Dictionary

All Word

37651 तानामाना ना. जङ्गीनिजामती कर्मचारीहरूको फित्ता, पगरी, पेटी आदि पहिरन वा चिह्न।
37652 तानासाह ना. निरङ्कुश वा स्वेच्छाचारी शासक।
37653 तानासाही ना. राज्यको सम्पूर्ण अधिकार एउटै व्यक्तिमा निहित रहने राज्यव्यवस्था; अधिनायकवाद।
37654 तानिनु क.क्रि. तान्ने काम गरिनु; खिचिनु।
37655 तानेतुने ना. १. कुनै किसिमले गरिने काम; मसिनु काम; तानतुन। वि.
37656 तानेतुने ना. २. जिनतिन कामचलाउ हुने; सानोतिनो।
37657 तानेमाने ना. सानोतिनो खालको कामधन्दा; अल्याङल्याङ हुने काम।
37658 तान्त्रिक ना. १. तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति। वि.
37659 तान्त्रिक ना. २. तन्त्रशास्त्रको; तन्त्रसम्बन्धी।
37660 तान्द्रो ना. १. सागपात, घाँस, पराल आदिको एउटा बोट वा पात; त्यान्द्रो।
37661 तान्द्रो ना. २. सानो धरो वा डोरो।
37662 ताप्नु स.क्रि. १. शरीरमा घामको पाहार वा आगाको। राप लिनु र जिउ तताउनु।
37663 ताप्नु स.क्रि. २. थकाइ, गर्मी आदि मेट्न मधुरो हावा वा शीतलताको सेवन गर्नु।
37664 ताप ना. १. पोल्ने, तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति।
37665 ताप ना. २. तातोपन; गर्मी; उष्णता।
37666 ताप ना. ३. मानसिक दु:ख वा पिर; सन्ताप।
37667 ताप ना. ४. ज्वर।
37668 ताप ऊर्जा ना. तापबाट निस्कने शक्ति।
37669 तापक वि. ताप दिने; तातो गराउने; गर्मी चढाउने।
37670 तापक्रम ना. १. उष्णता वा तातोपन घटीबढी हुने क्रम; सूर्यबाट प्राप्त हुने गर्मी।
37671 तापक्रम ना. २. थर्मामिटरद्वारा हेरिने तापको परिमाण।
37672 तापत्रय ना. आधिदैविक, आधिभौतिक र आध्यात्मिक तीन थरी दुःख।
37673 तापन ना. १. कामदेवका पाँच बाणमध्ये एक।
37674 तापन ना. २. ताप।
37675 तापनि संयो. त्यसो भए पनि; तैपनि; तथापि (उदा.- उनले भने तापनि यो काम गर्न सकिएन। )।
37676 ताप परिमापक ना. तापको परिमाण नाप्न प्रयोग गरिने वैज्ञानिक उपकरण।
37677 तापमान ना. वायुमण्डलमा रहने वा शरीरमा हुने तापको मात्रा।
37678 तापमान यन्त्र ना. त्यस्तो ताप नाप्ने वैज्ञानिक यन्त्र; डिग्री; थर्मामिटर।
37679 तापमापक वि. ताप वा तापक्रम नाप्ने।
37680 तापमान यन्त्र ना. ताप नाप्ने साधन वा यन्त्र।
37681 ताप संवाहन ना. गर्मी तल-माथि सर्ने प्रक्रिया।
37682 तापस ना. १. तपस्या गर्ने व्यक्ति; तपस्वी। वि.
37683 तापस ना. २. तपस्यासम्बन्धी; तपस्याको; तपस्यामा लागेको।
37684 तापसञ्चालन ना. एक वस्तुबाट सँगैको अर्को वस्तुमा ताप सर्दैजाने प्रक्रिया।
37685 तापान्तर ना. कुनै खास अवधिभित्र हुने अधिकतम र न्यूनतम तापको अन्तर।
37686 तापित वि. तातो पारिएको; तताइएको।
37687 तापिनु क.क्रि. ताप्ने काम गरिनु |
37688 तापी वि. १. ताप दिने; तताउने।
37689 तापी वि. २. दुःख, पिर दिने
37690 ताप्के ना. तिहुनतरकारी पकाइने बिँड भएको फलामे भाँडो।
37691 ताप्रे ना. १. मेथीका जस्ता पात हुने; पहेँला फूल फुल्ने, तनेबोडीका जस्ता कोसा फल्ने तथा सूर्य उदाउँदा पात फक्रने र अस्ताउँदा पात जोरिने एक प्रकारको भार। वि.
37692 ताप्रे ना. २. दुब्लाएको; पेट सुकेको।
37693 ताप्लेजुङ ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने मेची अञ्चलको सुदूर उत्तरपूर्वी भागमा स्थित, चीन देशसँग सिमाना जोडिएको एक पहाडी जिल्ला।
37694 ताबेदार वि. १. अरूको अधीनमा रहने तथा आज्ञापालन गर्ने। ना.
37695 ताबेदार वि. २. नोकर; सेवक।
37696 ताबेदारी ना. दाबेदारको काम; सेवा; नोकरी।
37697 तामचिन ना. भित्रपट्टि सेतो र बाहिरपट्टि कालो हुने भाँडाकुँडा बनाउने धातु; त्यस्तो रोगन लगाइएका भाँडा बनेको टिन; चिनियाँ रोगन।
37698 तामदान ना. मानिसले बोकेर चलाइने एक किसिमको सवारी साधन; उलिन्काठ।
37699 तामस ना. १. तमोगुण हुनेको स्वभाव; अहमत्याइँ; अभिमान; घमन्ड। वि.
37700 तामस ना. २. तमोगुण बेसी भएको; तमोगुणी।