Dictionary

All Word

38001 तिमिरमय वि. १. अँध्याराले ढाकेको; चारैतिरको अँधेरो। ना.
38002 तिमिरमय वि. २. ग्रहण।
38003 तिमिरमय वि. ३. राहु।
38004 तिमिलो ना. हे. टिमिलो।
38005 तिमी सर्व. द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द।
38006 तियाँ वि. तीन गुना; तेबर (हिसाबको दुनोट पढ्दा )।
38007 तिया ना. सोह्र कौडामा तीन, सात, एघार र पन्ध्र कौडा ठाडा पर्दा हुने जुवाको एक दाउ।
38008 तियारी ना. माछा मार्ने जालीदार एक प्रकारको पासो।
38009 तियाली क्रि. वि. तीनपटक; तीनचोटि। (उदा.- उसले खेलमा लगालग जितेर तियाली पाऱ्यो। )
38010 तियो ना. डन्डीबियोको खेलमा तीनको गणना; तीन डन्डीको नापो पर्दा बियो हान्ने ढाँचा।
38011 तिर्नु स.क्रि. १. सापटी वा पैँचो लिएको वस्तु फिर्ता गर्नु; रिन चुक्ता गर्नु।
38012 तिर्नु स.क्रि. २. दण्ड, जिताउरी आदि बुझाउनु।
38013 तिर्नु स.क्रि. ३. भर्ना हर्जाना दिनु।
38014 तिर्नु स.क्रि. ४. तिरोभरो गर्नु।
38015 तिर्नु स.क्रि. ५. अरूले आफूलाई गरेको असल वा खराब कामको बदला लिनु वा दिनु; साटो फेर्नु।
38016 तिर १ ना. यो. कुनै ठाउँ, वस्तु आदि भएपट्टि; तर्फ; पक्ष।
38017 तिर २ ना. तिर्ने काम; तिराइ।
38018 तिरतार ना. लिए - खाएको नगद वा वस्तु तिर्ने काम; तिरोतारो।
38019 तिरताल ना. १. जुवा आदिको खेलमा दण्ड तिरिरहने पटक; हारताल। वि.
38020 तिरताल ना. २. साह्रै चलाख; बाठो (उदा.- उनी देख्न पो सुधा, मानिस त तिरताल छन्।)।
38021 तिरतिर क्रि. वि. १. बिस्तारै पानी पर्ने वा पानीको सानो धारो झर्दा वा खस्ता आवाज आउने गरी।
38022 तिरतिर क्रि. वि. २. पातलो दिसा लाग्ने गरेर।
38023 तिरतिरी क्रि. वि. अझै तिरतिर हुने गरी।
38024 तिरतिरे वि. तिरतिर हुने; तिरतिर आवाज भएको (धारो, पानी आदि)।
38025 तिरन ना. तिर्ने काम; तिराइ; तिरो।
38026 तिरनतारन ना. अरू कसैसँग सापटी लिएको धनमाल तिर्ने काम; तिरोतारो; तिरोभरो
38027 तिरमिर ना. १. रोग, नातागती आदिका कारणले आँखा नदेख्ने वा भ्रान्ति हुने स्थिति।
38028 तिरमिर ना. २. धेरै चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन गाह्रो पर्ने अवस्था; तिरिमिरी।
38029 तिरमिर ना. ३. मिरमिर।
38030 तिरमिराइ ना. तिरमिराउने क्रिया वा प्रक्रिया।
38031 तिरमिराइनु अ.क्रि. आँखा तिरमिर होइनु।
38032 तिरमिराउनु अ.क्रि. १. रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु।
38033 तिरमिराउनु अ.क्रि. २. बालुवामा घाम टल्केजस्तो भई ठम्याउन नसक्नु।
38034 तिरमिरिनु अ.क्रि. तिरमिराउनु।
38035 तिरमिरे वि. तिरमिर गरी टल्कने; तिरमिर गर्ने।
38036 तिरमिऱ्याइ ना. तिरमिरिने भाव, क्रिया वा प्रक्रिया।
38037 तिरमिऱ्याहट ना. तिरमिरिने भाव, अवस्था वा क्रिया-प्रक्रिया; तिरमिऱ्याइ।
38038 तिरस्करण ना. तिरस्कार गर्ने क्रिया, भाव वा अवस्था; तिरस्कार।
38039 तिरस्करणी ना. १. नाटकको पर्दा।
38040 तिरस्करणी ना. २. अदृश्य हुने विद्या।
38041 तिरस्कार ना. कसैलाई मन नपराई गरिने हेला वा बेवास्ता; अनादर; अपमान; उपेक्षा।
38042 तिरस्कृत वि. तिरस्कार गरिएको; अपमानित; हेला गरिएको; उपेक्षित।
38043 तिराइ ना. तिर्ने काम वा किसिम।
38044 तिराइनु क.क्रि. तिर्न लाइनु।
38045 तिराउनु प्रे. क्रि. तिर्न लाउनु; तिर्ने पार्नु।
38046 तिरान ना. १. तिरो, बाली आदि तिर्ने काम; तिरोभरो।
38047 तिरान ना. २. तिरो; कुत।
38048 तिरिक्क क्रि. वि. थोरै पानी पर्ने, धारो खस्ने, पातलो दिसा हुने आदि किसिमले।
38049 तिरिखिरी ना. झर्कोलाग्दो र कसिकसाउमा पार्ने ढिपी; आच्छुआच्छु; आत्तुरी।
38050 तिरिन ना. झारपात आदि तृण; घाँस, पराल, खर आदिको थोरै अंश।