Dictionary

All Word

38801 तोस २ ना. १. ओढ्ने-ओछ्याउने ।
38802 तोस २ ना. २. ऊनी लुगा ।
38803 तोसक ना. डसना; लम्पट; गद्दा।
38804 तोसदान ना. १. बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो।
38805 तोसदान ना. २. सैनिकहरूले कारतुस हालेर बाँध्ने एक प्रकारको छालाको पेटी।
38806 तोसा ना. सनपाटका विभिन्न जातमध्ये उन्नत जातको, पाँच महिनासम्म रहँदा दश फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट।
38807 तोसाखाना ना. १. सरकारी जङ्गी पोसाक राख्ने भँडार, ठाउँ वा घर।
38808 तोसाखाना ना. २. राजाहरूका बहुमूल्य गहना तथा पोसाक आदि राखिने कोठा।
38809 तोस्रो ना. १. दाम्लो, डोरी आदिको पयो बाट्ने बाँस, काठ आदिको दुईतिर चोके परेको एक उपकरण।
38810 तोस्रो ना. २. लहरो, रुख वा बोट आदिबाट फल आदि टिप्न बनाइएको काठको लामो टाँगो।
38811 तौर ना. किसिम; तवर; भाँती; ढग; तरिका; ढाँचा।
38812 तौरतरिका ना. तौर; तवर।
38813 तौर्यत्रिक ना. नाच, गान र बाजा - यी तीनको समूह; बागिना।
38814 तौल ना. १. कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन।
38815 तौल ना. २. तराजु; तुलो।
38816 तौलनु स.क्रि. १. हत्केला, तराजु आदिले जोख्नु; तौल गर्नु।
38817 तौलनु स.क्रि. २. दाँज्न; तुलना गर्नु; बराबरी गर्नु।
38818 तौलनु स.क्रि. ३. पहिचान्नु; थाहा पाउनु; चिन्नु।
38819 तौलाइ ना. तौलने क्रिया वा प्रक्रिया।
38820 तौलाइनु क.क्रि. तौलन लाइनु।
38821 तौलाइनु प्रे. क्रि. तौल गराउनु।
38822 तौलिनु स.क्रि १. तौलनु। क.क्रि.
38823 तौलिनु स.क्रि २. तौल गरिनु।
38824 तौलिया ना. मुख, आङ आदि पुछ्न वा ओबानो पार्न प्रयोग गरिने, पानी सोस्ने एक प्रकारको भुवादार कपडा ।
38825 तौली ना. असार, साउनमा पाक्ने धानको एक प्रकार।
38826 त्यक्त वि. त्यागिएको; छोडिएको; परित्यक्त; उत्सृष्ट। स्त्री. त्यक्ता।
38827 त्यक्तप्राण वि. ज्यान दिन तयार; कुनै पनि खतरा मोल्न तयार।
38828 त्यक्तव्य वि. त्याग्न लायक; छोड्न योग्य।
38829 त्यक्ताग्नि ना. १. अग्निहोत्र गर्न छाडिदिने ब्राह्मण। वि.
38830 त्यक्ताग्नि ना. २. आगोमा पकाएको नखाने।
38831 त्यजन ना. त्याग्ने काम; त्याग।
38832 त्यता क्रि. वि. त्यहाँ; उता; त्यसतिर; त्यसपछि।
38833 त्यति वि. १. त्योजति; उति; त्यत्ति।
38834 त्यति वि. २. निश्चित परिमाणको। क्रि. वि.
38835 त्यति वि. ३. त्यति साह्रो; त्यतिका।
38836 त्यतिको वि. १. त्योजति; उत्तिको।
38837 त्यतिको वि. २. त्यति धेरै; ठुलो परिमाणको; त्यत्तिको। क्रि. वि.
38838 त्यतिको वि. ३. त्यति धेर।
38839 त्यतिन्जेल / त्यतिन्जेलि क्रि. वि. त्यस बेलासम्म; त्यतिखेरसम्म।
38840 त्यत्ति वि. त्यति (जोड दिँदा। )।
38841 त्यत्तिको वि. त्यतिको।
38842 त्यत्रो वि. १. कुनै निश्चित आकार वा परिमाणको; त्योजत्रो; उत्रो।
38843 त्यत्रो वि. २. त्यति धेर। क्रि. वि.
38844 त्यत्रो वि. ३. त्यति साह्रो; त्यतिको।
38845 त्यस सर्व. / वि. त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा.- त्यस केटालाई भन। )।
38846 त्यसरी क्रि. वि. त्यसो गरेर; त्यस किसिम वा तरिकाले।
38847 त्यसै क्रि. वि १. त्यसो नै; उसै; त्यही तरिका वा किसिमअनुसार नै।
38848 त्यसै क्रि. वि २. विनाकारणले; विनाकाम वा उद्देश्यले।
38849 त्यसै क्रि. वि ३. मुफतमा; सित्तैँ; व्यर्थमा।
38850 त्यसै क्रि. वि ४. अव्यवस्थित; अलपत्र। ( उदा.- सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको। )।