Dictionary

All Word

36151 ड्याङ ना. २. बुद्धि नभएको; लट्ठक।
36152 ड्याङपाटा / पाता ना. रुख, पात आदिमा गुँड बनाएर बस्ने रातोरातो, ठुलो एक जातको कमिलो।
36153 ड्यामड्याम क्रि.वि. १. लगालग मुक्क्याउने गरी; ढ्यामढ्याम।
36154 ड्यामड्याम क्रि.वि. २. एकपछि अर्को गर्दै पछारिएर।
36155 ड्यामड्यामती/ड्यामड्यामी क्रि.वि. लगातार मुक्क्याउने वा पछारिने किसिमले।
36156 ड्यामप्रुफ ना. जमिनको चिसो नआओस् भन्नका निम्ति र बलियो पार्नका लागि घर आदि बनाउँदा जग, गारो वा भुइँमा गरिने ढलान।
36157 ड्याम्म क्रि.वि. १. कसैलाई मुक्काले हिर्काउँदा ठुलो आवाज आउने गरी; दुस्स; ढ्याम्म।
36158 ड्याम्म क्रि.वि. २. छाया, बादल, कुहिरो आदिले व्यापक रूपमा ढाकिएर।
36159 ड्याम्म क्रि.वि. ३. आवाज आउने गरी पछारिँदै।
36160 ड्यौढा वि. हे. डेउढा।
36161 ड्यौढी ना. हे. डेउढी।
36162 ड्यौढो वि. हे. डेउढो।
36163 ड्रम ना. १. मट्टितेल, अलकत्रा, पेट्रोल आदि हाल्न प्रयोग गरिने गोलो ठुलो ढ्वाङ; त्यस्तो भाँडो।
36164 ड्रम ना. २. छालाको गोलो फ्रेममा दुवै छेउबाट वरिपरि छालाकै डोरीले दरोसँग कसेर बनाइएको लट्ठी वा हातले बजाइने वाद्ययन्त्र; ढोल; मृदङ्ग।
36165 ड्राइक्लिन ना. आधुनिक मेसिनद्वारा हुने कपडाको धुलाइ वा त्यस्तो धुलाइ हुने स्थान; धुलाइघर।
36166 ड्राइभर ना. मोटर, ट्रक आदि हाँक्ने व्यक्ति; चालक।
36167 ड्रामा ना. १. अभिनय; नाटक; नाट्यकला।
36168 ड्रामा ना. २. रङ्गमञ्चमा प्रदर्शन गरिने र रेडियो तथा टिभीबाट समेत प्रसारित हुने अभिनेय काव्य।
36169 ड्वाँङ्ङ क्रि.वि. हे. ड्वाङ्ग।
36170 ड्वाँड्वाँ क्रि.वि. १. गाईवस्तुले एकोहोरो कराउने गरी।
36171 ड्वाँड्वाँ क्रि.वि. २. ठुलो डाँको छोडेर रुँदै वा ठुलो स्वरले कराउँदै।
36172 ड्वाङड्वाङ क्रि.वि. झ्याल, ढोका आदि एकदम ह्वाङ्ङ भएर खुला हुने गरी।
36173 ड्वाङड्वाङती क्रि.वि. अझै ड्वाङड्वाङ हुने गरी।
36174 ड्वाङ्ग क्रि.वि. १. एकै चोटि बेसरी लड्ने वा पछारिने गरी; ड्वाङ्ङ।
36175 ड्वाङ्ग क्रि.वि. २. झ्यालढोका आदि सबै खुला भएर।
36176 ड्वाङ्ग्राङ्ङ क्रि.वि. जोडसँग लड्ने वा पछारिने गरी।
36177 ड्वाम्म क्रि.वि. तिखो आवाज आउने गरी पछारिएर;मुड्कीले हिर्काएको जस्तो आवाज आउने गरी।
36178 देवनागरी वर्णमालाको व्यञ्जनवर्णको चौघौँ वर्ण; मूर्धन्य, ताडित, स्पर्शी, सघोष, महाप्राण व्यञ्जनवर्ण; टवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कुकुरपुच्छे ढ |
36179 ढँटवारे ना. हे. ढँटुवारे।
36180 ढँटुवा वि. बोलेको कुरा पूरा नगर्ने; ढाँट्ने स्वभावको; फटाहा। स्त्री. ढँटुवी।
36181 ढँटुवारे ना. १. मारुनी नाचमा मारुनीको अघिपछि लागेर चेपारो घस्तै नाच्ने पात्र; विदूषक; भाँड; ढँटवारे।
36182 ढँटुवारे ना. २. सो पात्रले गाउने गीत। वि.
36183 ढँटुवारे ना. ३. ढाँट्ने स्वभावको।
36184 ढँड्यान ना. १. धेरै ढुड्गा भएको, पानी नअड्ने वा उब्जाउ नहुने जग्गा।
36185 ढँड्यान ना. २. ढाँड परेको ठाउँ वा जग्गा।
36186 ढक ना. पाउ, किलो, धार्नी, मन आदि जोख्ने सरकारी छाप लागेको फलामे वा पित्तले साधन।
36187 ढकढक क्रि.वि. ढोका, काठ, टिन आदिमा ठोक्दा आवाज आउने चालमा।
36188 ढकढक्याइ ढकढक्याउने क्रिया वा प्रक्रिया |
36189 ढकढक्याइनु क.क्रि. ढकढक गरी हल्लाइनु; ढकढक आवाज आउने पारिनु।
36190 ढकढक्याउनु स.क्रि. १. ढकढक आवाज आउने गरी ढोकामा हिर्काउनु।
36191 ढकढक्याउनु स.क्रि. २. अन्नपात धेरै अटाउनका निम्ति भाँडामा ढकढक आवाज आउने गरी हल्लाउनु।
36192 ढकना ना. डेक्ची, आरी, तपेस आदिको मुख ढाक्ने साधन; छपनी; बिर्को।
36193 ढकनी ना. १. सानो ढकना; सानो बिर्को।
36194 ढकनी ना. २. मुख ढाक्ने लुगा।
36195 ढकने ना. चामल घिउमा भुटेर दुधमा पकाई चिनीसमेत हालेर तयार पारिएको स्वादिष्ट खानेकुरा।
36196 ढकमक्क क्रि.वि. १. वन, बगैँचा आदिमा प्रशस्त फूल फुल्ने गरी।
36197 ढकमक्क क्रि.वि. २. बादल, कुहिरो, छाया आदिले राम्ररी ढाकेर।
36198 ढकाइ ना. ढाक्ने काम वा किसिम।
36199 ढकाइनु क.क्रि. ढाक्न लाइनु।
36200 ढकाउनु प्रे.क्रि ढाक्ने पार्नु; छोपाउनु; फैलाउनु।