Dictionary

All Word

38951 त्रिताले वि. २. धूर्त।
38952 त्रिताले वि. ३. अनेक ताल जान्ने (आइमाई); बिछट्टकी।
38953 त्रिदण्ड ना. १. सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड।
38954 त्रिदण्ड ना. २. मन, वचन र कर्मको संयम।
38955 त्रिदण्डी ना. १. मन, वचन र कर्मलाई वशमा राख्ने व्यक्ति; त्रिदण्ड लिएको सन्न्यासी।
38956 त्रिदण्डी ना. २. जनै।
38957 त्रिदश ना. देवता।
38958 त्रिदशालय ना. १. सुमेरु पर्वत।
38959 त्रिदशालय ना. २. स्वर्ग।
38960 त्रिदेव ना. ब्रह्मा, विष्णु र महेश्वर यी तीन देवता।
38961 त्रिदोष ना. शरीरमा हुने बात, पित्त र कफ यी तीन दोष; पित्त र कफको प्रकोपबाट हुने रोग; सन्निपात।
38962 त्रिधा क्रि. वि. तीन प्रकारले; तीन किसिमसँग।
38963 त्रिधार ना. तीनपाटे डाँठ भई त्यसका टुप्पामा सेता फूल फुल्ने एक प्रकारको सिउँडी।
38964 त्रिनगर ना. १. नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार।
38965 त्रिनगर ना. २. तीन सहर।
38966 त्रिनीलमानव ना. नृतत्त्व विज्ञानअनुसार द्वितीय हिमयुगका बिच समयमा जाभाको त्रिनील नामक ठाउँमा थियो भन्ने प्रमाणित गरिएको मानव; पुरातत्त्वविद् तथा नृतत्त्वविद्हरूले अस्थिका अवशेषका रूपमा प्राप्त गरेको नरवानरको अस्तित्व।
38967 त्रिनेत्र ना. शिव; त्रिलोचन।
38968 त्रिपट ना. १. हावा, घाम, पानी आदिका कारणले काठ- पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया।
38969 त्रिपट ना. २. साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट।
38970 त्रिपथ ना. १. ज्ञान, कर्म र उपासना- यी तीन मार्ग।
38971 त्रिपथ ना. २. आकाश, पृथ्वी र पाताल- यी तीन स्थान।
38972 त्रिपथ ना. ३. तीन दोबाटो।
38973 त्रिपथगा ना. गङ्गा; भागीरथी।
38974 त्रिपद ना. १. त्रिपाई।
38975 त्रिपद ना. २. तीन पदको समष्टि।
38976 त्रिपद ना. ३. विष्णुको वामन अवतार।
38977 त्रिपद ना. ४. तीन खुट्टा भएको; तीनखुट्टे।
38978 त्रिपदा ना. गायत्री।
38979 त्रिपन्न ना. १. पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क। वि.
38980 त्रिपन्न ना. २. पचास र तीनको योगसङ्ख्याको।
38981 त्रिपन्नौँ वि. गणना गर्दा त्रिपन्नको क्रममा परेको।
38982 त्रिपाई ना. तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल।
38983 त्रिपासा ना. चारपाटे हस्तिहाडका गोटी लडाएर खेलिने एक खेल।
38984 त्रिपिटक ना. विनय, अभिधम्म र सुत्त तीन पिटकमा विभाजित बौद्ध धर्मग्रन्थको नाम।
38985 त्रिपुण्ड्र ना. शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक।
38986 त्रिपुर ना. १. तीन नगरको समूह।
38987 त्रिपुर ना. २. पौराणिक कथाअनुसार पृथ्वी र पातालमा मय भन्ने राक्षसले बनाएको सुन, चाँदी र फलामका तीन नगर।
38988 त्रिपुरसुन्दरी ना. दुर्गा देवी।
38989 त्रिपुरारि ना. महादेव।
38990 त्रिपुरुष ना. तीन पुस्ताका व्यक्ति अर्थात् बाबु, बाजे र बुढा बाजे।
38991 त्रिफला ना. आयुर्वेदका अनुसार हर्रो, बर्रो र अमला- यी तीन फलहरूको समष्टि।
38992 त्रिबली ना. स्त्रीजातिको नाभिभन्दा केही माथि पेटमा पर्ने सौन्दर्यसूचक तीन रेखा।
38993 त्रिभङ्गी ना. बत्तिस मात्रा भएको, दश, आठ, आठ र छ मात्रामा यति हुने, जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द। (उदा.- काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको।)
38994 त्रिभुज ना. तीन सरल रेखा आपसमा मिली बनेको कोण; त्रिकोण।
38995 त्रिभुवन ना. १. स्वर्ग, मर्त्य र पाताल- यी तीन लोकको समुदाय; त्रिलोक।
38996 त्रिभुवन ना. २. नेपालको शाह वंशका आठौँ राजा; त्रिभुवनवीरविक्रम शाहदेव (वि. सं. १९६३ - २०११)।
38997 त्रिभुवन जयन्ती ना. फागुन ७ गतेका दिन मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस।
38998 त्रिभुवन पुरस्कार ना. साहित्य, कला आदिका क्षेत्रमा विशेष योगदान दिने लेखक, कलाकार आदिलाई प्रदान गर्ने उद्देश्यले २०१६ सालमा स्थापित एक पुरस्कार।
38999 त्रिभुवन प्रजातन्त्र श्रीपद ना. राजपरिवार तथा राष्ट्रिय महत्त्वका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०१३ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पुरस्कार।
39000 त्रिभुवन प्रज्ञा पुरस्कार ना. भाषा, साहित्य, संस्कृति, कला र ज्ञानविज्ञानका क्षेत्रमा प्रदान गर्ने उद्देश्यले २०३१ सालमा स्थापित एक पुरस्कार।