Dictionary

All Word

38201 तीरभूमि ना. नदी वा खोलाका छेउछाउको जग्गा; नदीको बगर।
38202 तीरवर्ती वि. नदीको तीरमा रहेको वा हुने; समुद्री किनारमा भएको; तटवर्ती।
38203 तीरहानी ना. बाण हानेर खेलिने, केटाकेटीको एक किसिमको खेल।
38204 तीर्थ ना. १. भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि।
38205 तीर्थ ना. २. नदी, तलाउ जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने-आउने बाटो।
38206 तीर्थ ना. ३. बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि।
38207 तीर्थ ना. ४. सन्न्यासीहरूको एक शाखा।
38208 तीर्थकाक ना. १. तीर्थमा दान लिएर निर्वाह गर्ने व्यक्ति।
38209 तीर्थकाक ना. २. तीर्थको कौवा।
38210 तीर्थकाक ना. ३. लोभी मान्छे।
38211 तीर्थङ्कर ना. १. जैन सम्प्रदायका प्रमुख देवता वा उपास्य धर्माचार्य।
38212 तीर्थङ्कर ना. २. विष्णु।
38213 तीर्थपुरोहित ना. तीर्थ वा घाटमा बसेर दान लिने तथा पुरोहित्याइँ गर्ने ब्राह्मण; पण्डा।
38214 तीर्थयात्रा ना. धार्मिक फलप्राप्तिको उद्देश्यले तीर्थमा जाने काम; तीर्थ जानका निम्ति गरिने यात्रा; तीर्थाटन।
38215 तीर्थयात्री ना. तीर्थ जाने व्यक्ति; तीर्थारु।
38216 तीर्थवास ना. तीर्थमा गएर बस्ने काम; तीर्थको बसाइ।
38217 तीर्थवासी वि. तीर्थमा गएर बसेको; तीर्थ गर्न बसेको; तीर्थ गर्न जाने।
38218 तीर्थस्थान ना. तीर्थ गरिने पवित्र ठाउँ; तीर्थ।
38219 तीर्थस्नान ना. तीर्थमा नुहाउने काम।
38220 तीर्थाटन ना. तीर्थको भ्रमण वा घुमाइ; तीर्थयात्रा।
38221 तीर्थारु ना. तीर्थ जाने व्यक्ति; तीर्थयात्री।
38222 तीर्थे वि. हे. तिर्थे।
38223 तीव्र वि. १. साह्रै छिटो; धेरै चाँडो।
38224 तीव्र वि. २. कडा वा चर्को (स्वाद, स्वर आदि)।
38225 तीव्र वि. ३. तिखो; तीक्ष्ण।
38226 तीव्र वि. ४. सहिनसकिने।
38227 तीव्र गति वि. १. धेरै छिटो हिँड्ने; वेगवान्। ना.
38228 तीव्र गति वि. २. छिटो हिँड्ने काम; द्रुत वेग।
38229 तीव्रता ना. तीव्र हुने भाव वा अवस्था; तीक्ष्णता; छिटोपन।
38230 तीस ना. हे. तिस।
38231 तीसौँ वि. हे. तिसौँ।
38232 तुँडो ना. १. मुखबाट सप्रयास हावा निकाल्नु पर्दा दुवैतिरका ओठ डोलिएर टुटीजस्तो भएको ठाउँ; आगो फुक्दा हावा निस्कने प्वाल।
38233 तुँडो ना. २. खलाँतीबाट हावा निस्कने टुटी; प्वाल।
38234 तुँडो ना. ३. कलमको टाँका वा टुप्पो।
38235 तुँडो ना. ४. गहुँ, जौ, धान आदिको झुस।
38236 तुइँक्याइ ना. तुइँक्याउने क्रिया वा प्रक्रिया।
38237 तुइँक्याइनु क.क्रि. कुनै पेय पदार्थ तनतन पिइनु।
38238 तुइँक्याउनु स.क्रि. जाँड, रक्सी, सर्वत आदि पेय पदार्थ तनतन पिउनु; ढिलो नगरी एकैनासले कुनै पेय पदार्थ पिउनु।
38239 तुइँक्याहट ना. तुइँक्याउने भाव, क्रिया वा अवस्था; तुइँक्याइ।
38240 तुइँतुइँ क्रि. वि. तुइँकिने गरी वा तुइँक्याएर; तनतन घुटुघुटु।
38241 तुइँतुइँती क्रि. वि. अझ छिटो तुइँतुइँ पारेर; तनतनी।
38242 तुइन ना. विशेष गरी पहाडी खण्डमा पुलका सट्टामा वारपार बलियो डोरी कसी घुर्रो भएको डोरी झुन्ड्याइने र त्यसैमा बसी नदी वा खोलाका वारिपारि तर्ने एक साधन; तुहिन।
38243 तुक ना. १. शास्त्रीय पद्यरचनाका प्रत्येक पाउका अन्तमा पद वा अक्षरको समान आवृत्ति वा एकता; अन्त्यानुप्रासको एक रूप।
38244 तुक ना. २. तर्क बुद्धिसितको सहमति वा सङ्गति।
38245 तुक ना. ३. तुक्का।
38246 तुकबन्दी ना. काव्यानुशासनमा तुकसम्बन्धी बन्धन; पद्यरचनामा तुको पूर्ण अनुसरण गर्ने काम; तुक मिलाउने काम।
38247 तुक्का ना. तुकबन्दी मिलेको पद वा पदावली।
38248 तुखल ना. रस निचोरिएको उखुको खोस्टा; टुखल; खोइलो।
38249 तुङ्ग वि. १. अग्लो; उन्नत; उच्चो; लामो। ना.
38250 तुङ्ग वि. २. पहाड; शिखर; चुचुरो।