Dictionary

All Word

38351 तुरुन्त / तुरुन्तै क्रि. वि. चाँडै; झट्ट; लगत्तै झट्टै; उत्तिखेरै; उत्तिखेरै; भन्नासाथ; भन्नेबित्तिकै; तत्क्षण; तत्काल; तुरन्त।
38352 तुरुन्तातुरुन्ती / तुरन्तातुरन्ती क्रि. वि. १. एकदम तुरुन्त। ना.
38353 तुरुन्तातुरुन्ती / तुरन्तातुरन्ती क्रि. वि. २. हतारो।
38354 तुरुप ना. कुनै एक रङलाई प्रधान मानेर खेलिने तासको खेलविशेष।
38355 तुर्क ना. १. तुर्कदेश; तुर्किस्तान।
38356 तुर्क ना. २. तुर्किस्तानका निवासी।
38357 तुर्क ना. ३. सैनिक।
38358 तुर्कनु अ.क्रि. तुर्को झर्नु; तरल पदार्थ चुहुनु।
38359 तुर्काइ ना. तुर्कने क्रिया वा प्रक्रिया; तुर्को झर्ने काम।
38360 तुर्किनु अ.क्रि. तरल पदार्थ चुहिनु; तुर्कनु।
38361 तुर्किस्थान ना. तुर्क्याउने ठाउँ; पिसाब फेर्ने ठाउँ; मूत्रालय।।
38362 तुर्की वि. तुर्किस्तानसम्बन्धी; तुर्क देशमा बस्ने।
38363 तुर्के ना. जाँड।
38364 तुर्केल ना. तुर्किस्तानको जाति।
38365 तुर्केली वि. १. तुर्कहरूको देशसम्बन्धी। ना.
38366 तुर्केली वि. २. तुर्केल।
38367 तुर्को ना. १. दूध, तेल पानी आदि कुनै पनि तरल पदार्थको निम्नतम परिमाण।
38368 तुर्को ना. २. त्यस्तो परिमाणको झराइ।
38369 तुर्क्याइ ना. तुर्क्याउने क्रिया वा प्रक्रिया।
38370 तुर्क्याइनु क.क्रि. १. कुनै पनि तरल पदार्थ चुहाइनु।
38371 तुर्क्याइनु क.क्रि. २. पिसाब गरिनु।
38372 तुर्क्याइलो वि. १. तुर्किने खालको; तरल (पदार्थ)।
38373 तुर्क्याइलो वि. २. तुर्को मात्र झार्न पुग्ने; साह्रै थोर ।
38374 तुर्क्याउनु स.क्रि. १. १ कुनै पनि तरल पदार्थ चुहाउनु; तुर्को झार्नु, धारो लाउनु।
38375 तुर्क्याउनु स.क्रि. २. पिसाब गर्नु; तुरुतुरु मुत्नु।
38376 तुर्नी ना. १. कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति।
38377 तुर्नी ना. २. कुनै काम समाप्त हुँदा मनाइने उत्सव, खाइने भोज वा दिइने इनाम; तुराउनी।
38378 तुर्य वि. तुरीय; चौथौ।
38379 तुर्याश्रम ना. चतुर्थाश्रम; सन्न्यासाश्रम।
38380 तुर्र क्र. वि. पानी, दुध, तेल आदि कुनै पनि तरल पदार्थको सानो धारो झरे झैँ । सात. तुरुरुरु, तुरुरुर्र।
38381 तुर्लुङ्ङ क्रि. वि. १. कुनै वस्तु झुन्डिने वा झुन्डिएर हल्लिने किसिमले।
38382 तुर्लुङ्ङ क्रि. वि. २. पन्यालो वा पानीको मात्रा बेसी हुने गरी।
38383 तुलकलायत ना. कुनै पनि काम सञ्चालन गर्ने सिप वा कला; यन्त्रसञ्चालनको कौशल (उदा. इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र (दिव्य.)।
38384 तुलजा ना. तलेज्यू भवानी।
38385 तुलना ना. १. गुण, मान, आकार आदिका दृष्टिले एकभन्दा बढी वस्तुमा पाइने समानता वा असमानताको परीक्षण गर्ने काम; दाँज्ने काम; दाँजो; तुल्यता।
38386 तुलना ना. २. तौलने वा जोख्ने काम; निर्धारण गर्ने काम।
38387 तुलनात्मक वि. तुलना गरिएको; तुलना भएको (उदा.- तुलनात्मक भाषाविज्ञान, तुलनात्मक साहित्य, तुलनात्मक धर्म, तुलनात्मक शरीरविज्ञान इ. ।)।
38388 तुलनात्मकता ना. तुलनात्मक हुनाको भाव वा अवस्था।
38389 तुलनीय वि. परस्पर दाँज्न लायक; तुलना गर्न योग्य।
38390 तुलफूल ना. कोठेबारी वा बारीमा फलेका सुन्तला, कागती, अम्बा आदि फलफूल; फलफूल।
38391 तुलबुल ना. १. मनको चञ्चलता वा अस्थिरता; सकसकी; हडबड; खसखस।
38392 तुलबुल ना. २. चिन्ता; फिक्री; पिर।
38393 तुलबुलाइ ना. तुलबुल गर्ने स्वभाव, कार्य वा गुण।
38394 तुलबुलाइनु अ.क्रि. तुलबुल गर्ने होइनु।
38395 तुलबुलाउनु अ. क्रि. तलबलाउनु; हडबडाउनु।
38396 तुलबुलाहट ना. तुलबुलाइ।
38397 तुलबुली ना. १. तुलबुल।
38398 तुलबुले वि. तुलबल गर्ने; चञ्चल।
38399 तुलबुल्याइ / तुलबुल्याहट ना. तुलबुलिने भाव, क्रिया वा अवस्था।
38400 तुलरङ्ग ना. १. रातो रङको एक प्रकार।