप्प क्रि.वि. १. झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर। २ भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी।
36632 ढ्याप्प क्रि.वि. ३. टाँसिने गरी ढेपिएर।
36633 ढ्याप्प क्रि.वि. ४. कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर; भवाप्प।
36634 ढ्याब्रो / ढ्याब्रे वि. नसुहाउँदो वा भद्दा किसिमको ठुलो; बेछाँटको बडेमाको ढब्बू; दयाम्रो।
36635 ढ्यामढुम क्रि.वि. १. झ्यालढोकाहरू एकदम थुन्ने गरी।
36636 ढ्यामढुम क्रि.वि. २. बन्दुक, तोप आदि पकाउँदा आवाज आउने किसिमले।
36637 ढ्यामदुम्म क्रि.वि. झ्यालढोकाहरू पूरा बन्दाबन्दी गरेर; ढ्यामदुम।
36638 ढ्यामढ्याम क्रि.वि. १. झ्यालढोकाहरू लगालग लाग्ने।
36639 ढ्यामढ्याम क्रि.वि. २. बन्दुक, तोप आदि क्रमैले पड्कँदा आवाज निस्केर; ढ्याङढ्याङ।
36640 ढ्यामढ्याम क्रि.वि. ३. एकपछि अर्को गर्दै पछारिने वा बजारिने चालमा।
36641 ढ्यामढ्याम क्रि.वि. ४. ड्यामड्याम।
36642 ढ्यामढ्यामती/ ढ्यामढ्यामी क्रि.वि. अझ छिटो ढ्यामढ्याम हुने वा गर्ने गरी।
36643 ढ्याम्म क्रि.वि. १. झ्यालाढोकाहरू एकाएक लाग्ने भएर; ढ्याप्प।
36644 ढ्याम्म क्रि.वि. २. पिठ्यूँमा मुड्कीले हान्दाको शब्द आउने गरी।
36645 ढ्याम्म क्रि.वि. ३. तोप, बन्दुक आदि पकाउँदा आवाज आउने किसिमले; ढ्याङ्ङ ।
36646 ढ्याम्म क्रि.वि. ४. पछारिने वा बजारिने चालसँग; ड्याम्म।
36647 ढ्यासढ्यास क्रि.वि. क्रमशः ढेस्सिने वा ढेपिएर। बस्ने किसिमले।
36648 ढ्यासढ्यासती क्रि.वि. अझ शीघ्रतापूर्वक त्यस्तो हुने वा गरिने भएर।
36649 ढ्यास्स क्रि.वि. ढेस्सिने वा ढेपिएर बस्ने गरी; थ्याच्च।
36650 ढ्वाँक वि. ज्यादै ठुलो; डँडाक; ढब्बु (ढ्वाँक छोरो, ढ्वाँक काँक्रो इ.)।