Dictionary

All Word

38901 त्रास ना. ३. झस्कँदा अस्थायी रूपले पैदा हुने भाव; व्यभिचारी भावको एक प्रकार।
38902 त्रासद/त्रासदी ना. रूढ अर्थमा खास गरी कथानक ज्यादै गम्भीर हुँदै भाग्य, नैतिक दुर्बलता, सामाजिक खराबी, मनोवैज्ञानिक कमजोरी आदिका कारणले मुख्य नायकको पतन भई दुःखमा अन्त्य नाटकको भेद; दुःखान्त (ट्रेजेडी)।
38903 त्रासदीय वि. त्रास दिने किसिमको; दुःखान्त वा त्रासदीसम्बन्धी।
38904 त्रासन वि. १. डरलाग्दो; भयङ्कर। ना.
38905 त्रासन वि. २. तर्साउने काम; डर देखाउने काम।
38906 त्राहि वि. बो. १. धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार। वि.
38907 त्राहि वि. बो. २. ज्यादै डराएको; थरहरी; त्रस्त।
38908 त्राहित्राहि ना. ज्यादै ठुलो आपत्मा परी डराउँदाको भाव वा व्यञ्जना।
38909 त्राहिमाम् बि.बो. त्राहि।
38910 त्रिंश वि. तिसौँ।
38911 त्रिंशत् ना. तिस।
38912 त्रि वि. तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने। जस्तै- त्रिकाल, त्रिपाद इ)।
38913 त्रिक ना. १. तीन संख्या वा वस्तुको समष्टि।
38914 त्रिक ना. २. मेरुदण्डको तल्लो भाग वि.
38915 त्रिक ना. ३. तेहरो।
38916 त्रिक ना. ४. तीन प्रतिशत।
38917 त्रिकटु ना. सुठो, मरिच र पिप्ला यी तीन पिरो स्वादका वस्तुहरूको समष्टि।
38918 त्रिकाठी ना. मृतकका दश दिनसम्मको प्रेतक्रिया गर्दा, ढिकुरामा प्रेतलाई जलदान गर्न विधिअनुसार प्रयोग गर्न तीनतीनवटा काठका सिटालाई धागाले बाँधी बनाइएको वस्तु; त्रिखुट्टी।
38919 त्रिकाल ना. १. कालका तीन खण्ड (भूत, भविष्य र वर्तमान अथवा प्रातः, मध्याह्न र सायम्)।
38920 त्रिकाल ना. २. व्याकरणमा क्रियाका भूत, भविष्य र वर्तमान यी तीन काल।
38921 त्रिकालज्ञ वि. तीनै कालका कुरा जान्ने; सर्वज्ञ।
38922 त्रिकालदर्शी वि. त्रिकालज्ञ।।
38923 त्रिकुटी ना. हठयोगमा उल्लेख भएअनुसार इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।
38924 त्रिकूटी ना. पूजाआजामा शङ्ख, अर्घौतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो; ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा; त्रिखुटी।
38925 त्रिकोण ना. १. ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र।
38926 त्रिकोण ना. २. जन्मकुण्डलीमा लग्नस्थानदेखि पाँचौँ र नवौँ स्थान। वि.
38927 त्रिकोण ना. ३. तीनकुने; तीनचुच्चे।
38928 त्रिकोणमिति ना. त्रिकोणका भुजा, कोण वा युगल भुजाको मान निकाल्ने गणितको एक शाखा।
38929 त्रिक्षार ना. जवाखार, सज्जीखार र स्वाग तीन रासायनिक तत्त्वको समष्टि।
38930 त्रिखण्ड पूर्वयुग ना. त्रिखण्डारम्भ युगभन्दा पहिलेको, अजीवकल्पको समय; भूगर्भशास्त्रका अनुसार आजभन्दा साढे चार अरब वर्षपहिले प्रारम्भ भएको युग।
38931 त्रिखण्डारम्भ युग ना. भूगर्भशास्त्रअनुसार आजभन्दा सन्ताउन्न करोड वर्षपहिलेको, जीवकल्पको प्रारम्भ भएको युग; एककोशीय जीव सृष्टि तथा प्रथम, द्वितीय र तृतीय खण्ड प्रारम्भ भएको युग; पुराजीवक प्रारम्भ भएको युग।
38932 त्रिखण्डी ना. १. पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिङले पाउने व्यवस्था।
38933 त्रिखण्डी ना. २. सो व्यवस्थाअनुसार मोहीले पाएको भाग।
38934 त्रिखुटी ना. त्रिकुटी।
38935 त्रिगण ना. चार पुरुषार्थमध्ये धर्म, अर्थ र काम यी तीनको समुदाय।
38936 त्रिगुण वि. १. सत्त्व, रज तथा तम तीन गुणले युक्त।
38937 त्रिगुण वि. २. तेहरो; तिगुना; तेवर |
38938 त्रिगुण वि. ३. सत्त्व, रज तथा तम - यी तीन गुणको समष्टि।
38939 त्रिगुणातीत वि. सत्त्व, रज तथा तम तीनै गुणले रहित भएको; निर्गुण।
38940 त्रिगुणित वि. तीनको सङ्ख्याले गुणन गरिएको; तिगुना पारिएको ।
38941 त्रिगूढ ना. नाटकको सौन्दर्य बढाउनाका निम्ति स्त्रीको वेष गरेका पुरुषहरूले गरिने मधुर नृत्य (लास्याङ्गको एक भेद)।
38942 त्रिचालिस ना. १. चालिस र तीनको योगसङ्ख्या; ४३ को अङ्क। वि.
38943 त्रिचालिस ना. २. चालिस र तीनका योगसङ्ख्याको।
38944 त्रिचालिसौँ वि. त्रिचालिस सङ्ख्यामा पर्ने।
38945 त्रिचालीस ना. हे. त्रिचालिस।
38946 त्रिचालीसौँ वि. हे. त्रिचालिसौँ।
38947 त्रिजगत् ना. वास्तु तथा मूर्तिकलामा प्रचलित, चालिस अमल बराबरको नापो; आयुध वा दिशाको चार गुणा बराबरको नापो।
38948 त्रिज्या ना. रेखागणितमा वृत्तको परिधिबाट केन्द्रसम्म खिचेको सरल रेखा; व्यासार्ध।
38949 त्रिताल ना. गायनको एक ताल।
38950 त्रिताले वि. १. एकदम बाठो; चुपिचन्डाल।