Dictionary

All Word

36651 ढ्वाँके वि. ढ्वाँक।
36652 ढ्वाइँढ्वाइँ क्रि.वि. एकनासले अपानवायु छुट्दा वा डकार आउँदा शब्द निस्कने गरी।
36653 ढ्वाँसे वि. डँडाक; ढ्वाँक।
36654 ढ्वाइँय क्रि.वि. अपानवायु छुट्ता अलि धेरै बेर आवाज आउने गरेर।
36655 ढ्वाकढ्वाक क्रि.वि. कुनै गऱ्हौँ वस्तु लगालग खस्ता, ढोका आदिमा हिर्काउँदा र दुई थरी वस्तु ठक्कर लागिरहँदा आवाज आउने चालसँग।
36656 ढ्वाकढ्वाकी क्रि.वि. अझै छिटो ढ्वाकढ्वाक हुने गरी।
36657 ढ्वाक्क क्रि.वि. १. गऱ्हौँ वस्तु बिसाउँदा वा खस्ता आवाज आउने किसिमसँग।
36658 ढ्वाक्क क्रि.वि. २. ढोका आदिमा हिर्काउँदा र कुनै दुई वस्तु ठक्कर लाग्दा आवाज आए झैँ।
36659 ढ्वाङ ना. १. तेल, मटीतेल आदि हालिने एक किसिमको टिन।
36660 ढ्वाङ ना. २. पानी हाल्ने ठुलो भाँडो।
36661 ढ्वाङ ना. ३. चिठी, मतपत्र आदि खसालिने भाँडो।
36662 ढ्वाङ ना. ४. धतुराको फूलजस्तो तर ठुलो देखिने ध्वनि विस्तारक यन्त्र। वि.
36663 ढ्वाङ ना. ५. साह्रै ठुलो; ढड्डु।
36664 ढ्वाङढ्वाङ क्रि.वि. कुनै साह्रो वस्तुमा लगातार हिर्काउँदा, भाँडा तथा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग।
36665 ढ्वाङवाङ ढुङढुङ क्रि.वि. काठ, जस्ता, टिन आदिमा बराबर ठोक्ताको आवाज आएसरि।
36666 ढ्वाङवाङती/ढ्वाङवाङी क्रि.वि. अझ शीघ्रतापूर्वक ढ्वाङढ्वाङ हुने गरी।
36667 ढ्वाङपाथी ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा प्रचलित साधारण किसिमको पाथी।
36668 ढ्वाङ फूल ना. तरबारका ढाँचाका पात हुने, विभिन्न रङ र धतुराका जस्ता फूल फुल्ने, एक किसिमको सुगन्धराज।
36669 ढ्वाङ्ग/ढ्वाङ्ङ क्रि.वि. तिखो र मसिनु चालले कुनै वस्तु खसेको वा बज्रेको आवाज आउने गरी।
36670 ढ्वाम्म क्रि.वि. तिखो र मसिनु रूपमा ढ्याम्म आवाज हुने गरी।
36671 ढ्वारढ्वार क्रि.वि. अपानवायु छोड्दा लगातार ठुलो शब्द आउने किसिमसँग।
36672 ढ्वारढ्वारती / ढ्वारढ्वारी क्रि.वि. अझ छिटो ढ्वारढ्वार भएर।
36673 ढ्वार क्रि.वि. अलि बेर ठुलो शब्द निस्कने गरी अपानवायु छुटेर; त्यस्तो आवाज निस्कने चालसँग।
36674 ढ्वास क्रि.वि. केही ढेस्सिने वा ढेपिएर बस्ने किसिमले।
36675 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पन्ध्रौँ व्यञ्जनवर्ण; परम्परागत रूपमा मूर्धन्य, स्पर्शी, सघोष, अल्पप्राण तथा अनुनासिक मानिएको तर नेपाली उच्चारणअनुसार 'अडँ ' ठहरिने व्यञ्जनध्वनि; टवर्गको अन्तिम तथा पाँचौँ वर्ण वा ण अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तीनधर्के राा (नेपाली लेखनमा )।
