Dictionary

All Word

38551 तेजाब ना. धातुहरू गलाउने शक्ति भएको तरल, क्षार पदार्थ; अर्क; अरख।
38552 तेजाबी वि. १. तेजाबवाला; तेजाबसँग सम्बन्धित। ना.
38553 तेजाबी वि. २. तेजाबको व्यापारी।
38554 तेजाबी वि. ३. तेजाबका सहायताले शुद्ध पारिएको सुन वा चाँदी।
38555 तेजाबी सुन ना. तेजाबले खारेर शुद्ध पारिएको सुन।
38556 तेजारत ना. १. रुपियाँपैसा, सुनचाँदी आदिको नगद व्यापार; रोजगार।
38557 तेजारत ना. २. ब्याज, घिउखाने आदि लिने गरी रुपियाँपैसा लेनदेन गर्ने काम।
38558 तेजार अड्डा ना. १. राणाकालमा सरकारी कर्मचारीलाई चाँदतोडा लिनेदिने अड्डा।
38559 तेजार अड्डा ना. २. रुपियाँ - पैसासम्बन्धी काम गर्ने एक सरकारी अड्डा।
38560 तेजिलो १ वि. १. छिटो; फुर्तिलो; छरितो।
38561 तेजिलो १ वि. २. बलियो।
38562 तेजिलो १ वि. ३. तीक्ष्ण बुद्धि भएको।
38563 तेजिलो २ वि. तेजयुक्त; चहकिलो; उज्यालो प्रकाश भएको।
38564 तेजी वि. १. कडा; बलियो; तीव्र।
38565 तेजी वि. २. छिटो; द्रुतगामी।
38566 तेजो तेजस्को समासगत रूप।
38567 तेजोभङ्ग ना. १. कसैको शक्ति खतम पार्ने क्रिया; तेजको विनाश; गर्वभङ्ग।
38568 तेजोभङ्ग ना. २. बेइज्जती; अपमान।
38569 तेजोमय वि. १. उज्ज्वल; प्रकाशमान्।
38570 तेजोमय वि. २. यशस्वी।
38571 तेजोमूर्ति ना. १. सूर्य; भानु। वि.
38572 तेजोमूर्ति ना. २. तेजस्वी।
38573 तेजोवती ना. हे. तेजवती।
38574 तेजोवध ना. १. तेजलाई नाश गर्ने काम।
38575 तेजोवध ना. २. शक्ति कम गराउने काम; तेजोहरण।
38576 तेते ना. तेल।
38577 तेत्तिस ना. १. तिस र तीनको योगसङ्ख्या; ३३ को अङ्क। वि.
38578 तेत्तिस ना. २. तिस र तीनको योगङ्ख्या बराबरको।
38579 तेत्तिसौँ वि. गणनाका क्रमअनुसार तेत्तिसमा पर्ने; तेत्तिसको।
38580 तेत्तीस ना. हे. तेत्तिस।
38581 तेत्तिसौँ वि. हे. तेत्तिसौँ।
38582 तेत्ला ना. बयलगाडीको मादलमाथि र धुरामुनि राखिने काठ।
38583 तेधार ना. तीन समानान्तर विचारधारा, सोचाइ वा तर्कको द्वन्द्व; तेहरो द्वन्द्व।
38584 तेन्दु ना. एक वनस्पतिविशेष वा त्यसैको स्वादिलो तथा गुलियो फल।
38585 तेबर वि. तीन दोबर; तीन गुना; तेहरो; तिगुना त्रिगुण; तेब्बर ।
38586 तेब्रिनु अ.क्रि. तेबर हुनु।
38587 तेब्य्राइ ना. तेबर हुने वा तेब्रिने क्रिया वा प्रक्रिया।
38588 तेब्य्राइनु क.क्रि. तेब्बर तुल्याइनु।
38589 तेब्य्राउनु स.क्रि./ प्रे.क्रि. तेबर पार्नु; तेहऱ्याउनु; तिगुना पार्नु।
38590 तेर ना. / वि. हे. तेह्र।
38591 तेरथुम ना. तेह्रथुम।
38592 तेरौँ वि. तेह्रौँ ।
38593 तेरिज ना. १. कुनै लेखोट, कुरा आदिको सारांश; मजबुन; सार; गाँठी कुरो; निचोड; निष्कर्ष।
38594 तेरिज ना. २. जम्माजम्मी।
38595 तेरीमेरी ना. १. आआफ्नो स्वामित्वको प्रश्न।
38596 तेरीमेरी ना. २. आफ्नोआफ्नो स्वामित्वको वस्तुको बन्डाफन्डा।
38597 तेरीमेरी ना. ३. छिनाफाना; तेरोमेरो।
38598 तेरो वि. तँसम्बन्धी; तँमा पर्ने; तँको भागको (तिम्रो, तपाईंको अनादरवाची रूप )।
38599 तेरोमेरो ना. १. आफ्नो र अर्काको अर्थात् ममत्व र परत्वको स्वार्थ।
38600 तेरोमेरो ना. २. वैयक्तिक स्वत्व र अधिकारसम्बन्धी विवाद, तर्क आदि।