Dictionary

All Word

36801 तड्काबाजी ना. रिसाएर चर्को भनाभन गर्ने काम; बाझाबाझ।
36802 तड्कारै क्रि. वि. एकाबिहानै; सखारै; सबेरै।
36803 तड्कारो वि. तड्का वा चर्को स्वर भएको; खुलस्त; स्पष्ट; टड्कारो (बोली)।
36804 तड्के वि. १. एक्लै फटाफट हिँड्ने बानी भएको; तड्कने।
36805 तड्के वि. २. अरूको रायमा पनि नमिल्ने र कसैको वास्ता पनि नगर्ने; एकोहोरो।
36806 तड्पनु अ.क्रि. १. अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु।
36807 तड्पनु अ.क्रि. २. आफूले गरेका कामकुरामा चेतेपछि चुकचुकाउनु; पछुताउ गर्नु।
36808 तड्पनु अ.क्रि. ३. शारीरिक वा मानसिक वेदनाले व्याकुल हुनु; छटपटाउनु।
36809 तड्पाइ ना. तड्पने क्रिया वा प्रक्रिया।
36810 तड्पाइनु क.क्रि. तड्पन लाइनु।
36811 तड्पाउनु प्रे. क्रि. तड्पने गराउनु; कल्पाउनु।
36812 तड्पिनु अ. क्र तड्पने काम हुनु; तड्पनु।
36813 तड्फडाइ ना. तड्फडिने क्रिया वा प्रक्रिया।
36814 तड्फडाइनु अ.क्रि. तड्फडाउने होइन।
36815 तड्फडाउनु अ.क्रि. शारीरिक चोट; मानसिक वेदना; पश्चात्ताप आदिले दुःखित हुनु; छटपटाउनु।
36816 तत् ना. १. ब्रह्म।
36817 तत् ना. २. वायु। सर्व
36818 तत् ना. ३. प्रथम पुरुषको एकवचन जनाउने शब्द; त्यो; ऊ (जस्तै तत्सम्बन्धी, तत्काल, तत्सदृश, तत्क्षण इ.)।
36819 तत वि. १. फैलिएको; विस्तृत।
36820 तत वि. २. ढाकिएको। ना
36821 तत वि. ३. तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि)।
36822 ततर्को ना. फतफताउने काम; झर्कोफर्को।
36823 ततर्को फतर्को/भतर्को ना. झर्को मानेर वा गुत्थिएर फतफताउने काम; झर्कोफर्को।
36824 तताइ ना. १. तात्ने भाव, क्रिया वा प्रक्रिया। [तताउ + आइ]
36825 तताइ ना. २. तताउने भाव क्रिया वा प्रक्रिया।
36826 तताइनु क.क्रि. तात्ने काम गराइनु; तातो पारिनु।
36827 तताउनु प्रे. क्रि. १. कुनै पनि वस्तुलाई आँच वा रापको सहायताले तातो पार्नु; गरम तुल्याउनु।
36828 तताउनु प्रे. क्रि. २. आगो, तातो आदिमा सेकाउनु।
36829 तताउनु प्रे. क्रि. ३. कुनै कुरा वा कारणमा रिस उठाउनु; जङ्ग्याउनु।
36830 तताउनु प्रे. क्रि. ४. कुनै क्रियाकलापका निम्ति उत्तेजित पार्नु; प्रोत्साहित गर्नु; हौस्याउनु।
36831 ततिम्बा / ततिम्मा ना. पहिलेको बयानमा थप्तै गाँस्तै दोहोरोतेहरो सोधपुछ गरेर लिइएको बयान।
36832 तत्काल क्रि. वि. त्यसै बेला; त्यही समयमा; उत्तिखेर; तुरुन्त; लगत्तै।
36833 तत्कालीन वि. त्यसै बेलाको; उसै समयको; त्यतिखेरको।
36834 तत्क्षण क्रि. वि. त्यसै बेला; उही बखत; तत्काल।
36835 तत्तत् सर्व. त्यही त्यही; उही उही।
36836 तत्त्व ना. १. कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण।
36837 तत्त्व ना. २. जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश )।
36838 तत्त्व ना. ३. वास्तविक स्थिति वा यथार्थ कुरा।
36839 तत्त्व ना. ४. महत्त्वपूर्ण अंश; सार वस्तु; सारांश।
36840 तत्त्व ना. ५. आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिलकुलै अमिश्रित वा विशुद्ध कुनै पदार्थ।
36841 तत्त्व ना. ६. परमात्मा; परब्रह्म।
36842 तत्त्वज्ञ वि. १. तत्त्व वा यथार्थ कुरा जान्ने तत्त्वज्ञानी; तत्त्ववेत्ता।
36843 तत्त्वज्ञ वि. २. ब्रह्मज्ञानी।
36844 तत्त्वज्ञ वि. ३. दार्शनिक।
36845 तत्त्वज्ञान ना. ब्रह्म, आत्मा र सृष्टिबारेको यथार्थ ज्ञान; मोक्ष प्राप्ति ज्ञान; ब्रह्मज्ञान
36846 तत्त्वज्ञानी वि. तत्त्वज्ञान प्राप्त भएको (व्यक्ति); ब्रह्मज्ञानी।
36847 तत्त्वतः अव्य. यथार्थ रूपमा; साँच्चिकै किसिमले।
36848 तत्त्वदर्शी वि. वास्तविकताको बोध हुने; तत्त्वज्ञानी।
36849 तत्त्वदृष्टि वि. तत्त्वज्ञान प्राप्त गर्ने दृष्टि।
36850 तत्त्वनिष्ठ वि. आफ्नो सिद्धान्तमा अटल रहने।