36676 २. नेपालीमा विभेदकता वा व्यतिरेक नभएको नासिक्य व्यञ्जन ( नेपाली उच्चारणमा)।
36677 त१ देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सोह्रौं व्यञ्जन; दन्त्य स्पर्शी, अघोष; अल्पप्राण व्यञ्जन ध्वनि; तवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कोदालीपाते त ।
36678 त२ निपा. कुनै शब्द वा वाक्यलाई जोड दिँदा तथा अरूका कुरामा सही थाप्दा प्रयोग हुने शब्द। (उदा. - तपाईंले काटेको लख त ठ्याम्मै मिल्यो। काम गरे त बेसै हुन्थ्यो। मैले पनि त त्यसै भनेको थिएँ।)
36679 तँ सर्व. द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने वा निम्न आदरार्थी शब्द (उदा. - ए रामु ! तँ कहाँ गएको थिइस् ? तँजस्ता यहाँ कति आए कति ! )।
36680 तँछाड कि मछाड / तँछाड मछाड ना. परस्परमा प्रतिस्पर्धापूर्वक लाग्ने वा उछिनपाछिन गर्ने काम; कुनै काम गर्दा भ्याईनभ्याई वा छोपाछोप हुने अवस्था। (उदा.- सबैले आफ्नै दुनु सोझ्याउन तँछाड मछाड गर्न थाले भने कसरी व्यवहार चल्छ ?)
36681 तँतँ मम ना. व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; मानिस मानिसका बिचको झगडा।
36682 तँतँ र मम ना. तँतँमम।
36683 तः प्रत्य. शब्दका पछिल्तिर जोडिएर त्यस क्रममा, त्यसबाट, त्यसअनुसार आदि अर्थ जाहेर गर्ने एक प्रत्यय ( मूलतः, वस्तुतः, अन्ततः इ.)।
36684 तक्नु स.क्रि. तह हालेर दोलाईं; खास्टो; टोपी आदि सिउनु; तग्नु।
36685 तक ना. यो. कुनै कामकुरो वा विषयवस्तुको अवधि, खेप, टुङ्गो आदि जनाउने शब्द; सम्म; पर्यन्त; तलक। (उदा. - आमा आजतक रिसाउनुभएको थाहा छैन। उनले तलबतक पाएका छैनन्।)
36686 तकदिर ना. भाग्य; प्रारब्ध; तगदिर।
36687 तकरार ना. कुनै दुई थरी मानिसका बिचको बाझाबाझ; भनावैरी; झगडा; खराब।
36688 तकरार जमिन ना. झगडा परेको वा झगडा पार्ने जग्गा।
36689 तकलिफ ना. अनावश्यक झन्झट, बढी परिश्रम, अर्काका निम्तिको खटाइ आदिबाट हुने कष्ट वा दुःख; हैरानी; ताप।
36690 तकाइ ना. १. तग हालेर सिउने काम वा किसिम। [√ताक् (+आइ)]
36691 तकाइ ना. २. ताक्ने काम वा किसिम।
36692 तकाइ ना. ३. लक्ष्य; उद्देश्य।
36693 तकाइनु क.क्रि. १. तग्ने काम गराइनु; तगाइनु।
36694 तकाइनु क.क्रि. २. ताक्न लाइनु; ताक्ने पारिनु।
36695 तकाउनु प्रे. क्रि. १. तगाउनु।
36696 तकाउनु प्रे. क्रि. २. ताक्न लाउनु; ताक्ने पार्नु।
36697 तकाजा / तकादा ना. ताकिता; जोड।
36698 तकार ना. त' वर्ण; तवर्गको पहिलो अक्षर ।
36699 तकिनु क.क्रि. तक्ने काम गरिनु; तगिनु।
36700 तकिया ना. कपडाको लाम्चो थैलोभित्र रुवा, भुवा आदि भरेर तयार पारिएको सिरान हालिने आड वा साधन; सिरानी।