Dictionary

All Word

37251 तरबराउनु अ.क्रि तरबर हुनु; चञ्चल बन्नु; सगबगाउनु।
37252 तरबराहट ना. तरबराउने भाव, अवस्था वा क्रियाप्रक्रिया।
37253 तरबरिनु अ.क्रि तरबराउनु।
37254 तरबरे वि. तरबर गर्ने; चञ्चल; सगबगे।
37255 तरबर्र क्रि. वि. बोडी, मकै आदि अनाज सबै एकसाथ उम्रने किसिम (उदा.- बारीमा मकै तरबर्र भइसकेछन्।)
37256 तरबार ना. काट्ने काममा उपयोग हुने लामो, पातलो र धारिलो फलामे हतियार; असि; खड्ग; तलवार।
37257 तरबार बज्नु टु. विजय हुनु (दिव्य.)।
37258 तरबारमा पस्नु टु. लडाइँमा भिडिनु (दिव्य.)।
37259 तरबारे वि. १. तरबारसम्बन्धी वा तरबारको।
37260 तरबारे वि. २. तरबारका ढाँचाको; तरबारजस्तो।
37261 तरबारे फूल ना. तरबारका ढाँचाका पात हुने, निला वा राता रङका फूल फुल्ने एक जातको बोट वा त्यसैको फूल।
37262 तरबारे सिमी ना. भेट्नैपिच्छे तीन तीनवटा पात हुने, राता फूल फुल्ने, तरबारका ढाँचाका कोसा लाग्ने, तरकारी खाइने एक जातको सिमी।
37263 तरबुजो ना. प्रायः बलौटे जमिनमा हुने र लहरामा फल्ने, पहेँलो गुलाफी वा रातो रङको गुलियो गुदी हुने, खरबुजो जस्तै डल्लो ठुलो पन्यालो फल।
37264 तररर/तरर्र क्रि. वि. आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहिरहने गरी।
37265 तरल वि. १. पानी भएको वा पानीजस्तो; बग्ने; पन्यालो; झोले।
37266 तरल वि. २. स्थिर भएर नरहने; चञ्चल।
37267 तरल इन्धन ना. मटीतेल, पेट्रोल आदिजस्ता बल्नेबाल्ने काममा प्रयोग हुने पदार्थ।
37268 तरलता ना. तरल हुनाको भाव वा अवस्था।
37269 तरल नयना वि. चुलबुले आँखा भएकी (स्त्री)।
37270 तरल सम्पति ना. १. नगद जम्मा, ट्रेजरी बिल, विदेशी ब्याङ्कको चल्ती खातामा रहेको रकम, ब्याङ्कले राष्ट्रब्याङ्कमा राखेको मौज्दात आदि।
37271 तरल सम्पति ना. २. पानी आदि तरल रूपमा रहेको वस्तु वा खानीबाट निस्कने तेल, मटीतेल आदि सम्पत्ति।
37272 तरलीकरण ना. बाफ चिस्याएर तरल अवस्थामा ल्याउने प्रक्रिया।
37273 तरह ना. १. प्रकार, भाँती वा ढङ्ग।
37274 तरह ना. २. अवस्था; हाल।
37275 तराइ ना. १. नदीनाला आदि तर्ने वा तार्ने क्रिया वा प्रक्रिया।
37276 तराइ ना. २. आँखा तर्ने भाव, क्रिया वा प्रक्रिया; कर्काई।
37277 तराइ ना. ३. छाला तर्ने क्रिया वा प्रक्रिया।
37278 तराइ ना. ४. घिउतेलमा तरकारी भुट्ने क्रियाप्रक्रिया।
37279 तराइनु क.क्रि. १. नदीनाला आदि पार गर्न लाइनु।
37280 तराइनु क.क्रि. २. आँखा तर्ने काम गराइनु।
37281 तराइनु क.क्रि. ३. छाला काढ्न लाइनु।
37282 तराइनु क.क्रि. ४. घिउतेल आदिमा तरकारी भुटाइनु।
37283 तराइली वि. १. तराईमा बस्ने; तराईवासी। ना.
37284 तराइली वि. २. तराईको बासिन्दा।
37285 तराई ना. पहाडमुनिको फराकिलो समतल भूभाग; मधेस।
37286 तराउनु प्रे. क्रि. १. आँखा तर्न लाउनु।
37287 तराउनु प्रे. क्रि. २. छाला काढ्न लाउनु।
37288 तराउनु प्रे. क्रि. ३. खोलानाला आदि तार्न वा पार गर्न लाउनु।
37289 तराउनु प्रे. क्रि. ४. घिउतेलमा तरकारी भुट्न लाउनु।
37290 तराजु ना. फलामे डन्डीमा दुईतिर साइलीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने यन्त्रविशेष; तुलो।
37291 तराजु पिङ ना. दुईतिर मानिस बसी खेल्न हुने एक किसिमको पिङ ।
37292 तरान ना. १. बिरामी निको भएपछि बिस्तारै बढेर आउने भित्री तागत।
37293 तरान ना. २. ग्लानि हटाउने शक्ति वा बल।
37294 तराना ना. १. मनमा खेल्ने एकोहोरो धुन।
37295 तराना ना. २. सङ्गीतको स्वर साधना गर्दा 'तुम तानानाना' आदि शब्दको गायन वा राग अलापाइ।
37296 तरावट ना. १. भिज्ने वा भिजाइको अवस्था; गिलोपन; शीतलता।
37297 तरावट ना. २. पुष्टिकारक वस्तुको आहार।
37298 तरावटी ना. १. तागतदार वस्तु; पौष्टिक आहार।
37299 तरावटी ना. २. सरसता; मिठास।
37300 तरास ना. १. डर; भय।