Dictionary

All Word

37151 तमोगुण ना. क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने तथा निकृष्ट मानिने एक प्राकृतिक गुण; सत्त्वगुण, रजोगुण र तमोगुणमध्ये एक।
37152 तमोगुणी वि. तमोगुण मुख्य भएको वा सो गुण अँगाल्ने।
37153 तमोमय वि. १. तमले भरिएको; अन्धकारपूर्ण।
37154 तमोमय वि. २. अज्ञानी।
37155 तमोमय वि. ३. तमोगुणी; तामसी।
37156 तमोर ना. उम्भेक हिमाल र लुम्बासुम्बा हिमालको जोर्नीबाट निस्केर अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; प्रसिद्ध सप्तकोसीमध्ये एक।
37157 तमोली ना. पान बेच्ने जाति वा व्यक्ति; पानपसले; बरही।
37158 तमौटे ना. तामाको काम गरेर बस्ने कालिगड; ढलौटे भाँडाकुँडा बनाउने जाति वा व्यक्ति। स्त्री तमौटेनी।
37159 तमौरो ना. तामाबाट बनेको, खास गरी पूजाआजामा प्रयोग हुने सानो भाँडो।
37160 तम्तयार वि. १. कुनै कामकुराका निम्ति पहिलेदेखि तयार रहने; बिलकुल ठिक हुने।
37161 तम्तयार वि. २. ठिकठाक; दुरुस्त।
37162 तम्तयारी ना. तम्तयार हुने काम; तयारी।
37163 तम्बु ना. बाक्लो कपडालाई सानासाना ठुटा गाडेर डोरीले तन्काई बनाइएको अस्थायी बस्ने ठाउँ; पाल; सामियाना।
37164 तम्मु सर्व. पुरानो समयका स्तुतिगीत वा तिनताकको सम्मानपूर्ण व्यवहारमा देवदेवी, मान्यजन आदिलाई 'हजुर' को साटो प्रयोग गरिने आदरार्थी शब्द।
37165 तम्सनु अ.क्रि. १. कुनै काम गर्नाका लागि अघि सर्नु; तत्पर हुनु।
37166 तम्सनु अ.क्रि. २. हुटहुटिनु; सहटिनु।
37167 तम्साइ ना. तम्सने भाव, क्रिया वा प्रक्रिया।
37168 तम्साइनु क. क्रि. तम्सन लाइनु।
37169 तम्साउनु प्रे. क्र. तम्सन लाउन; तत्पर गराउनु।
37170 तम्सिनु अ.क्रि. १. कुनै काम गर्नका निम्ति अघि सरिनु।
37171 तम्सिनु अ.क्रि. २. तम्सनु।
37172 तम्स्याइ ना. तम्सिने वा तम्साउने भाव, क्रिया वा प्रक्रिया।
37173 तस्याइलो वि. तम्सिने खालको; तत्पर; अघिसरा।
37174 तम्स्याहट ना. तम्सिने भाव, क्रिया वा अवस्था।
37175 तयँगा ना. ऊन मिसाएर हातले बुनेको बर्कोजस्तो ओढ्ने कपडा; मलेदा।
37176 तय वि. १. निधो भएको; ठहरिएको; निश्चित।
37177 तय वि. २. सिद्धिएको; समाप्त। ना.
37178 तय वि. ३. निधो; ठहर; निर्णय।
37179 तयरपान ना. भारतको आन्ध्र प्रदेशमा हुने एक जातको पान।
37180 तयार वि. १. बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार।
37181 तयार वि. २. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार।
37182 तयारी ना. कुनै काम थाल्नुभन्दा पहिले आवश्यक सरसामान जुटाउने काम; कुनै कार्यको उपाय वा तरिका मिलाउने काम; तयार हुन चाहिने वा प्रयोगका निम्ति आवश्यक पर्ने सबै वस्तुको जोरजाम।
37183 तयारी समिति ना. कुनै कार्यक्रमको प्रारम्भिक सञ्चालन तथा नियम, मस्यौदा आदिको तर्जुमा गर्नका निम्ति बनेको अस्थायी समिति।
37184 तयारी स्रेस्ता ना. कुनै कामको आम्दानीखर्च तयार पारिएको स्रेस्ता।
37185 तर्नु १ स.क्रि. १. खोलानाला आदि पार गर्नु।
37186 तर्नु १ स.क्रि. २. दुःखकष्टको बेला सिद्धिनु।
37187 तर्नु १ स.क्रि. ३. पितृहरू मुक्त हुनु।
37188 तर्नु २ स.क्रि. कसैलाई रिसले आँखा बङ्ग्याएर हेर्नु; छड्के आँखाले हेर्नु।
37189 तर्नु ३ स.क्रि. कसैको छाला काढ्नु वा तान्नु; काट्न ठिक पार्नु। (उदा.- उहिले उहिले राजद्रोहीहरूलाई सजाय दिन छाला तर्ने गरिन्थ्यो। खसी काट्न राम्ररी तर्नुपर्छ, नत्र छिन्दैन)।
37190 तर १ संयो. त्यसो हो तापनि; परन्तु; किन्तु। (उदा. मेहनत त निकै पऱ्यो, तर मूल्याङ्कन कस्तो हुन्छ थाहा छैन।)
37191 तर २ ना. १. नदी, पुल, बाटो आदि पार गर्ने काम; तराइ; हिँडाइ।।
37192 तर २ ना. २. बाटो।
37193 तर २ ना. ३. विशेषण शब्दका पछिल्तिर गाँसिएर कसैको अपेक्षा बढी गुण भएको बुझाउने एक प्रत्यय ( जस्तै अधिकतर, गुरुतर, महत्तर, बृहत्तर इ) ।)।
37194 तर ३ ना. १. तताएको दुधमा माथितिर लाग्ने बाक्लो पत्र; दुधदहीमा जम्ने सारवस्तु।
37195 तर ३ ना. २. पानी आदि तरल वस्तुमा माथितिर जमेको ठाँटो।
37196 तर ३ ना. ३. कुनै काम कुराको थान्को वा थिति; तह। (उदा.- कति दिनदेखि प्रयास गरे तापनि यो काम तर लाउन सकिएन। )।
37197 तर ४ वि. पानी वा पसिनाले निथ्रुक्क भिजेको; निथाचूर्ण; आर्द्र। (उदा.- आज दिउँसोको गर्मीको के बयान गर्नु, म त पसिनाले तर भएँ। दिदी बजार पनि पुग्न नपाई पानीले तर हुनुभएछ।)
37198 तरकस ना. बाण हालेर पिठ्यूँमा भिरिने ठोक्रो।
37199 तरकारी ना. १. घिउतेल, नुनमसला आदि हाली पकाइएको सागपात, गेडागुडी, कन्द आदि; तर्कारी।
37200 तरकारी ना. २. त्यसरी पकाएर खाइने डाँठ, पात, फूल, फल, कन्द आदि वस्तु, सागपात।