Dictionary

All Word

37901 तास १ ना. १. सुरथ, पान, चीड र इँटका बुट्टा भएको, प्रत्येक बुट्टाका एक्कादेखि तेह पत्ती हुने तथा बजिर, मिसी, बादशाह आदिको चित्रसमेत भएको, विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्की।
37902 तास १ ना. २. सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा।
37903 तास २ ना. सोभियत सङ्घको प्रसिद्ध समाचार समिति।
37904 तासा १ ना. घाँटीमा भिरेर दुई गजाले बजाइने ट्याम्कोजस्तो एक बाजा।
37905 तासा २ ना. १. किनमेल गरेपछि किन्नेले पसलेसित माग्ने वा लिने सानोतिनो वस्तु; फोसा। वि .
37906 तासा २ ना. २. एकदम पातलो; साह्रै दुब्लो। स्त्री. तासी।
37907 तासिर ना. असर; प्रभाव; जोर।
37908 तासीलामा ना. लामाको एउटा उच्चपद।
37909 तिँदु ना. कालो बोक्रो र लाम्चा, तिखा पात हुने, सेता मसिना फूल फुल्ने हरिया, गुलिया फल फल्ने एक जातको रुख; त्यसैको फल।
37910 तिउरी/तिउरे ना. हात, गोडा, नङ रातो पार्न मसला मिलाई कुटेर लगाइने, खोर्सानीका जस्ता पात हुने, विभिन्न रङका फूल फुल्ने भाङका जस्ता गेडा फल्ने एक जातको बोट; त्युरी; त्युरे।
37911 तिकडम ना. १. चाल चल्ने जुक्ति वा सिप; चालबाजी; तिगडम।
37912 तिकडम ना. २. चतुऱ्याइँ; कौशल।
37913 तिकडम ना. ३. कुटिल जालझेल; छल-छाम।
37914 तिकडमबाज वि. छली; कपटी; कुटिल चाल चल्ने।
37915 तिकडमबाजी ना. कुटिल व्यवहार।
37916 तिक्खर वि. १. नुन, भुटुन सबै चिज मिलेर स्वादमा तीक्ष्णता आएको; चखिलो स्वाद भएको।
37917 तिक्खर वि. २. केही चर्को भए तापनि स्वादिलो।
37918 तिक्खरो वि. तिक्खर।
37919 तिक्त वि. १. करेलो, चिराइतो, नीम आदिका स्वादको; तितो। ना.
37920 तिक्त वि. २. जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद।
37921 तिक्तता ना. तिक्त हुनाको भाव वा अवस्था; तितोपन।
37922 तिखाउरो वि. तिखो भएको; तिखारिएको। स्त्री. तिखाउरी।
37923 तिखार्नु स.क्रि. १. लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु।
37924 तिखार्नु स.क्रि. २. कुनै कामका निम्ति तयार पार्नु।
37925 तिखार्नु स.क्रि. ३. उत्तेजित तुल्याउनु।
37926 तिखाराइ ना. तिखार्ने काम वा किसिम।
37927 तिखारिनु क.क्रि. तिखार्ने काम गरिनु।
37928 तिखिनु अ. क्रि. तिखो हुनु; धारिलो हुनु।
37929 तिख्याइ ना. तिखिने तथा तिख्याउने भाव, क्रिया वा प्रक्रिया।
37930 तिख्याइनु क.क्रि. तिखो पारिनु।
37931 तिख्याउनु स.क्रि. तिखो पार्नु; तिखार्नु; चम्काउनु।
37932 तिखुनो ना. बन्चरो।
37933 तिखुल्ले वि. दुब्लाएर वा पातलिएर पिँध चाउरिएको; कटौरे।
37934 तिखो वि. १. घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो, सुइरोजस्तो चुच्चो परेको।
37935 तिखो वि. २. छिटै बुझ्ने शक्ति भएको; तीक्ष्ण।
37936 तिखो वि. 3. चित्त दुखाउने (वचन)।
37937 तिखो वि. ४. निकै सुरिलो (स्वर, बोली आदि)।
37938 तिगुना वि. तीन गुना; तेबर।
37939 तिघ्रे वि. ठुला र मोटा तिघ्रा भएको (मानिस); भुसतिघ्रे।
37940 तिघ्रो ना. घुँडादेखि माथिको गोडाको डोलो भाग; उरु।
37941 तिच्छर वि. १. अलिअलि तितो वा नमिठो स्वाद भएको; तितोतितो स्वादको।
37942 तिच्छर वि. २. तिक्खर।
37943 तिच्छरो वि. तिच्छर।
37944 तिज ना. नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने, भाद्र शुक्ल तृतीयाको दिन; हरितालिका।
37945 तिजरो ना. तीनतीन दिन बिराएर एकपल्ट आउने कामजरो; औलेजरो।
37946 तिजु ना. कछाडतिर पाइने दरिलो खालको तैलज वनस्पतिविशेष।
37947 तिजे ना. तीजमा स्वास्नीमानिसहरूले गाउने पर्वगीत।
37948 तितरबितर क्रि. वि. यताउति छरिने वा फ्याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर; छरपुस्ट।
37949 तितरीपङ्खी वि. १. निलो भुईंमा सेता र छिर्कैछिर्का परेको (बादल); तित्रापङ्खी ना.
37950 तितरीपङ्खी वि. २. एक जातको सानो चरो।