Dictionary

All Word

36901 तद्देशीय वि . १. त्यो देशसम्बन्धी; त्यस देशको।
36902 तद्देशीय वि . २. क्षेत्रीय; स्थानीय।
36903 तद्धित ना. १. शब्द संरचनाका क्रममा नाम, विशेषण आदि शब्दमा लागेर विभिन्न अर्थ निस्कने अरू शब्द बनाउने प्रत्ययविशेष; कृत् र तद्धित प्रत्ययमध्ये दोस्रो भेद (घरबाट बन्ने घरेलु शब्दमा 'एलु'; पानीबाट बन्ने पनेरो शब्दमा 'एरो'; अग्लोबाट बन्ने अग्लाइ शब्दमा 'आइ' आदि तद्धित प्रत्यय हुन्। )।
36904 तद्धित ना. २. त्यसका निम्ति हितकारक वा उपयुक्त हुने।
36905 तद्धितान्त वि. तद्धित प्रत्यय लागेर बनेको; द्वितीय व्युत्पन्न (शब्द)।
36906 तद्बिसेक वि. थोरै मात्रा; अलिकति ; केही। (उदा.- पारिभन्दा तद्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा तबिसेक अनिल राम्रा छन्। )
36907 तद्भव वि. १. त्यसबाट उत्पन्न भएको ना.
36908 तद्भव वि. २. संस्कृत भाषाबाट केही रूप परिवर्तन वा विकृत भएर अर्थात् रूप फेरिएर आफ्नो भाषामा आई चलेका शब्द, जस्तै- कर्म (संस्कृत)= काम (नेपाली), चञ्चु (संस्कृत) = चुच्चो (नेपाली) इ.)।
36909 तद्रूप वि. त्यही आकारप्रकारको; उस्तै किसिमको; त्यस्तै।
36910 तद्रूपता ना. त्यस्तै गर्ने स्थिति वा काम; समानता; सादृश्य।
36911 तन ना. प्राणीको हाड, मासु, रगत आदिले बनेको सबै अङ्गको समूह; जिउ; शरीर: चोला।
36912 तनक्क क्रि. वि. एकै खेपमा तान्ने वा तानिने गरी; तन्न।
36913 तनखा ना. जागिर खाई काम गरेबापत महिनैपिच्छे पाइने रकम; तलब; किस्ता; वेतन।
36914 तनतन क्रि. वि. पानी वा अरू कुनै तरल पदार्थ धेरै खाने वा पिउने गरी; तननन।
36915 तनतनती / तनतनी क्रि. वि. अझ छिटो तनतन हुने गरी।
36916 तनमन ना. १. शरीर र मन; शारीरिक र मानसिक शक्ति।
36917 तनमन ना. २. जाँगर र उत्साह।
36918 तनय ना. छोरो; पुत्र।
36919 तनया ना. छोरी; पुत्री।
36920 तनहुँ ना. नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने गण्डकी अञ्चलको एक जिल्ला।
36921 तना ना. १. दौरा; भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु।
36922 तना ना. २. वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा।
36923 तनाइ ना. तान्ने भाव, क्रिया वा प्रक्रिया।
36924 तनाइनु क.क्रि. तान्न लाइनु।
36925 तनाव/तनाउ ना. १. कुनै झमेलाका कामकुरा, सोचाइ आदिले मस्तिष्क तन्कने काम; तन्काइ।
36926 तनाव/तनाउ ना. २. दुई थरीका बिचमा अविश्वासको भावनामा हुने वृद्धि; तन्काइ; खिचातानी।
36927 तनाहा वि. १. भएभरको धनसम्पत्ति सकिएको; तन्नम।
36928 तनाहा वि. २. केही नभएको; एक्लो।
36929 तनु ना. १. तन; शरीर; जिउ। वि.
36930 तनु ना. २. सानो।
36931 तनुज ना. पुत्र; छोरो।
36932 तनुजा ना. पुत्री; छोरी।
36933 तनुधारी वि. शरीर धारण गर्ने; देहधारी।
36934 तनुमध्य वि. पातलो वा झिनो कमर भएको।
36935 तनुलता ना. सुकुमार देह; कोमल शरीर।
36936 तने वि. तना भएको; तुनुजस्तो; तुने।
36937 तने बोडी ना. हे. तुनेबोडी।
36938 तनोट / तनौट ना. १. तान्ने काम वा प्रक्रिया; तनाइ।
36939 तनोट / तनौट ना. २. कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु।
36940 तनौटे वि. १. तनोट भएको; तनौटका रूपमा आएको।
36941 तनौटे वि. २. तनौट गर्ने; तान्ने।
36942 तनौटे वि. ३. तान लगाउने (व्यक्ति)।
36943 तन्कनु अ.क्रि. १. तान्न हुने कुनै पनि वस्तु जोडसँग तानिनु वा खिचिनु।
36944 तन्कनु अ.क्रि. २. गाह्रो भए तापनि लस्केर हिँड्नु।
36945 तन्कनु अ.क्रि. ३. रिसाएर वा नराम्रो किसिमले जानु।
36946 तन्काइ ना. तन्कने तथा तन्काउने क्रिया वा प्रक्रिया।
36947 तन्काइनु क.क्रि. तन्कन लाइनु।
36948 तन्काउनु प्रे. क्रि. तन्कने पार्नु; तन्कन लाउनु।
36949 तन्किनु अ.क्रि. १. तनक्क तानिनु।
36950 तन्किनु अ.क्रि. २. तन्कनु।