Dictionary

All Word

37451 तलैया वि. १. तालको; तालसम्बन्धी। ना.
37452 तलैया वि. २. तलाउ।
37453 तलैया माटो ना. तालको पिँधमा जमेको माटो।
37454 तलो ना. घर, मन्दिर आदिमा तल, माथि, अग्लो, होचो, छिँडी, चोटो, बुइँगल आदिका विचारले दुई तीन वा धेरै खण्ड पारी बनाइएको एउटा तह वा भाग; तला। (जस्तो - भुईंतलो, माथिल्लो तलो, बिच तलो आदि। )।
37455 तलोविन्दु ना. पैतलामुनिको कुनै विन्दु; शिरोविन्दुको उल्टो स्थिति।
37456 तल्ली वि. १. पछिल्लो। (उदा.- भानिजलाई तल्ली वेद नि मुखाग्र छ।
37457 तल्ली वि. २. तलको। (उदा. - पल्लीबेसीमा भन्दा तल्लीबेसीमा धान धेरै हुन्छ।)
37458 तल्लीवेद ना. शुक्ल यजुर्वेदका एक्काइसौँ अध्यायदेखि चालीस अध्यायसम्मको उत्तरखण्ड।
37459 तल्लीन वि. कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको।
37460 तल्ली बिस ना. १. पछिल्लो बिस।
37461 तल्ली बिस ना. २. चालिस अध्याय वेदको उत्तरार्ध; पछिल्लो बिस अध्याय वेद।
37462 तल्ली बेसी ना. तल पर्ने बेसीको नाउँ; पुछारको बेसी।
37463 तल्लो वि. १. तलतिरको; मन्तिरको।
37464 तल्लो वि. २. निम्न कोटिको।
37465 तल्सिङ ना. ठेकिएको बाली लिने गरी मोहीलाई जग्गा कमाउन दिने व्यक्ति; जग्गाधनी।
37466 तल्सिङ बोटी ना. जग्गाधनीले जग्गा कमाउने मोहीबाट पाउने बाली वा ठेक।
37467 तवर ना. १. किसिम; भाँती।
37468 तवर ना. २. उपाय; तरिका।
37469 तवर ना. ३. चालचलन; बानीबेहोर।
37470 तस सर्व. (उदा.- जसतसलाई बोलाएर काम बन्दैन; पक्का मानिस चाहिन्छ ।)
37471 तसर्थ संयो. त्यसकारण; त्यसउसले।
37472 तसबिर ना. हे. तस्बिर।
37473 तसला ना. फराकिलो पिँध र कोखा परेको खुला मुख हुने भात आदि पकाइने पित्तल, तामा आदिको भाँडो।
37474 तसल्ल / तसल्ली ना. १. कुनै काम कुराको बन्दोबस्त वा सरसल्लाह; ठिकठाक। (उदा. - अहिलेसम्म घरमा दसैँको किनमेल गर्नेबारे तसल्ल/ तसल्ली भएको छैन।)
37475 तसल्ल / तसल्ली ना. २. सान्त्वना; धैर्य; ढाडस।
37476 तसै क्रि. वि. त्यसो नै; त्यसै (उदा.- जसो भन्छन् तसै सही गरेर कहाँ हुन्छ !)।
37477 तस्कर ना. १. अवैध किसिमका तथा मूल्यवान् वस्तुहरूको चोरीनिकासी गर्ने चोर।
37478 तस्कर ना. २. हिंस्रक जङ्गली पशु (बाघ, चितुवा आदि।)
37479 तस्कर व्यापार ना. देवदेवीका प्राचीन मूर्तिहरू; गाँजा, चरेसजस्ता नशादार वस्तु आदि बहुमूल्य र अवैध सामानहरूको चोरीनिकासी गरी लुकीछिपी गरिने व्यापार।
37480 तस्तो वि. त्योजस्तो; त्यस्तो। (उदा.- यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।)
37481 तस्बिर ना. १. क्यामराद्वारा खिँचिने कुनै ठाउँ, वस्तु, दृश्य, मानिस आदिको चित्र; फोटो; तसबिर।
37482 तस्बिर ना. २. कागत, कपडा आदिमा रङ भरेर वा अन्य कुनै साधन तथा सिपले बनाइने त्यस्तै किसिमको आकृति; चित्र; बुट्टा।
37483 तस्बीर ना. हे. तस्बिर।
37484 तस्मै ना. खिर; पायस।
37485 तह ना. १. कुनै क्रियाकलाप वा वस्तुको निर्धारित स्तर वा स्थान।
37486 तह ना. २. कामको ठिक चाँजोपाँजो।
37487 तह ना. ३. पुरातत्त्वका अनुसार उत्खनन गरेका कुण्डको गहिराइमा रहेको माटो आदि वस्तुको एकपछि अर्को खापिएर रहेको लहर; कुण्डमा रहेको तलदेखि माथिसम्म स्पष्ट देखिने जमिनको पत्रैपत्र।
37488 तह ना. ४. खात; चाङ, पत्र।
37489 तहकिकात ना. १. कानुनी कारबाईमा मौकाकात, सर्जमिन गर्ने तथा अरू सबुद, प्रमाण जुटाउने काम।
37490 तहकिकात ना. २. पक्कापक्की; तय; जाँच; खोज।
37491 तहखाना ना. जमिनमुनि बनाइएको कोठा वा बस्ने ठाउँ; सुरुङघर ।
37492 तहबह ना. कुनै वस्तु वा कुरा तह लगाउने काम; थितिबिति; बन्दोबस्त।
37493 तहबितह ना. सम्म परेको र सम्म नपरेको वा अग्लो - होचो भएको ठाउँ वा जमिन। (उदा.- ठुलो धारा लाग्यो तह - बितह हेर्दै जमिनको। - लेखनाथ, 'तरुणतपसी'।।
37494 तहबिल ना. १. अड्डाखानाहरूको रुपियाँ - पैसा राख्ने ढुकुटी।
37495 तहबिल ना. २. कुनै कामका लागि कसैको जिम्मामा रहेको रुपियाँ।
37496 तहबिलदार ना. तहबिलको जिम्मा लिने वा तहबिलसम्बन्धी काम गर्ने कर्मचारी।
37497 तहबिलदारी ना. तहबिलदारको काम वा पद।
37498 तहरिर ना. पुरानो चलनअनुसार निजामती कर्मचारीको हाकिममुनिको एक दर्जा; हाकिमभन्दा तल्लो मुख्य कारिन्दा।
37499 तहरो ना. पानीको दर्को; झर।
37500 तहऱ्याइ ना. १. तहरिने क्रिया वा प्रक्रिया। [ तहऱ्याउ + आइ]