Dictionary

All Word

37751 तार १ ना. ४. सङ्गीतको उच्चस्वर।
37752 तार २ ना. हाँगाबिँगा केही नहुने, टुप्पामा ठुला पात हुने, सोझो सुरिलो एक जातको रुख; ताड।
37753 तारक वि. १. पार लगाउने; तार्ने; उद्धारक। ना. २ . तारा।
37754 तारक वि. ३. आँखाको नानी।
37755 तारक वि. ४. रामको षडक्षर मन्त्र ( ॐ रामाय नमः)।
37756 तारक वि. ५. चार सगण र एक गुरु भएको एक छन्द।
37757 तारक चिह्न ना. १. विशेष खोलुवा दिन वा महत्त्व प्रदर्शित गर्नलाई छापा वा लिपिमा प्रयोग गरिने ताराजस्तो चिह्न ( * )
37758 तारक चिह्न ना. २. अव्याकरणिक रूप जनाउन प्रयोग गरिने चिह्न।
37759 तारका ना. १. आँखाको नानी।
37760 तारका ना. २. तारा; नक्षत्र।
37761 तारकासुर ना. कुमार कार्तिकेयद्वारा मारिएको एक प्रसिद्ध दैत्य।
37762 तारकिणी ना. ताराहरू चम्केको रात।
37763 तारकीय वि. १. तारासम्बन्धी; ताराहरूले भरिएको।
37764 तारकीय वि. २. तारकमन्त्रसम्बन्धी।
37765 तारकेश ना. चन्द्रमा।
37766 तारकेश्वर ना. शिव; महादेव।
37767 तारखबर ना. दूरसञ्चारका माध्यमले आकाशमार्गबाट आएको समाचार; टेलिग्राम।
37768 तारघाट ना. नदी तर्ने बटुवा वा यात्रीहरू तर्ने र ओर्लने ठाउँ।
37769 तारण ना. १. पार लाउने काम; तार्ने काम।
37770 तारण ना. २. उद्धार।
37771 तारतम्य ना. १. सन्जोग वा सिलसिलाले हुने कुनै कामको सफलता।
37772 तारतम्य ना. २. हुनुपर्ने कामकुराको बन्दोबस्त; चानस।
37773 तारनतार क्रि. वि. एकपछि अर्को गर्दै; फेरि-फेरि; लगातार; निरन्तर।
37774 तारन्तै क्र. वि तुरुन्तै; लगत्तै।
37775 तारपिन ना. सल्लाको खोटोबाट निकालिने एक किसिमको तेल।
37776 तार फाइल ना. तारले उनेर फाइल गरिने प्रणाली वा त्यसरी गरिने कागतपत्रको नत्थी।
37777 तारल्य ना. १. तरल वा पन्यालो हुने भाव वा स्थिति; तरलता।
37778 तारल्य ना. २. चञ्चलता।
37779 तारल्य ना. ३. कामुकता।
37780 तारसप्तक ना. सङ्गीतमा स्वरहरूको सबभन्दा तिखो उच्चारण हुने स्थिति।
37781 तारसुर ना. १. कामको पूर्वरङ्ग; तरखर; तालसुर।
37782 तारसुर ना. २. कामको चाँजोपाँजो; व्यवस्था।
37783 तारा ना. १. राती आकाशमा झल्कने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र।
37784 तारा ना. २. आँखाको नानी; पुतली।
37785 तारा ना. ३. बालिकी, बृहस्पतिकी र अमोघसिद्धिकी पत्नीहरूको नाम।
37786 तारा ना. ४. विश्वपाणिकी माता।
37787 तारा ना. ५. पञ्चतारामध्ये एक।
37788 तारागण ना. ताराहरूको समूह; तारा - मण्डल।
37789 ताराङ्कित वि. ताराको चिह्नले चिनाइएको; ताराको चिन लगाइएको (शब्द, वाक्य, प्रश्न आदि)। विप. अताराङ्कित।
37790 तारापट ना. आँखाको गोला (नेत्राण्ड) का विभिन्न भागलाई छुट्ट्याउने मासुको पातलो पर्दा।
37791 तारापति ना. १. चन्द्रमा।
37792 तारापति ना. २. बृहस्पति।
37793 तारापति ना. ३. बालि।
37794 तारापुञ्ज ना. कल्पित बाह्य रेखाभित्र गुजुल्टिएका स्थिर ताराको सङ्ख्या; आकाशमा देखिने ताराहरूको समुदाय; तारामण्डल।
37795 ताराबाजी ना. थपडी मारेर वा ताली बजाएर खेलिने केटाकेटीको एक खेल।
37796 तारामण्डल ना. १. ताराहरूको घेरा वा समूह; नक्षत्रमण्डल।
37797 तारामण्डल ना. २. पहेँलो रङ हुने एक प्रकारको ठुलो छत्तावाल फूल।
37798 तारामछो ना. समुद्रमा पाइने, तारा जस्तै पाँचतिर चोसा फैलिएको, काँडे शरीर भएको, शरीरका विभिन्न काम पानीको सञ्चारणप्रणालीद्वारा गर्ने एक प्रकारको जन्तु।
37799 तारिका ना. १. सानो तारा।
37800 तारिका ना. २. अचेल चलचित्र आदिकी प्रसिद्ध र सफल अभिनेत्री।