Dictionary

All Word

37551 ताकिनु क.क्रि. ताक्ने काम गरिनु; लक्ष्य गरिनु।
37552 ताक्मारु ना. छिटै पाक्ने खालको एक जातको धान |
37553 ताखु ना. ऊन कात्ने एक प्रकारको हाते साधन।
37554 तागत ना. प्राणीको शरीरमा सञ्चित शक्ति; सामर्थ्य; बल।
37555 तागतदार वि. १. तागत भएको; बलियो।
37556 तागतदार वि. २. तागत दिने; तागतिलो (पौष्टिक खानेकुरा आदि)।
37557 तागतवर वि. शक्तिशाली; बलियो।
37558 तागतिलो वि. १. तागत भएको; बलियो।
37559 तागतिलो वि. २. तागत दिने, पौष्टिक।
37560 तागती वि. तागत लाग्ने; तागतिलो।
37561 तागा ना. १. जनै।
37562 तागा ना. २. धागो।
37563 तागाधारी ना. १. जनै लाउने जाति; द्विजाति। वि.
37564 तागाधारी ना. २. जनै लाउने।
37565 तागोतगारो ना. घरजग्गाको साँध-सिमाना; बार वा गौँडो ।
37566 ताछ्नु स.क्रि. १. हतियारद्वारा कुनै पनि वस्तुको बाहिरी भाग ( ताला, बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु।
37567 ताछ्नु स.क्रि. २. खुत्त्याउनु; तछार्नु।
37568 ताछतुछ ना. ताछ्ने र खुर्कने काम।
37569 ताज ना. १. राजमुकुट; शिरपेच। २ गन्जिफाको एक रङ।
37570 ताज ना. ३. असल; उम्दा।
37571 ताजन ना. घोडालाई पिट्ने र तह लाउने छडी।
37572 ताजा वि. १. नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा )।
37573 ताजा वि. २. भर्खर टिपेर ल्याइएको; नओइलाएको ( फलफूल )।
37574 ताजा वि. ३. आलो; ताजा (कुरा, खबर आदि)।
37575 ताजी ना. १. अरब देशमा पाइने एक जातको घोडा।
37576 ताजी ना. २. एक जातको घरपालुवा कुकुर।
37577 ताजुप / ताजुब वि. १. छ्क पार्ने; अनौठो खालको। ना.
37578 ताजुप / ताजुब वि. २. अचम्म; आश्चर्य; छक्क।
37579 ताड्नु स.क्रि. १. गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु; पारख गर्नु।
37580 ताड्नु स.क्रि. २. कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु।
37581 ताड ना. हाँगाबिँगा नहुने, सोझो टुप्पामा ठुलठुला पात हुने तगरजस्तो एक रुख।
37582 ताडक वि. ताडन गर्ने; प्रहार गर्ने; पिट्ने।
37583 ताडका ना. रामायणमा वर्णित रामचन्द्रद्वारा मारिएकी एक प्रसिद्ध राक्षसी।
37584 ताडन / ताडना ना. १. कुटीपिटी तह लगाउने काम; कुटाइ।
37585 ताडन / ताडना ना. २. सपार्ने उद्देश्यले दिइने शासना; चोट; सजाय।
37586 ताडनी ना. कोर्रा ।
37587 ताडपत्र ना. १. ताडवृक्षको पात (यसमा प्राचीन कालमा ग्रन्थहरू लेखिन्थे।)
37588 ताडपत्र ना. २. कानका लोतीमा झुन्डिने गरी लगाइने गहनाविशेष।
37589 ताडित वि. शासना दिइएको; पिटिएको।
37590 ताडिनु क.क्रि. ताड्ने काम गरिनु; पिटिनु।
37591 ताडी ना. १. ताडको रुख।
37592 ताडी ना. २. ताडको रुखबाट निकालिने एक किसिमको नशादार रस वा मद्य।
37593 ताण्डव ना. उफ्राइ- कुदाइ बेसी हुने शिवको प्रसिद्ध नृत्य; पुरुषले नाच्ने उद्धत नृत्य।
37594 तात ना. १. पिता; बाबु।
37595 तात ना. २. आदरणीय व्यक्ति वा मान्यजन।
37596 तात ना. ३. आफूभन्दा सानो व्यक्तिलाई स्नेहपूर्वक गरिने सम्बोधन।
37597 तातापानी ना. १. जमिनमुनिबाट गन्धक, चुन आदिको संयोगले तातेर निस्केको पानी।
37598 तातापानी ना. २. काठमाडौँबाट चीनको तिब्बती क्षेत्रमा जाने बाटोमा पर्ने मितेरी साँघुको नजिकै अरनिको राजमार्गको छेवैमा रहेको त्यस्तो पानी भएको प्रसिद्ध ठाउँ।
37599 तातिनु अ.क्रि. तातो होइन; गर्मिनु।
37600 तातिल ना. अड्डाखानाहरूमा बिदा भएको दिन; छुट्टी ; तातेल।