Dictionary

All Word

38101 तिलके वि. हे. तिल्के।
38102 तिलखा ना. सानो खालको टिको; तिलक।
38103 तिलङ्गा ना. कम्पु सैनिक; तिलिङ्गो।
38104 तिलचामल ना. १. तिलजस्तो कालो र चामलजस्तो सेतो मिसिएको वर्ण वा रङ्ग।
38105 तिलचामल ना. २. तिल र चामल मिलाएर खाइने कुरो।
38106 तिलचामले वि. १. आधा फुलेको र आधा नफुली छ्यासमिस भएको (केश वा रौँ)।
38107 तिलचामले वि. २. काला तिल र सेता चामल मिसाउँदा स्पष्ट देखिए झैँ छुट्टिने (वर्ण, रङ आदि)।
38108 तिलफूल ना. तिलजस्तो सेतो दाना हुने वा फुकेको पादार एक थरी फूल।
38109 तिलमिल क्रि. वि. कष्ट, चोट आदिले आँखा नदेख्ने वा चक्कराउने गरी।
38110 तिलमिलाइ ना. तिलमिलाउने क्रिया वा प्रक्रिया।
38111 तिलमिलाइनु अ.क्रि. तिलमिल होइनु।
38112 तिलमिलाउनु अ.क्रि. तिलमिल हुनु; तिरमिराउनु; छटपटाउनु।
38113 तिलमिलिनु अ.क्रि. तिलमिलाउनु।
38114 तिलवासिनी ना. बास्ना आउने चामल हुने एक जातको धान; राजभोग धान।
38115 तिलस्मी वि. असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो।
38116 तिलहरी ना. पोतेका बिच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरिने, स्वास्नीमानिसको सौभाग्यको प्रतीक गहना।
38117 तिलाञ्जलि ना. १. पितृहरूलाई अँजुलीले चढाइने तिलसहितको जल।
38118 तिलाञ्जलि ना. २. सधैँका लागि गरिने कुनै कुराको त्याग।
38119 तिलानी ना. १. देव वा पितृकार्यमा सङ्कल्प गर्दा हातमा लिइने तिल मिसाएको पानी।
38120 तिलानी ना. २. कर्मपात्र।
38121 तिलिङ्गो ना. पल्टनियाँ सिपाही; कम्पु; सैनिक। (उदा.- तिलिङ्गो भन्नु मात्तै पो रेछ - केटीले पालेको। लोकगीत।)।
38122 तिलोत्तमा ना. पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा।
38123 तिलौरा ना. १. कालो र सेतो मिसिएको वा खैरा तिलको जस्तो रङ हुने घोडा।
38124 तिलौरा ना. २. चाकु आदि गुलियो वस्तुमा तिल मिलाएर बनाइएको लड्डु।
38125 तिलौराकोट ना. नेपालको कपिलवस्तु जिल्लामा पर्ने, तौलिहवा बजारदेखि पाँच किलोमिटर उत्तरमा बाणगङ्गा नदीको किनारमा स्थित, प्रसिद्ध ऐतिहासिक स्थल।
38126 तिलौरी ना. १. सखर वा चिनीको पाकमा तिल टाँसिएको सानो डाँठजस्तो टुक्रे खानेकुरो।
38127 तिलौरी ना. २. सानो तिलौरा।
38128 तिल्के वि. १. निधारमा सेतो सानो टाटो भएको (गोरु); तिलके।
38129 तिल्के वि. २. तिलक वा चन्दनको टिको लगाउने (मानिस); तिलके। स्त्री. तिल्की। ना.
38130 तिल्के वि. ३. रातो फूल फुल्ने एक प्रकारको झार वा बोट।
38131 तिल्को ना. चैतवैशाखमा छाताजस्तो भएर फुल्ने एक जातको रुख।
38132 तिष्य ना. १. सत्ताइस नक्षत्रमध्ये एक; पुष्प नक्षत्र।
38133 तिष्य ना. २. कलियुग। ३ पौष मास; पुस महिना।
38134 तिस ना. १. बिस र दशको जोड; ३० को अङ्क। वि.
38135 तिस ना. २. बिस र दश जोड्दा हुने सङ्ख्याको; पन्ध्रको दोबर।
38136 तिसौँ वि. गणनाका क्रमले तिस सङ्ख्यामा परेको; तिसमा पर्ने।
38137 तिसी ना. दाँती परेका खसा मालाकार पात हुने, आँपका जस्तै हरिया फूल फुल्ने, तिलभन्दा सेख ठुला चिल्ला गेडा फल्ने, सानो चौडाइ हुने, एक बोट वा त्यसैको तेलालु दाना; आलस।
38138 तिस्कल/तिकिलो ना. खोस्रने काममा उपयोग गरिने काठ, बाँस आदिको किलो।
38139 तिहाइ ना. तेस्रो भाग वा हिस्सा; तीन खण्डको एक खण्ड; तृतीयांश।
38140 तिहार ना. कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार; कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार); यमपञ्चक; दिपावली।
38141 तिहारे वि. तिहार पर्वसम्बन्धी; तिहारको; तिहारमा गाइने (देउसी, भैलो आदि लोकगीत)।
38142 तिहुन ना. भात मुछेर खाइने झोल तरकारी; दाल, तरकारी आदि सितन।
38143 तिहुनचखुवा वि. १. तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने।
38144 तिहुनचखुवा वि. २. कहिले कता, कहिले कता खाएर हिँड्ने।
38145 तिहुनचखुवा वि. ३. कहिले एउटा काम, कहिले अर्को काम गर्ने; स्थिर आसन नभएको। स्त्री. तिहुनचखुवी।
38146 तिहुने वि. धेरै तिहुन खाने (व्यक्ति); तिहुन पकाउने (भाँडो)।
38147 ती सर्व. तृतीय पुरुष बहुवचनमा प्रयोग हुने 'त्यो' शब्दको बहुवचन वा आदरार्थी रूप।
38148 तीक्ष्ण वि. १. तिखारिएको; तिखो; धारिलो।
38149 तीक्ष्ण वि. २. प्रखर; तीव्र; टाठो।
38150 तीक्ष्ण वि. ३. गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहिनसकिने।