Dictionary

All Word

39001 त्रिभुवन राजपथ ना. थानकोटदेखि भैँसेसम्मको १९० कि. मि. लामो राजमार्ग; बाइरोड।
39002 त्रिभुवन विश्वविद्यालय ना. काठमाडौँमा वि. सं. २०१२ मा सङ्गठित तथा वि. सं. २०१६ मा स्थापित नेपालको पहिलो र ठुलो विश्वविद्यालय।
39003 त्रिमधु ना. घिउ, चिनी र महको समष्टि।
39004 त्रिमात्रिक वि. तीन मात्रा भएको (पद आदि); प्लुत (ध्वनि)।
39005 त्रिमूर्ति ना. १. हिन्दूहरूका तीन देव ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त रूप।
39006 त्रिमूर्ति ना. २. सूर्य।
39007 त्रियान ना. बौद्धधर्मका तीन यान- महायान, हीनयान र बज्रयानको सामूहिक नाम।
39008 त्रियानब्बे ना. १. नब्बे र तीनको योगसङ्ख्या ९३ को अङ्क । वि.
39009 त्रियानब्बे ना. २. नब्बे र तीनका योगसङ्ख्याको।
39010 त्रियानब्बेऔँ / त्रियानब्बेयौँ वि. गणनाका क्रमले त्रियानब्बेको सङ्ख्यामा परेको।
39011 त्रियासिऔँ / त्रियासियौँ वि. त्रियासी सङ्ख्यामा परेको; त्रियासी सङ्ख्याको।
39012 त्रियासी ना. १. असी र तीनको योगसङ्ख्या; ८३ को अङ्क। वि.
39013 त्रियासी ना. २. असी र तीनका योगफलको।
39014 त्रियासीऔँ / त्रियासीयौँ वि. हे. त्रियासिऔँ।
39015 त्रियुग ना. १. तीन युग (सत्य, त्रेता र द्वापर )।
39016 त्रियुग ना. २. वसन्त, वर्षा र शरद्- यी तीन ऋतुको समष्टि।
39017 त्रियुग ना. ३. तीन पुस्ताको समष्टि।
39018 त्रियुगा ना. सगरमाथा अञ्चलको उदयपुर जिल्लामा पर्ने एक प्रसिद्ध नदी; तिर्जुगा।
39019 त्रिरत्न ना. १. बुद्ध, धर्म र सङ्घ- यी तीनको सामूहिक नाम
39020 त्रिरत्न ना. २. ब्रह्मा, विष्णु र महेश्वर।
39021 त्रिरत्न ना. ३. सुन, चाँदी र तामा; त्रिलोह।
39022 त्रिलघु ना. छन्दशास्त्रका अनुसार वर्णयोजनामा तीन लघु भएको एक गण; नगण।
39023 त्रिलवण ना. सिँधे, साबरी र बिरे नुनको समष्टि।
39024 त्रिलोक ना. तीन लोक वा भुवन (स्वर्ग, मर्त्य र पाताल)।
39025 त्रिलोकनाथ ना. तीनै लोकका स्वामी (इन्द्र र शिव )।
39026 त्रिलोकेश ना. सूर्य।
39027 त्रिलोचन ना. १. शिव। वि.
39028 त्रिलोचन ना. २. तीन आँखे।
39029 त्रिलोह ना. सुन, चाँदी र तामा- तीन थरी धातुको समष्टि; त्रिरत्न ।
39030 त्रिवर्ग ना. १. धर्म, अर्थ र काम - यी तीन पुरुषार्थ।
39031 त्रिवर्ग ना. २. हानि, स्थिरता र वृद्धि - यी तीन स्थिति।
39032 त्रिवर्षीय वि. तीनवर्षे; तीन वर्षको; तीनतीन वर्षमा हुने; त्रिवार्षिक।
39033 त्रिवार्षिक वि. त्रिवर्षीय।
39034 त्रिविध वि. १. तीन प्रकारका । क्रि. वि.
39035 त्रिविध वि. २. तीन प्रकारले; तिगुना; तेहरो ।
39036 त्रिविभोक्ष ना. फोटोग्राफका त्रिआयामिक प्रभाव देखाउने एक उपकरण।
39037 त्रिवेणी ना. १. तीन नदीको सङ्गमस्थल।
39038 त्रिवेणी ना. २. प्रयागको गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थल।
39039 त्रिवेणी ना. ३. उदयपुर गढी, नवलपरासी, सुनसरी आदि जिल्लाका ठाउँविशेषको नाम जहाँ तीन नदीका सङ्गमस्थल छन्।
39040 त्रिवेणी ना. ४. हठयोगमा प्रयोग हुने, इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; त्रिकुटी; चन्द्रमण्डल।
39041 त्रिशक्ति ना. १. इच्छा, ज्ञान र क्रिया- यी तीन ईश्वरीय शक्ति।
39042 त्रिशक्ति ना. २. तन्त्रका अनुसार काली, तारा र त्रिपुरा- यी तीन देवीको समष्टि।
39043 त्रिशक्ति ना. ३. गायत्री।
39044 त्रिशक्ति पट्ट ना. राजपरिवारलाई, नेपालप्रति सद्भाव राख्ने विदेशी नागरिकलाई तथा राष्ट्रिय महत्त्वका नेपालीहरू प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित पाँच श्रेणीमा विभक्त एक पदक।
39045 त्रिशूल ना. शिवजीको प्रधान शस्त्र मानिने, तीन चुच्चो भएको एक हतियार; तिर्सुल।
39046 त्रिशूली ना. १. शिव।
39047 त्रिशूली ना. २. साँढे।
39048 त्रिशूली ना. ३. गोसाइँकुण्डबाट उद्‍गमित भई नेपालको मध्य भागमा बग्ने एक नदीको नाम।
39049 त्रिष्टुप् ना. छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्त।
39050 त्रिसट्ठिऔँ / त्रिसट्ठियौँ वि. गणनाका क्रमले त्रिसट्ठी सङ्ख्यामा परेको; त्रिसट्ठी सङ्ख्याको।