Dictionary

All Word

38401 तुलरङ्ग ना. २. तूल।
38402 तुलसी ना. १. मञ्जरीमा सेता वा कलेजी रङका फूल फुल्ने ससाना बास्नादार पात हुने र खास गरी हिन्दू, वैष्णवहरूद्वारा पवित्र मानिएको एक बोट; वृन्दा; कृष्णा।
38403 तुलसी ना. २. पुराणप्रसिद्ध एक देवी।
38404 तुलसीको मठ ना. जमिनबाट अलिकति ढिस्को उठाई सुरक्षित किसिमले धार्मिक भावनाद्वारा प्रेरित भएर तुलसीका बोट रोपिएको स्थानविशेष; तुलसीमठ।
38405 तुलसीको लिङ्गो ना. आकाशबत्ती झुन्ड्याएर तुलसीको मठनेर वा कौसीहुँदो पनि गाडिने बाँस।
38406 तुलसी दल / पत्र ना. तुलसीको मञ्जरीभित्र रहेका साना दाना; बीज; तुलसीको पात।
38407 तुला ना. १. तराजु; काँटा; तुलो।
38408 तुला ना. २. बाह्र राशिमध्ये सातौँ राशि।
38409 तुलादान ना. दानी व्यक्तिले आफ्नो शरीरका तौल बराबरको सुन, चाँदी, अन्न आदि तौलेर ब्राह्मणलाई दिने दान।
38410 तुलाधर ना. १. व्यापारी; व्यवसायी; बनियाँ।
38411 तुलाधर ना. २. नेवारजातिको एक वर्ग।
38412 तुलापरीक्षा ना. तराजुमा एकापट्टि माटो र अर्कापट्टि अभियुक्तलाई राखेर पहिलोपटक तौलने र अर्कोपटक फेरि तौलिँदा अभियुक्तको तौल घटी देखिएमा अपराधी ठहऱ्याइने एक प्राचीन न्यायपद्धति।
38413 तुलिगाँडो ना. बाक्लो जङ्गलमा बस्न रुचाउने र मानिसको प्रवेश हुँदा हल्ला गरेर बनै कोलाहलमय पार्ने एक पक्षी।
38414 तुलित वि . १. जोखिएको; अडकल गरिएको।
38415 तुलित वि . २. दाँजिएको; तुलना गरिएको।
38416 तुली ना. १. दुब्ली। ना.
38417 तुली ना. २. शिशु-अवस्थामा रोग निको होला र मोटी होली भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे गरी तौलिएकी नारी।
38418 तुले ना. शिशु-अवस्थामा रोग निको होला र मोटो होला भन्ने उद्देश्यले तुला एकातिर गोबर र अर्कातिर मान्छे राखी जोखिएको व्यक्ति; जोखे।
38419 तुले गाँडो ना. १. घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो। वि.
38420 तुले गाँडो ना. २. नमिल्दो वा नसुहाउँदो गरी लुगा, गहना आदि लगाउने।
38421 तुले गाँडो ना. ३. बेमेलको; अमिल्दो; डेब्रो।
38422 तुलो ना. जोख्ने साधन; तुला; तराजु।
38423 तुल्य वि . १. समान प्रकार वा श्रेणीको; बराबर; समान।
38424 तुल्य वि . २. योग्य।
38425 तुल्य वि . ३. समरूप।
38426 तुल्य वि . ४. सम्दर्शी।
38427 तुल्यकक्ष वि . समान वा बराबर कक्षको।
38428 तुल्यता ना. बराबरी; समानता।
38429 तुल्ययोगिता ना. अलङ्कारको एक भेद।
38430 तुल्यप्राधान्य वि . व्यङ्ग्यार्थ पनि वाच्यार्थजत्तिकै चमत्कारी भएको वा चमत्कारका दृष्टिले व्यङ्ग्य अर्थ र वाच्य अर्थ बराबरै प्रधान भएको (गुणीभूत व्यङ्ग्यको एक भेद)।
38431 तुल्याइ ना. तुल्याउने काम।
38432 तुल्याइनु क.क्रि. तयार पारिनु; निर्माण गराइनु।
38433 तुल्याउनु स.क्रि १. बनाउनु; तयार पार्नु; निर्मित गर्नु; ठिक पार्नु।
38434 तुल्याउनु स.क्रि २. गराउनु; पार्नु।
38435 तुल्याउनु स.क्रि ३. समान पार्नु।
38436 तुल्याउनु स.क्रि ४. मही पार्नु।
38437 तुल्याउनु स.क्रि ५. गर्भाधान गर्नु; वीर्यदान गर्नु।
38438 तुवाँलो ना. गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूमण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; प्वाँलो।
38439 तुष ना. १. अन्नादिको भुस।
38440 तुष ना. २. फूलको खबटो।
38441 तुष ना. ३. बर्रो।
38442 तुषानल ना. १. भुसको आगो।
38443 तुषानल ना. २. प्राचीन समयमा भुस वा घाँसपरालको आगामा डढेर लिइने एक थरी प्रायश्चित्त।
38444 तुषार ना. १. तुसारो; ठाँटो; बरफ।
38445 तुषार ना. २. हिउँ।
38446 तुषार ना. ३. एक प्रकारको कपूर; चिनियाँकपूर।
38447 तुषारपात ना. हिउँदमा हिउँ वा तुसारोको वर्षा।
38448 तुषाररोधी वि . १. तुसारोले नछुने।
38449 तुषाररोधी वि . २. तुसारोलाई छेल्ने।
38450 तुष्ट वि . १. सन्तुष्ट; प्रसन्न; परितृप्त; मक्ख।