Dictionary

All Word

38501 तृतीय खण्ड ना. १. कुनै वस्तु वा सङ्ख्याको समष्टिको तीन भागको एक भाग; एक तृतीयांश।
38502 तृतीय खण्ड ना. २. भूगर्भशास्त्रअनुसार जीवनकल्प नामक युग; चतुर्थखण्डपूर्वको युग; स्तनपायी युग।
38503 तृतीय प्रकृति ना. नपुंसक।
38504 तृतीय श्रेणी ना. तेस्रो तह।
38505 तृतीयांश ना. १. तीन खण्डको एक खण्ड वा भाग। वि.
38506 तृतीयांश ना. २. एक तिहाइ।
38507 तृतीय हिमयुग / हिमानी ना. आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको, पुरातत्त्वशास्त्रअनुसारको एक युग; द्वितीय र तृतीय अन्तर हिमयुगका बिचको एक युग।
38508 तृतीया ना. १. कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि।
38509 तृतीया ना. २. व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न।
38510 तृतीया तत्पुरुष ना. तृतीया विभक्तिविना करण कारकको अर्थ दिने तत्पुरुष समास।
38511 तृतीयाश्रम ना. चार आश्रममध्ये तेस्रो आश्रम; वानप्रस्थाश्रम।
38512 तृप्त वि. १. सन्तृप्त; सन्तुष्ट; परितुष्ट, अघाएको।
38513 तृप्त वि. २. प्रसन्न; खुसी।
38514 तृप्ति ना. १. सन्तोष, परितोष।
38515 तृप्ति ना. २. प्रसन्नता।
38516 तृषा ना. १. प्यास; तिर्खा।
38517 तृषा ना. २. ठुलो इच्छा।
38518 तृषा ना. ३. लालसा; उत्सुकता; लोभ।
38519 तृषालु वि. तिर्खाएको; तिर्खालु
38520 तृषित वि. १. प्यासो; प्यासी; तिर्खाएको; तिर्खालु।
38521 तृषित वि. २. लालची; उत्सुक।
38522 तृष्णा ना. १. प्यास; तिर्खा।
38523 तृष्णा ना. २. इच्छा; लालसा; लोभ; लिप्सा; चाहना; अभिलाषा।
38524 तेइस ना. १. बिस र तीनको योगसङ्ख्या; २३ को अङ्क। वि.
38525 तेइस ना. २. बिस र तीनको योगसङ्ख्याको; बिसभन्दा तीन सङ्ख्या बढी भएको।
38526 तेइसौँ वि. गणनाका क्रमले तेइस सङ्ख्यामा परेको; तेइसमा पर्ने।
38527 तेज १ वि. १. फुर्तिलो; छरितो।
38528 तेज १ वि. २. तीक्ष्ण बुद्धिवाला; निपुण; सिपालु।
38529 तेज १ वि. ३. छिटो हिँड्न सक्ने; शीघ्रगामी।
38530 तेज २ ना. १. प्रकाश; ज्योति; कान्ति; दीप्ति; उज्यालो; चमक।
38531 तेज २ ना. २. पराक्रम; बहादुरी।
38532 तेज २ ना. ३. वीर्य।
38533 तेज २ ना. ४. सार।
38534 तेज २ ना. ५. ताप; गर्मी।
38535 तेजपात ना. दालचिनीको रुखको जस्तो सिन्कौली अर्थात् सुगन्धी पात; तेजपत्ता; तेजपत्र।
38536 तेजफल ना. सिलटिमुर।
38537 तेजमूल ना. लामा काण्डका टुप्पामा मात्र हाँगाबिँगा लागी लामालामा पात हुने एक वृक्षविशेष; तेजवती; तेजोवती।
38538 तेजवती ना. तेजमूल (वृक्ष)।
38539 तेजस्विता ना. तेजस्वी हुने काम; तेजस्वी हुनाको भाव; तेजिलोपन।
38540 तेजस्विनी ना. १. तेज भएकी वा शक्तिशाली स्त्री; बलवान् स्त्री। वि.
38541 तेजस्विनी ना. २. तेजिली (स्त्री)।
38542 तेजस्वी वि. १. तेज भएको; चमकदार; उज्ज्वल।
38543 तेजस्वी वि. २. शक्तिशाली; बलवान्।
38544 तेजस्वी वि. ३. गौरवशाली।
38545 तेजस्वी वि. ४. नाम चलेको; प्रसिद्ध।
38546 तेजस्वी वि. ५. प्रतापी।
38547 तेजस्वी वि. ६. प्रभावशाली।
38548 तेजहरन ना. १. काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि।
38549 तेजहरन ना. २. मानसिक रूपमा आउने हैरानी; दिक्दारी।
38550 तेजहरन ना. ३. तेजोवध; अपमान।