Dictionary

All Word

37051 तपेस ना. पकाउने काममा प्रयोग हुने बिट फर्केको, ठूलो मुख भएको, खास गरी हलुङ्गे को भाँडो; डेक्ची।
37052 तपो तपस्को समासगत रूप।
37053 तपोधन वि. तपस्या नै ठुलो धन वा सम्पत्ति भएको।
37054 तपोनिष्ठ वि. तपमा निष्ठ भएको; तपस्यामा लागेको।
37055 तपोबल ना. तपस्याबाट प्राप्त हुने शक्ति; तपबाट पाइने बल।
37056 तपोभङ्ग ना. कुनै बिध्नबाधा आई तपस्या टुट्ने काम ।
37057 तपोभूमि ना. तपस्या गर्ने ठाउँ; तपोवन।
37058 तपोमय वि. १. तपमा लीन वा संलग्न; तपस्या गर्ने। ना.
37059 तपोमय वि. २. परमेश्वर।
37060 तपोमूर्ति ना. १. परमेश्वर।
37061 तपोमूर्ति ना. २. ठुलो तपस्वी।
37062 तपोमूर्ति ना. ३. बाह्रौँ मन्वन्तरको चौथो सावर्णिका सप्तर्षिमध्ये एक।
37063 तपोलोक ना. पुराणअनुसार पृथ्वीभन्दा माथिका सात लोकमध्ये जनलोक र सत्यलोकका बिचमा पर्ने एक लोक।
37064 तपोवन ना. ऋषिमुनिले तपस्या गरेर बस्ने जङगल; तपोभूमि।
37065 तपोव्रत ना. तपस्यासम्बन्धी व्रत धारण गर्ने काम।
37066 तप्कनु अ.क्रि. पानी आदि तरल पदार्थका थोपाहरू खस्नु; तपतप चुहुनु।
37067 तप्काइ ना. तप्कने काम वा किसिम।
37068 तप्काइनु क.क्रि. तप्कन लाइनु।
37069 तप्काउनु स.क्रि. थोपाहरू खसाल्नु वा चुहाउनु।
37070 तप्किनु अ.क्रि. १. तपतप गरी थोपा चुहिनु।
37071 तप्किनु अ.क्रि. २. तप्कनु।
37072 तप्केनी ना. १. तपतप खसेको पानीको थोपा वा त्यस्तो पानी तकने ठाउँ।
37073 तप्केनी ना. २. बलेनी, पहरा आदिबाट रसाएर झर्ने पानीको थोपा।
37074 तप्को ना. तप्केको पानीको थोप्लो; तप्काइ।
37075 तप्त वि. १. आगो, राप आदिले तातेको वा तताएको; तातो।
37076 तप्त वि. २. मानसिक कष्टमा परेको; दुःखित; पीडित। ३ खुब तपस्या गरेको।
37077 तप्तकृच्छ्र ना. प्रायश्चित्तका लागि बाह्र दिनसम्म गरिने एक व्रत।
37078 तप्तमुद्रा ना. १. वैष्णव सम्प्रदायका व्यक्तिहरूले आफ्नो शरीरमा धारण गर्ने शङ्खचक्र भएको धातुका साँचाले डाम्ने चिह्न।
37079 तप्तमुद्रा ना. २. साँढेका पुट्ठामा डामिने मुद्रा।
37080 तप्प क्र. वि. पानी आदि तरल पदार्थ थोपा थोपा चुहुने गरी।
37081 तप्पा ना. जिल्लाको सानो इलाका वा भाग।
37082 तब क्रि. वि. १. त्यस बेला; त्यतिखेर।
37083 तब क्रि. वि. २. त्यस कारण। संयो. 3 'जब' को मुख मिलाउन आउने शब्द; अनि। (जब म आएँ तब तिमीलाई टाउको दुख्छ होइन ?) निपा.
37084 तब क्रि. वि. ४. अरूका कुरामा सही थाप्ने अव्यय शब्द; त। (उदा. खर्च त सबैले बेहोर्नुपर्छ, हो तब )
37085 तबक ना. सुन, चाँदी आदि धातुको कागतजस्तो पातलो गरी बनाइएको पत्र वा पत्ती।
37086 तबल १ ना. बन्चरोजस्तो दाउरा चिर्ने फलामको एक हतियार |
37087 तबल २ ना. हे. तबला।
37088 तबलची ना. तबला बजाउन निपुण व्यक्ति; तबलावादक।
37089 तबला ना. दुई हातले एकैसाथ जोडी रूपमा बजाइने, छालाको खरीसहितको प्रसिद्ध तालबाजा; दायाँ हातले बजाइनेलाई 'तबला' र बायाँ हातले बजाइनेलाई 'बायाँ' वा 'नाम' भनिनेमध्ये एक।
37090 तबाह वि. एकदम नष्ट भएको; सर्वस्व भएको; तन्नम।
37091 तबाही ना. बरबादी; सत्यानाश; ध्वंस।
37092 तबेला ना. घोडा बाँध्ने ठाउँ; अस्तबलखाना; अश्वशाला।
37093 तबेला दलान ना. नेपालको इतिहासका अनुसार शाहकालमा पहिले प्रचलित, भ्रष्टाचारविरुद्ध मुद्दा सुन्ने विशेष अदालत।
37094 तबै क्रि. वि. त्यसै बेला; त्यति धेरै। (उदा.- पानी त परोस्, तबै न मकै छरिएला।)
37095 तबैतारे वि.बो. अरूका कुराकानीमा सही थाप्ने थेगोजस्तो शब्द। (उदा.- जिलीगाँठी केही नभए पनि तबैतारे म पनि त केही गरिहाल्छु नि !)
37096 तम ना. १. सत्त्व, रज, तम- यी तीन प्राकृतिक गुणमध्ये एक।
37097 तम ना. २. अन्धकार; अँध्यारो।
37098 तम ना. 3. अज्ञान; मोह; पाप; क्रोध।
37099 तम ना. ४. विशेषण शब्दका पछाडि लागेर दुईभन्दा बढी वस्तुको गुण वा परिमाणको दाँजोमा सबैभन्दा बेसी जनाउने प्रत्यय शब्द (जस्तै अधिकतम, न्यूनतम, उच्चतम इ. )
37100 तमक ना. धन, अहमत्याईं, अज्ञान आदिका कारणले मानिसमा उब्जने अभिमान वा घमन्ड; आवेग, जोस वा रिस।