Dictionary

All Word

38701 तोक्नु स.क्रि. १. यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु।
38702 तोक्नु स.क्रि. २. निर्णय गर्नु, पर्गेल्नु।
38703 तोक्नु स.क्रि. ३. चिन्नु; पहिल्याउनु।
38704 तोक्नु स.क्रि. ४. ठोकेर भन्नु; किटान गर्नु।
38705 तोक ना. १. चिठी, निवेदनपत्र वा अन्य कागजातहरूमा संस्था वा कार्यालयका मुख्य अधिकारीले विषयसँग सम्बद्ध मन्तव्य, निर्देशन वा निर्णय दिन लेख्ने छोटो बेहोरा; आदेश।
38706 तोक ना. २. निकासा।
38707 तोक आदेश ना. पत्रमा उल्लेख भएअनुसार गर्नगराउन मुख्य हाकिमले तोक लेखेर दिने आदेश।
38708 तोकाइ ना. तोक्ने काम वा काइदा।
38709 तोकाइनु क.क्रि. तोक्न लाइनु।
38710 तोकाउनु प्रे. क्रि. तोक्न लाउनु।
38711 तोकाहा वि. तोक्नेवाला; पोलाहा।
38712 तोकिनु क.क्रि तोक्ने काम गरिनु।
38713 तोकुवा वि. १. किटान गरिएको; निश्चित रूपमा निर्दिष्ट गरिएको; ठोकेर भनिएको।
38714 तोकुवा वि. २. तोक्ने; किटान गर्ने।
38715 तोकुवा वि. ३. किटानी निर्णय वा सो निर्णयसम्बन्धी (लिखत )।
38716 तोक्मा ना. खास गरी पहाडी खण्डमा भरियाहरूले मालसामान बोक्ने बोझबाट उभिएको उभियै विश्राम लिन ढाकरका पिँधमा अवलम्ब स्वरूप अड्याउने प्रायः तेर्सो हातो हुने चोके भएको बलियो लट्ठी; आडा।
38717 तोटक ना. १. प्रत्येक पाउमा चार सगण हुने जगती जातिको एक समवृत्त छन्द।
38718 तोटक ना. २. गर्भ नाटकको तेस्रो सन्धिमा हुने तेह्र अङ्गमध्ये एक।
38719 तोड्नु स.क्रि. १. भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु।
38720 तोड्नु स.क्रि. २. रद्दी गर्नु; छोड्नु; टुटाउनु।
38721 तोड्नु स.क्रि. ३. कागत आदिमा तोड बनाउनु।
38722 तोड्नु स.क्रि. ४. चिढ्याउनु।
38723 तोड्नु स.क्रि. ५. मन दुखाउनु।
38724 तोड ना. १. कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब।
38725 तोड ना. २. मानसिक चोट; आघात।
38726 तोड ना. 3. कुराको वेग वा प्रभाव।
38727 तोड ना. ४. परस्परको स्पर्धा; प्रतिस्पर्धा; जोड।
38728 तोड ना. ५. फोर्ने वा बिगार्ने काम।
38729 तोडताड ना. बिगार्ने, फुटाउने र भत्काउने काम; भताभुङ्ग; बिगार।
38730 तोडफोड ना. १. बिगार्ने र भत्काउने - जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य ।
38731 तोडफोड ना. २. कुनै पनि मामला वा समस्याको निक्र्याल; छिनाफाना।
38732 तोडमरोड ना. १. कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम।
38733 तोडमरोड ना. २. कागज, कपडा आदि कच्याककुचुक पार्ने काम; तोडमोड; तोडताड।
38734 तोडमोड ना. तोडमरोड।
38735 तोडा ना. १. राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री।
38736 तोडा ना. २. रुपियाँपैसा राख्ने थैली।
38737 तोडा ना. ३. मोफसलका अड्डाहरूले मुलुकीखाना चलान गरी पठाउने रुपियाँ।
38738 तोडाइ ना. तोड्ने काम वा काइदा।
38739 तोडाइनु क.क्रि तोड्न लाइनु।
38740 तोडाउनु प्रे. क्रि. तोड्न लाउनु।
38741 तोडिनु अ.क्रि. भाँचिनु; छोडिनु।
38742 तोडिम ना. १. कथ्य. तोडेम, तोड्याम। प्रेम, मित्रता वा अरू प्रकारका सम्बन्धमा पर्ने फाटो; मनोमालिन्य; वैरभाव; तोयोमोयो; विद्वेष; द्रोह; शत्रुता।
38743 तोते वि. १. उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको।
38744 तोते वि. २. उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने।
38745 तोते बोली ना. अस्पष्ट वा त्रुटियुक्त वर्णोच्चारण (खास गरी बालकको)।
38746 तोप्नु स.क्रि. १. धेरै हाल्नु वा खानु।
38747 तोप्नु स.क्रि. २. पुरिने गरी हाल्नु; पुर्नु।
38748 तोप ना. गुडाएर लान हुने, दुईपाङ्ग्रे गाडीमा जडिने र बिचमा नालबाट गोला छुट्ने एक सामरिक अस्त्र।
38749 तोपखाना ना. तोपलगायत अन्य सामरिक सामग्रीहरू रहने ठाउँ।
38750 तोपचरो ना. रुखमा त्यान्द्रा बटुलेर बुने जस्तै पारी नरिवलको रुखहुँदो गुँड बनाउने, भँगेराभन्दा केही मोटो र दह्रो चुच्चो हुने, हूल भएर बस्ने र घुम्ने, भँगेरा जस्तै पहेँलो फुस्रो रङको चरो; बगेडी ; दमाईचरो; सुजेरो।