Dictionary

All Word

37401 तल ना. १. कुनै वस्तु, ठाउँ आदिको तल्लो भाग; भुईंखण्ड; पिँध; फेद।
37402 तल ना. २. हत्केलो वा पैतालो।
37403 तल ना. ३. पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
37404 तल ना. ४. लिल्छविकालमा सम्म ठाउँमा आबाद भएका संयुक्त ग्रामलाई बुझाउने शब्द; ग्राम।
37405 तल ना. ५. वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच मात्रा वा पाँच अङ्गुल बराबरको नाप।
37406 तलक ना. यो. सम्म; पर्यन्त; तक। (उदा.- उनले जग्गा मात्र होइन; घरतलक बेचिसकेछन्।)
37407 तलतल ना. अम्मलको सेवन गर्ने इच्छा; अम्मलीलाई लाग्ने तिर्सना; तृष्णा; तलबल।
37408 तलतिर क्रि.वि. उच्चा. तल्तिर पनि। तल्लापट्टि; मुनितिर, मन्तिर ।
37409 तलथोप्ली वि. १. तल थोप्लो भएको; तलथोप्ले। ना.
37410 तलथोप्ली वि. २. 'व' अक्षर चिनाउने शब्द।
37411 तलथोप्ले वि. थलथोप्ली।
37412 तलब ना. १. कुनै पनि कर्मचारीले सेवा गरेबापत सेवाको सर्तअनुसार निज रहेको पदमा प्रचलित वेतन वृद्धिक्रमअनुसार पाउने रकम वा सुविधा; महिनावारी; तनखा वेतन।
37413 तलब ना. २. जवाफ दिनका निम्ति गरिने बोलावट वा माग।
37414 तलबकट्टी ना. कर्मचारीको हाजिर नपुगेका दिन अथवा आरु कारणले कट्टी हुने तलबको रकम; पूरा तलब नपाई कम तलब पाउने काम।
37415 तलबदार वि. १. तलब खाएर काम गर्ने; जागिरदार।
37416 तलबदार वि. २. बोलाउने वा डाक्ने।
37417 तलबरोक्का ना. आचारसम्बन्धी कुनै कार्यकारणले कुनै कर्मचारीको तलब रोकिने काम।
37418 तलबल ना. भोक, तिर्खा आदिबाट हुने व्याकुलता; छटपटी।
37419 तलबलाइ ना. तलबलाउने काम वा किसिम।
37420 तलबलाइनु अ.क्रि तलबलाउने होइनु।
37421 तलबलाउनु अ.क्रि भोक, तिर्खा आदि खप्न नसकेर छटपटाउनु; भोकतिर्खाले व्याकुल हुनु।
37422 तलबवृद्धि ना. कर्मचारीले खाइपाइआएको तलबमा प्रचलित वृद्धिक्रम वा नियमअनुसार थपिने काम; मासिक तलबमा हुने वृद्धि।
37423 तलबवृद्धि क्रम ना. विभिन्न पदका कर्मचारीहरूको सुरु तलब, वार्षिक वृद्धि र अन्तिम अङ्क खुलाइएको दरबन्दी (पे स्केल)।
37424 तलबाना ना. १. अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर। वि.
37425 तलबाना ना. २. तलबसम्बन्धी; तलबको।
37426 तलबी वि. १. तलबसम्बन्धी; तलब पाउने वा तलबमा बसेको।
37427 तलबी वि. २. कुनै जवाफ लिनुपर्ने कुराको माग गरिएको वा त्यसका निम्ति बोलाइएको।
37428 तलमाथि ना. उँधोउँभो; घटीबढी; तलवितल।
37429 तलवार ना. हे. तरबार।
37430 तलवितल ना. १. कुनै शङ्काजनक अवस्थाको सङ्केत।
37431 तलवितल ना. २. होचीअर्घेली; उचनीच।
37432 तलवितल ना. ३. घटीबढी; लाभहानि।
37433 तलस्वामी ना. तल वा ग्रामको रेखदेख गर्ने अधिकारी, तलपति।
37434 तला ना. हे. तलो।
37435 तलाउ ना. ठुलो पोखरी; ताल; जलाशय।
37436 तलातल ना. पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
37437 तलास १ ना. कुनै कुराको खोजखबर; अनुसन्धान।
37438 तलास २ ना. १. कपाल कोरी सम्म्याउने काम; कपाल तलास्ने काम।
37439 तलास २ ना. २. सजावट; शृङ्गार; ठाँट।
37440 तलासी ना. चोर वा अपराधीले छिपाएका वस्तुहरू शङ्का लागेका ठाउँमा खोज्ने काम; केही लुकाई ल्याएको छ कि भनी आङ; मालसामान आदि खोलेर जाँच्ने काम; तायदाती; खोजी।
37441 तलास्नु सं. क्रि. १. कपाल कोरेर सम्म्याउनु; तलास गर्नु।
37442 तलास्नु सं. क्रि. २. सिँगार गर्नु; सजिसजाउ पार्नु।
37443 तली ना. गोरु जोत्दा हलीले गोरुलाई तलतिर लगाउन भन्ने शब्द।
37444 तलुवा ना. जुत्ताको तलतिर रहने, टेकिने पाटो।
37445 तले वि. तला भएको; तलावाल; तलातला परेको; तलैतला भएको।
37446 तलेजु/तलेज्यू ना. नेपालकी राज्यलक्ष्मीका रूपमा मानिएकी एक प्रसिद्ध देवी; तुलजा।
37447 तलेत्रो ना. १. ओछ्यानमुनि वा डसनाको तल बिछ्याइने सतरन्जा, सुकुल आदि। २ बिस्कुन सुकाउँदा मान्द्राको तल राखिने गुन्द्री आदि।
37448 तलेसल्लो ना. तलैतला परेर हाँगा निस्कने र मसिना पात हुने एक जातको सल्लो।
37449 तलै तला ना. १. धेरै तला वा खण्ड।
37450 तलै तला ना. २. थाकैथाक; तहैतह।