Dictionary

All Word

36501 ढुनमुन्याइनु क.क्रि. दुनमुनिने पारिनु; बेहोस तुल्याइनु; धरमऱ्याइनु।
36502 ढुनमुन्याउनु स.क्रि. / प्रे. क्रि. १. दुनमुनिने गराउनु; दुनमुन पार्नु।
36503 ढुनमुन्याउनु स.क्रि. / प्रे. क्रि. २. पिटेर अथवा लागु पदार्थ खुवाएर धरमर पार्नु; बेहोस तुल्याउनु; मूर्च्छा पार्नु।
36504 ढुनमुन्याहट ना. दुनमुनिने तथा दुनमुन्याउने अवस्था वा किसिम।
36505 ढुनुमुनु क्रि.वि. १. केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्नेचाल।
36506 ढुनुमुनु क्रि.वि. २. रिँगटा वा बेहोसीले दुनमुनिने गरी; दुनमुन।
36507 ढुर्र क्रि.वि. अपानवायु छोड्दा आवाज निस्कने किसिमले; ढर्र |
36508 ढुलमुल क्रि.वि. १. कुनै मालसामान यताउति छरिने वा पोखिने गरी।
36509 ढुलमुल क्रि.वि. २. हल्लेर वा छचल्किन खोजेर।
36510 ढुवाइ ना. दुवाउने क्रिया वा प्रक्रिया।
36511 ढुवाइनु क.क्रि. दुवाउने काम गरिनु; ओसारिनु।
36512 ढुवाउनु स.क्रि मालसामानहरू बोकाएर वा सवारीमा चलाएर एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु।
36513 ढुवानी ना. १. मालसामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम; दुवाउने काम।
36514 ढुवानी ना. २. दुवाउँदा लाग्ने ज्याला; धुलदाम।
36515 ढुवानी खर्च ना. ढुवानीका निम्ति हुने व्यय; परिवहन खर्च।
36516 ढुसमुन्टो ना. निद्रा वा उङ लागेर निहुरिएको मुन्टो (उदा.- आठै नबजी दुसमुन्टो लगाउनेले कसरी पढ्लान् !)
36517 ढुसी ना. चिसो वा ओस लाग्ने ठाउँमा कुनै वस्तु सडेर उम्रने सेतो भुवा वा झुस ढुँडी।
36518 ढुसीकिरो ना. ढुसी परेका ठाउँमा उब्जने, रुगरुग हिँड्ने सेतो किरोविशेष।
36519 ढुस्स क्रि.वि. १. चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिने भएर।
36520 ढुस्स क्रि.वि. २. मुड्कीले हान्दा शब्द आउने गरी; घुस्स।
36521 ढुस्सा ना. मुक्काको हनाइ; मुड्की; घुस्सा।
36522 ढुस्सिनु अ.क्रि. १. ढुस्स परेर पेट फुल्नु, पेट ढाडिनु।
36523 ढुस्सिनु अ.क्रि. २. गर्भधारण गर्नु, पेट बोक्नु।
36524 दुस्स्याइ ना. ढुस्सिने क्रिया वा प्रक्रिया।
36525 दुस्स्याइनु क.क्रि. ढुस्सा दिइनु; फुलाइदिनु; पेट बोकिनु।
36526 दुस्स्याउनु स.क्रि. १. ढुस्सा दिनु; फुलाउनु; मुक्क्याउनु।
36527 दुस्स्याउनु स.क्रि. २. पेट बोकाउनु; ढुस्सिनु। प्रे. क्रि.
36528 दुस्स्याउनु स.क्रि. ३. गर्भधारण गराउनु; पेट बोकाउनु।
36529 ढेउसी ना. धोबिनी चरोका आकारको खैरो रङ हुने, एक जातको चरो।
36530 ढेडु ना. हात, गोडा, मुख र पुच्छर कालो हुने ठुलो जातको वानर; लङ्गुर।
36531 ढेडुवा ना. ढेडु।
36532 ढेप्नु स.क्रि. १. जग्गाजमिनको साँध सिमाना मिच्नु।
36533 ढेप्नु स.क्रि. २. ढस्सा लाग्ने गरी ठेल्नु; घचेट्नु।
36534 ढेपाइ ना. ढेप्ने क्रिया वा प्रक्रिया |
36535 ढेपाइनु क.क्रि. ढेप्न लाइनु; मिचाइनु।
36536 ढेपाउनु प्रे.क्रि ढेप्न वा मिच्न लाउनु।
36537 ढेप ना. दश ताउ नेपाली कागतको ठेली वा खात।
36538 ढेपाढेप ना. परस्परमा एकले अर्कालाई ढेप्ने काम; पेलापेल।
36539 ढेपिनु अ.क्रि. १. टाँसिएर बस्नु; ढेस्सिनु; नजिकै आउनु। क.क्रि.
36540 ढेपिनु अ.क्रि. २. घिचिनु; मिचिनु।
36541 ढेबु ना. गँगटाको च्याप्ने हात वा नङ्ग्रा।
36542 ढेर ना. कुनै वस्तुको रास; थुप्रो; चाङ; खात।
36543 ढेरी ना. रास; थुप्रो; ढेर।
36544 ढेलो ना. माटो आदिको ठुलो डल्लो; चाकु आदिको चेप्टो र चाक्लो चक्का; चोइलो; चपरो।
36545 ढेवा ना. रुपियाँ, पैसा। देवा मरु कसो गरुँ ! ( उखान )।
36546 ढेसरो वि. १. भद्दा खालको; छन्द न बन्दको; ढब्बु।
36547 ढेसरो वि. २. बाक्लो; गाढा।
36548 ढेसु ना. फापरका पिठाको बाक्लो रोटी; ढोसे रोटी।
36549 ढेस्सा ना. १. ढेस्सिने वा घचेटेर बस्ने काम।
36550 ढेस्सा ना. २. इच्छा नभई वा मन नपरीकन पनि आइलाग्ने कुनै वस्तु, मानिस आदिको हिल्ला वा टाँसो।