Dictionary

All Word

37351 तर्काउनु प्रे.क्रि. १. देखेको नदेख्यै गरी हिँडाउनु।
37352 तर्काउनु प्रे.क्रि. २. चुहाउनु; तहऱ्याउनु।
37353 तर्काउनु प्रे.क्रि. ३. तर्कन लाउनु; तनाउनु।
37354 तर्कातर्की ना. रिसले परस्परमा आँखा तर्ने काम।
37355 तर्किनु अ.क्रि. हे. तर्कनु।
37356 तर्कुल्ले ना. अक्षरको तलतिर दिइने ह्रस्व उकारको चिह्न ( ु)।
37357 तर्को ना. १. तर्किने काम ; झर्को; ततर्को।
37358 तर्को ना. २. करकर।
37359 तर्क्य वि. तर्क गर्न योग्य; तर्क गर्नुपर्ने; विवेचनीय |
37360 तार्क्यइ ना. तर्किने काम वा किसिम।
37361 तर्क्याहट ना. तर्किने किसिम वा अवस्था।
37362 तर्ज ना. १. बनावट वा शैलीअनुसार कुनै वस्तुको आकारप्रकार वा स्वरूप; किसिम।
37363 तर्ज ना. २. त्यस्तो विशेष ढाँचा वा प्रणाली।
37364 तर्ज ना. ३. सङ्गीतको लय वा शैली।
37365 तर्जन ना. १. धम्क्याउने वा डर देखाउने काम।
37366 तर्जन ना. २. झपार्ने, फट्कार्ने, हपार्ने काम।
37367 तर्जनी ना. बुढीऔँलानेरको औँलो; चोरऔँलो।
37368 तर्जित वि. डर देखाइएको; धम्काइएको।
37369 तर्जुमा ना. १. कुनै काम गर्न थाल्दा गरिने इन्तिजाम; बन्दोबस्त; प्रबन्ध।
37370 तर्जुमा ना. २. ऐननियम आदिको मस्यौदा।
37371 तर्पण ना. १. स्मृतिशास्त्रअनुसार देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम; जलदान क्रिया।
37372 तर्पण ना. २. तृप्त पार्ने काम।
37373 तर्पनु स.क्रि. १. दान गर्नु; अर्पनु।
37374 तर्पनु स.क्रि. २. सङ्कल्प गर्नु।
37375 तर्पनु स.क्रि. ३. माया मार्नु।
37376 तर्पाइ ना. तर्पने भाव, क्रिया वा प्रक्रिया।
37377 तर्पाइनु क.क्रि. तर्पन लाइनु।
37378 तर्पाउनु प्रे. क्रि. तर्पन लाउनु।
37379 तर्पित वि. १. तर्पण दिइएको।
37380 तर्पित वि. २. तृप्त गरिएको।
37381 तर्पिनु सं. क्रि. १. तर्पनु। क.क्रि.
37382 तर्पिनु सं. क्रि. २. तर्पने काम गरिनु; दान गरिनु।
37383 तर्फ ना. यो. १. कतैपट्टि; तिर; तरफ।
37384 तऱ्याकतुरुक क्रि. वि. १. सानोतिनो धारो वा सिर्को झर्ने गरी।
37385 तऱ्याकतुरुक क्रि. वि. २. थोरै दुध दिने वस्तु दुहुने चालसँग।
37386 तऱ्याकतुरुक क्रि. वि. ३. दुध दुहुँदा निथार्ने गरेर।
37387 तर्र क्रि. वि. आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहुने वा झर्ने गरी। (उदा.- केही भन्न नपाउँदै बिचरीले आँसु तर्र खसाइन्। छानाबाट तर्र पानी चुहियो। )
37388 तर्लङ्ग / तर्लङङ् क्रि. वि. १. जमिनमा नटेकी झुन्डिएर; तुर्लुङङ्।
37389 तर्लङ्ग / तर्लङङ् क्रि. वि. २. तरकारी आदिमा पातलो झोल हुने किसिमले; तङ्ग्रङ्ङ।
37390 तर्ल्याङतुर्लुङ क्रि. वि. हलचलै गर्न नपाई झुन्डिने किसिमले।
37391 तर्सनु अ.क्रि. १. कुनै डरलाग्दो वस्तु देखेर डराउनु; झसङ्ग हुनु; त्रास मान्नु।
37392 तर्सनु अ.क्रि. २. आपद्विपद्को शङ्काले झस्कनु वा आत्तिनु; कहालिनु।
37393 तर्साई ना. तर्सने काम वा किसिम।
37394 तर्साइनु क.क्रि तर्सन लाइनु; झस्काइनु।
37395 तर्साउनु प्रे. क्रि. तर्सने पार्नु; झस्काउनु।
37396 तर्साउने वि. १. त्रास दिने; डरलाग्दो ना.
37397 तर्साउने वि. २. भयप्रद रूपमा कल्पना गरिएको प्रेतयोनि; हाउ।
37398 तर्साहा वि. तर्सने खालको; दच्कने स्वभावको; दच्काहा।
37399 तर्सिनु अ.क्रि. तर्सनु।
37400 तर्सुवा वि. तर्सने स्वभावको; दच्काहा; तर्साहा।