Dictionary

All Word

36301 ढाँक ना. १. उखुको गिँड्न हुने बोट; लाँक्रो (एक ढाँक उखु, दुई ढाँक उखु इ.)।
36302 ढाँक ना. २. धागो बनाउन प्रयोग गरिने एक प्रकारको बनैया झार।
36303 ढाँचा ना. कुनै वस्तु वा बनोटको नमुना, किसिम वा प्रकार; आकार।
36304 ढाँचाकाँचा ना. १. कुनै वस्तु वा बनोटको आकारप्रकार, रूपरङ्ग वा छाँटकाँट।
36305 ढाँचाकाँचा ना. २. ढाँटबाँट; सजावट।
36306 ढाँचाकाँचा ना. ३. चालचलन; चालामाला।
36307 ढाँचावाल वि. ढाँचा पार्ने; रवाफी; ढाँटिलो।
36308 ढाँची वि. ढाँचा गर्ने; ढाँचावाल।
36309 ढाँट्नु स.क्रि. १. भएको वा सद्दे कुरा नबोल्नु; असत् कुरो गर्नु; असत्य बोल्नु; अरूलाई छक्याउनु वा झुक्क्याउनु; झुक्कलमा पार्नु।
36310 ढाँट्नु स.क्रि. २. झुटो कामकारबाई गर्नु।
36311 ढाँट वि. १. ढाँटेर कुरा गर्ने; झुटो बोल्ने; ढँटुवा; फटाहा।
36312 ढाँट वि. २. मिथ्या; झुटो।
36313 ढाँटठगी ना. सोझासाझा व्यक्तिलाई ढाँटी, छली ठग्ने काम।
36314 ढाँटढुँट ना. अरूलाई ढाँट्ने काम; छलछाम।
36315 ढाँटेढुँटे वि. ढाँटढुट गर्ने; झुटो बोल्ने; धूर्त।
36316 ढाँड ना. ढुड्गा धेरै भएको वा भित्र भित्र पानी छिरी पानी नअड्ने र बालीनाली नहुने जमिन; ढड्यान।
36317 ढाक्नु स.क्रि. १. कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु।
36318 ढाक्नु स.क्रि. २. कुनै ठाउँ, क्षेत्र आदि व्याप्त गर्नु वा फैलिनु। ३ ठाउँ लिनु; ओगट्नु।
36319 ढाक्नु स.क्रि. ४. कामकुरो भ्याउनु।
36320 ढाक्नु स.क्रि. ५. कुनै कुरो वा चिज लुकाउनु।
36321 ढाक ना. १. लेखाइमा महत्त्वपूर्ण वाक्य, बेहोरा, रकम वा नाउँका मुनि दिइने तेर्सो धर्को; अधोरेखाङ्कन।
36322 ढाक ना. २. ढाक्ने काम।
36323 ढाकछोप ना. १. नराम्रो कामकुरालाई राम्रो कामकुराले छोप्ने काम; छोपछाप।
36324 ढाकछोप ना. २. कुनै वस्तुलाई बिर्को, ढकनी आदिले ढाक्ने र छोप्ने काम; ढकाइ।
36325 ढाकढुक क्रि.वि. कुनै गह्रुङ्गो वस्तु खस्ता वा मानिसहरू उफ्रँदा आवाज आउने गरी; ठाकठुक।
36326 ढाकर ना. १. मालसामान हालेर बोकिने चोयाले बुनेको एक प्रकारको ठुलो थेप्चो डोको।
36327 ढाकर ना. २. रुवा, सुर्ती आदि बोराबन्दी गरिएको ठुलो भारी वा गाँठ।
36328 ढाका ना. १. कार्चोपी भरेको जस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपड़ा।
36329 ढाका ना. २. बङ्गलादेशको राजधानी।
36330 ढाका ना. ३. तेह्रथुम, पाल्पातिर तानमा विभिन्न रङ्गको प्रसिद्ध कपडा। वि.
36331 ढाका ना. ४. ढाकाको कपडाबाट बनाइएको वा तयार पारिएको (ढाका टोपी, ढाका पछ्‌यौरा वा खास्टो, ढाका चोलो इ.)।
36332 ढाकिनु क.क्रि. ढाक्ने काम गरिनु।
36333 ढाक्रे ना. १. ढाकर बोकेर हिँड्ने व्यक्ति; भरिया।
36334 ढाक्रे ना. २. ठेकीभेटी बुझाई बस्ने थरी र सुब्बाका रैती। वि.
36335 ढाक्रे ना. ३. जागिर नभएको वा नखाएको; सेवाबाट मुक्त।
36336 ढाक्रे डोको ना. साना आँखा, बाक्लो कापा भएको, मसिनु चोयाले खिपेर बुनेको, बोक्न सजिलो खालको डोको।
36337 ढाट ना. १. सवारी साधनलाई रोकी कर असुल्न वा जाँचबुझ गर्न बाटाघाटामा लगाइएको काठ वा बाँसको तगारो; अवरोध।
36338 ढाट ना. २. नगरपालिका आदिले निषेध गरेको क्षेत्रमा गाईबस्तु छोडिए तिनलाई पक्री थुनेर राख्ने ठाउँ; कान्जीहाउस।
36339 ढाड ना. शरीरको कम्मरपछाडिको भाग; पिठिउँ; मेरुदण्ड।
36340 ढाडस ना. १. कसैलाई दुःख पर्दा वा त्यस व्यक्तिको साहस बढाउनाका निम्ति दिइने धैर्य, सान्त्वना वा आश्वासन।
36341 ढाडस ना. २. कुनै कामकुरामा अरूलाई दिइने आडभरोसा; आश्रय।
36342 ढाडिनु अ.क्रि. १. कागत, काठजस्ता वस्तु र बिरौँला वा दाना भएका खाद्य पदार्थ आदि पानी वा ओसमा परेर फुल्नु; भिज्नु।
36343 ढाडिनु अ.क्रि. २. खानपिन वा वायुका विकारले पेट फुल्नु; ढुस्सिनु। 3 गलगिद्द हुने गरी खानु; त्यसरी खाँदा अपच भई पेट उकुसमुकुस हुनु।
36344 ढाडिनु अ.क्रि. ४. पानी पर्लाजस्तो भएर पनि नपर्नु।
36345 ढाडिनु अ.क्रि. ५. गर्भ लिनु; पेट बोक्नु।
36346 ढlडी वि. १. ठुलो (जुम्रो, किर्नु आदि)।
36347 ढlडी वि. २. ठुलो ढाड भएको; ढड्डु; मोटो; हृष्टपुष्ट। ३ सम्पन्न; धनी; ठालु।
36348 ढlडे वि. १. ठुलो ढाड भएको; ढड्डु; मोटो। ना.
36349 ढlडे वि. २. भाले बिरालो; ठुलो बिरालो।
36350 ढाप्नु अ. क्रि. धेरै ठाउँ लिनु; ओगट्नु; चाप्नु; ढाक्नु।