Dictionary

All Word

38601 तेर्छो वि. हे. तेर्सो।
38602 तेर्पाइँ/तेर्पायँ/तेर्पे वि. अलिअलि मात्र भिरालो वा ओरालो परेको; अलिअलि कोल्टो परेको; थोरै ढलुवा; दम्स्याइलो।
38603 तेर्ण्याइँ ना. तेपाइँ, तेर्पायँ वा तेर्पे तुल्याउने क्रिया, प्रक्रिया; तेर्पेपन।
38604 तेर्सिनु अ. कि. १. तेर्सो हुनु।
38605 तेर्सिनु अ. कि. २. तेर्छिनु।
38606 तेर्सिनु अ. कि. ३. सुत्नु।
38607 तेर्सिनु अ. कि. ४. टेढिनु।
38608 तेर्सिनु अ. कि. ५. पछारिनु।
38609 तेर्सिनु अ. कि. ६. तेर्सो परिनु।
38610 तेर्सो वि. उकालोओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्छो।
38611 तेर्स्याइ ना. तेर्साउने क्रिया वा प्रक्रिया।
38612 तेर्स्याइनु क.क्रि. तेर्सो पारिनु।
38613 तेर्स्याउनु स.क्रि. / प्रे. क्रि. १. तेर्सो पारेर राख्नु; तेर्सो पार्नु; पसार्नु।
38614 तेर्स्याउनु स.क्रि. / प्रे. क्रि. २. मन नपर्ने गरी आउनु वा जानु।
38615 तेल ना. तिल, तोरी इ. वा खनिज स्रोतबाट निकालिएको चिप्लो र दहनशील तरल पदार्थ; तैल।
38616 तेलकर ना. तेलको उत्पादनमा लगाइएको करविशेष।
38617 तेलक्षेत्र ना. पेट्रोल आदि खनिज स्रोतका तेलको खानी भएको घोषित क्षेत्र।
38618 तेलचाप्रे ना. काभ्रे माछाजस्तो सानो एक खालको माछा; माछाको एक जात।
38619 तेलजिभ्रे वि. बात मार्दा दुरुस्त पारेर नम्रता देखाउने तर काममा वास्ता नगर्ने खालको; मुखले चेपारो पार्न सिपालु।
38620 तेलधारी ना. तेल पेल्दा फुलो भरेर पेचामा चेपी झरेको तेललाई तल थापेको भाँडासम्म पुऱ्याउने सोली।
38621 तेलपाटा ना. गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पर छिराउनुपूर्व मादलभित्रको फलामे हुँड नखिइयोस् र मादलको प्वाल ठूलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट |
38622 तेलहन ना. तेलयुक्त वनस्पति (जस्तै- तिल, तोरी, बदाम, चिउली इ.); तैलधान्य; तैलान्न।
38623 तेलारी/तेलाहारी ना. १. तेल घस्ने वा लाउने काम; मालिस। वि.
38624 तेलारी/तेलाहारी ना. २. तेलसम्बन्धी; तेलविषयक।
38625 तेलिया वि. तेल झैँ टल्किने; चिल्लो।
38626 तेलिया इँट ना. विशेष प्रक्रियाबाट तयार पारिने चिल्लो, बलियो र असल खालको इँटविशेष।
38627 तेलिया जात ना. तेली।
38628 तेलिया झार ना. फल तथा फूल केही नलागी केवल चिल्ला पात मात्र हुने र पानी हुने खेतमा उम्रने एक प्रकारको भार।
38629 तेलिया मास ना. चिल्लो र टल्कने एक प्रकारको मास।
38630 तेलिया रङ ना. तेलको जस्तो रङ।
38631 तेलिया साँप ना. गँड्यौलाको आकारको, तर कालो भई एकदम टल्कने विषालु साँप।
38632 तेलिया हीरा ना. रङ्गीबिरङ्गी आभायुक्त पातलो काँटको हीरा।
38633 तेली ना. तेल पेल्ने पेसा लिएको वा व्यवसाय गर्ने व्यक्ति; तेल व्यापारी; साल्मी।
38634 तेली बाबियो ना. १. फिका र पहेँल्वो रङ भएको र घाममा टलक्क टल्कने, चिल्लो खालको औषधीमा पनि प्रयोग हुने बाबियो।
38635 तेली बाबियो ना. २. नामकरणमा षण्डामर्क हवनका समयमा भलायोसँग मिलाएर पोलिने बाबियो।
38636 तेस्रो वि. गणनाका क्रमले तीनमा परेको; तीनौँ; तृतीय।
38637 तेस्रो विश्व ना. खासगरीकन ल्याटिन अमेरिका, अफ्रिका र एसिया महादेशका नेपाललगायत विकासोन्मुख देशहरू।
38638 तेहरिनु अ.क्रि. तीनपटक आवृत्ति हुनु; तेब्रिनु; तिगुना हुनु; तीन डबल हुनु; तेहेरिनु।
38639 तेहराइ ना. तेहऱ्याइ।
38640 तेहरो वि. १. तेब्बर; तेबर; तिगुना; तेहेरो। क्रि. वि.
38641 तेहरो वि. २. तीनफेर; तीनपल्ट।
38642 तेहऱ्याइ ना. तेहरिने वा तेहरो पार्ने काम वा काइदा।
38643 तेहऱ्याइनु क. क्रि. तेहरो पारिनु।
38644 तेहऱ्याउनु स.क्रि./ प्रे. क्रि. तेहरो पार्नु वा पार्न लगाउनु।
38645 तेहेरिनु अ.क्रि. हे. तेहरिनु।
38646 तेहेरो वि. हे. तेहरो।
38647 तेह्र ना. १. दश र तीनको योगसङ्ख्या; १३ को अङ्क; तेर। वि.
38648 तेह्र ना. २. उक्त सङ्ख्या वा अङ्क बराबरको।
38649 तेह्रथुम ना. नेपालको कोसी अञ्चलभित्र पर्ने एक जिल्ला।
38650 तेह्रदिने वि. मर्दा तेह्र दिन जुठो लाग्ने एउटै खलकका भैयाद।