Dictionary

All Word

38651 तेह्रौँ वि. १. गणनाका क्रमले तेह्र सङ्ख्यामा परेको; तेह्र सङ्ख्याको; तेरौँ ।
38652 तेह्रौँ वि. २. मृताशौचको शुद्धशान्ति हुने तेऱ्हौँ दिन।
38653 तेह्रौँते वि. १. तिरहुत भन्ने प्रदेशको निवासी, वस्तु वा चलन।
38654 तेह्रौँते वि. २. मैथिल ब्राह्मणको एक श्रेणी।
38655 तै निपा. वाक्यको आरम्भमा आई विशेषविशेष अर्थ दिने एक निपात।। (उदा.- तै उसले ठुलो बिगार गरेन। तै तिमी आएको भए काम झन् सप्रने थियो। तै रिन तै रिन, बुढी बाख्री किन्। )
38656 तैकात ना. १. निधो; पक्कापक्की; निर्णय; तहकीकात।
38657 तैकात ना. २. खोज; अन्वेषण।
38658 तैजस वि. १. तेज भएको वा तेजयुक्त।
38659 तैजस वि. २. उज्ज्वल चम्किलो; प्रकाशमान्।
38660 तैजस वि. ३. फुर्तिलो; जोसिलो; साहसी; ओजस्वी; शक्तिशाली। ना.
38661 तैजस वि. ४. चम्किलो पदार्थ।
38662 तैजस वि. ५. घिउ।
38663 तैजस वि. ६. पराक्रम।
38664 तैतिल ना. १. ज्योतिषशास्त्रअनुसार एघार करणमध्ये एक।
38665 तैतिल ना. २. गैँडा।
38666 तैतिल ना. ३. देवता।
38667 तैतै संयो. भयो ठिकै भयो; तापनि। (उदा.- तैतै तिमी पनि साथै गएको भए कति राम्रो हुने थियो ! )।
38668 तैत्तिरीय ना. १. कृष्ण यजुर्वेदको एक शाखा।
38669 तैत्तिरीय ना. २. तित्रोसम्बन्धी।
38670 तैनात / तैनाथ ना. १. नियुक्ति; खटन।
38671 तैनात / तैनाथ ना. २. अधिकार; हैकम; अख्तियार।
38672 तैनात / तैनाथवाला वि. तैनाथ गरिएको (व्यक्ति); अधिकारवाला।
38673 तैपनि संयो. तापनि; भए पनि; तथापि; र पनि।
38674 तैबिसेक वि. १. केही सन्चो; अलिक उत्तम। क्रि. वि.
38675 तैबिसेक वि. २. राम्रो त के हुन्छ भने। (उदा.- तैबिसेक तिमी नै मकहाँ आऊ।)।
38676 तैमिर ना. १. रातमा हुने आँखासम्बन्धी एक रोग; रतौँधी; रतन्धो। वि.
38677 तैमिर ना. २. तिमिरसम्बन्धी।
38678 तैमिरिक वि. राति आँखा नदेख्ने।
38679 तैयार वि. हे. तयार।
38680 तैरण ना. कुनै वस्तु पानीभित्र नडुबी बाहिरी सतहमा तहरिने काम।
38681 तैर्थिक वि. १. पवित्र।
38682 तैर्थिक वि. २. तीर्थसम्बन्धी। ना.
38683 तैर्थिक वि. ३. तीर्थयात्रा गर्ने व्यक्ति।
38684 तैर्थिक वि. ४. तीर्थमा दान लिने व्यक्ति।
38685 तैर्थिक वि. ५. कुनै नयाँ धार्मिक वा दार्शनिक सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति; शास्त्रकार।
38686 तैर्थिक वि. ६. एक थरी सन्न्यासी।
38687 तैल ना. तेल।
38688 तैलकार ना. तेल पेल्ने र बेच्ने व्यक्ति। तेली।
38689 तैलचित्र ना. १. तेल मिसाइएको रङका सहायताले तयार पारिने चित्र |
38690 तैलचित्र ना. २. तेलरङगबाट चित्र बनाउने कला |
38691 तैलद्रोणी ना. प्राचीन कालमा मानिसको लासलाई सुरक्षित तुल्याइराख्न तेल राखिने ठुलो भाँडो ।
38692 तैलधान्य ना. तेलहन; तैलान्न।
38693 तैलयन्त्र ना. तेल पेल्ने यन्त्र वा साधन; कोल; साल।
38694 तैलयान ना. तेलबाट चल्ने गाडी (मोटर, मोटरसाइकल, हवाइजहाज इ.)।
38695 तैलशाला ना. तेल पेल्ने यन्त्र रहेको ठाउँ; साल।
38696 तैलतैलान्न ना. खाने तेल आउने अन्न; तैलधान्य।
38697 तैलाभ्यङ्ग ना. जिउमा तेल घस्ने काम; मालिस; तेलारी।
38698 तैलिक ना. १. तेली; तेल पेल्ने मानिस; साल्मी। वि.
38699 तैलिक ना. २. तेलसम्बन्धी।
38700 तैलिनी ना. तेलबाट बल्ने बत्ती वा दियो।