Dictionary

All Word

36451 ढुकेसो ना. अर्काबाट केही पाउने आस गरेर ढुक्ने काम; दुकना।
36452 ढुक्क क्रि.वि १. मुड्कीले हान्दा जोडसित शब्द आउने गरी
36453 ढुक्क क्रि.वि २. डरत्रास आदिले एक्कासि मुटु धड्केर।
36454 ढुक्क क्रि.वि ३. कुनै कामकुरामा निर्धक्क हुँदै।
36455 ढुक्क क्रि.वि ४. वायु बढेर डकार आउने गरी (बालबोलीमा)।
36456 ढुक्क्याइ ना. ढुक्क्याउने क्रिया वा प्रक्रिया।
36457 ढुक्क्याइनु क.क्रि. ढुक्क्याउने काम गरिनु; मुक्क्याइनु।
36458 ढुक्क्याउनु स.क्रि. ढुक्क आवाज आउने गरी मुड्कीले हान्नु; मुक्क्याउनु; ढुकढुकाउनु।
36459 ढुङ्गा ना. १. सीमा वा सिमानामा गाडिएको चिनु।
36460 ढुङ्गा ना. २. पत्थर; शिला; पाषाण; ढुड्गो।
36461 ढुङ्गाको खलल ना. सिमानामा रहेको लट्ठा वा निर्धारित क्षेत्र, रेखा, चिनु आदिसम्बन्धी गोलमाल; साँधको विवाद वा झगडा।
36462 ढुङ्गाखानी ना. घर, बाटो आदिको निर्माणका निम्ति ढुङ्गाहरू झिक्ने खानी।
36463 ढुङ्गाफोर ना. लामो चुच्चो, सेतो घाँटी, काला पखेटा र लामा लामा खुट्टा हुने, नदीको छेउछाउमा बस्ने, एक जातको चरो; एक जातको सारस; भुँडीफोर।
36464 ढुङ्गिया ना. सानो ढुङ्गो। (उदा.- ढुङ्गिया आयो छातीमा थिच्यो। लोकगीत)।
36465 ढुङ्गिलो वि. बढी ढुङ्गा भएको; माटोमा ढुड्गा मिसिएको।
36466 ढुङ्गे वि. ढुङ्गाले बनेको; ढुड्गोजस्तो; ढुङ्गाको।
36467 ढुङ्गेच्याउ ना. ढुङ्गामा उम्रने, कालो लामो डाँठ हुने, फुस्रो खालको, भुईंमा सेता टीका हुने, टुसाजस्तो एक जातको च्याउ।
36468 ढुङ्गेधारो ना. डुँडका ढाँचाले ढुङ्गा काटेर तथा खोपेर बनाइएको, मूलको पानी बगाउने वा खसाल्ने धारो।
36469 ढुड्गेन / ढुङ्ग्यान वि. धेरै ढुङ्गा अथवा ढुङ्गैढुङ्गा भएको (जमिन)।
36470 ढुङ्गेन / ढुङ्ग्यान फूल ना. ससाना आकारको हुने र गुलाफी रङमा फुल्ने एक किसिमको फूल।
36471 ढुङ्गेन / ढुङ्ग्यान माटो ना. ढुङ्गा भएको वा ढुङ्गा मिसिएको, उब्जाउ कम हुने माटो।
36472 ढुड्गो ना. १. घर, बाटो, मूर्ति आदिको निर्माणकार्यमा उपयोग हुने, प्रायः घन आदि फलामे वस्तु वा स्फोटक पदार्थले मात्र फोर्न र छिना आदिले मात्र खोप्न सकिने साहो खँदिलो वस्तु; पत्थर; शिला; पाषाण।
36473 ढुड्गो ना. २. देशको सिमाना छुट्ट्याउनका लागि गाडिने वा बनाइने ढुङ्गा आदिको चिनु; लोँकिल।
36474 ढुड्गो ना. ३. राज्य (दिव्य.)।
36475 ढुङ्ग्री ना. १. कानका माझमा भित्रपट्टि लगाइने जडाउदार वा बुट्टे गहनाविशेष।
36476 ढुङ्ग्री ना. २. सानो ढुङ्ग्रो।
36477 ढुङ्ग्री ना. ३. आगो फुक्न प्रयोग गरिने ढुङ्ग्रो; लोहोरी।
36478 ढुङ्ग्री प्वाँख ना. चराचुरुङ्गीका बचेराहरुको नयाँ उम्रेको प्वाँख।
36479 ढुङ्ग्रो ना. भित्रपट्टि खोक्रो भएको बाँस, पाता, काठ आदिको नलीजस्तो वस्तु; आगो फुक्ने नली।
36480 ढुङ्ग्य्राइ क.क्रि. ढुङ्ग्याउने क्रिया वा प्रक्रिया।
36481 ढुङ्ग्य्राइनु ढुङ्ग्याउने काम गरिनु।
36482 ढुङ्ग्य्राउनु स.क्रि. १. ढुङ्ग्रोजस्तो गराउनु।
36483 ढुङ्ग्य्राउनु स.क्रि. २. फुइँफाइँ गरेर पनि काम गर्न नसक्नु; नेठ्नु।
36484 ढुट्यान ना. हे. दुटेन।
36485 ढुटी ना. ढुटोको लघु रूप।
36486 ढुटीमाटी ना. भएभरको (ढुटो र माटोपर्यन्तको अभिप्रायमा ) धनमालको नाश वा बरबादी; सर्वस्व; सिरीखुरी।
36487 ढुटेन ना. धेरै ढुटो भएको स्थित; छुट्यान।
36488 ढुटो ना. चामल केलाउँदा छानिएको मसिनु भुसको धुलो; मिहिन भुस।
36489 ढुडुङ ना. पश्चिम नेपालको दार्चुला जिल्लातिर प्रचलित, मृतकका नाउँमा धुमधामसँग गरिने एक प्रकारको श्राद्ध।
36490 ढुण्डन ना. खोज्ने काम; खोजी; अन्वेषण।
36491 ढुण्डिराज ना. शिवपुत्र; गणेश।
36492 दुनमुन क्रि.वि. १. भाउन्न भएर लड्न खोज्ने गरी; रिँगटाले घुमाएर वा हुत्तिएर।
36493 दुनमुन क्रि.वि. २. नशा आदिले धऱ्याङधुरुङ गरी।
36494 दुनमुन क्रि.वि. ३. सोचविचार आदिमा अस्थिरता आएर। ना.
36495 दुनमुन क्रि.वि. ४. घुमाउने, रिँगाउने, लरबरिने वा लकपकिने चाल।
36496 ढुनमुनाइ ना. दुनमुनाउने क्रिया वा प्रक्रिया।
36497 ढुनमुनाइनु अ.क्रि. दुनमुनाउने होइन।
36498 ढुनमुनाउनु अ.क्रि. हे. दुनमुनिनु।
36499 ढुनमुनिनु अ.क्रि. रिँगटा लागेर वा बेहोस भएर पछारिन खोज्नु; धऱ्याङमऱ्याङ हुनु; धरमराउनु।
36500 ढुनमुन्याइनु ना. दुनमुनिने काम वा किसिम।