Dictionary

All Word

38851 त्यसो वि. १. त्योजस्तो; उसो; त्यस किसिमको। क्रि. वि.
38852 त्यसो वि. २. त्यता; त्यतातिर।
38853 त्यस्तरी क्रि. वि. त्यसरी; त्यस तरिकाले; त्यति धेरै वा जोडले; त्यसो गरी।
38854 त्यस्तो वि. त्योजस्तो; उस्तो; त्यस किसिमको; त्यति धेरै।
38855 त्यहाँ क्रि. वि. त्यता; त्यस स्थलमा।
38856 त्यहीँ क्रि. वि. त्यहाँ वा त्यता नै; त्यसै ठाउँ वा स्थितिमा नै।
38857 त्यही सर्व. त्यो नै; उही नै; ऊ नै; सोही; निजै; त्यै।
38858 त्याग्नु स.क्रि. १. त्याग गर्नु; छोड्नु; नलिनु।
38859 त्याग्नु स.क्रि. २. मया मार्नु; छुट्टी दिनु।
38860 त्याग्नु स.क्रि. ३. हटाउनु; बार्नु; वर्जित गर्नु।
38861 त्याग्नु स.क्रि. ४. अर्पनु; चढाउनु।
38862 त्याग ना. कुनै व्यक्ति, वस्तु, धारणा आदिबाट आफ्नो अधिकार, स्वत्व, माया, स्नेह वा सम्बन्धविच्छेद गर्ने काम; उत्सर्ग; छोड्ने काम; वैराग्य; मोचन।
38863 त्यागपत्र ना. राजीनामा; इस्तिफा।
38864 त्यागशील वि. त्याग्न सक्ने; मुक्तहस्त; उदार; दानशील।
38865 त्यागिनु क.क्रि. त्याग्ने काम गरिनु; हटाइनु ।
38866 त्यागी वि. १. सन्न्यासी; वैरागी; जोगी; भिक्षु।
38867 त्यागी वि. २. दाता; दानी; उदार; दानशील।
38868 त्यागी वि. ३. निस्पृह।
38869 त्याज्य वि. त्याग्न योग्य; छोड्न लायक।
38870 त्यान्द्रातुन्द्री ना. १. मसिना र थोरै मात्र त्यान्द्राहरू; त्यान्द्राको एकत्रित अवस्था।
38871 त्यान्द्रातुन्द्री ना. २. त्यान्द्राहरूको सिलोबालो वा बटुलबाटुल।
38872 त्यान्द्रो ना. कथ्य. त्यान्रो। कुनै पनि वस्तुको रेसा वा लामालामा टुक्रा; सुत; धागो।
38873 त्यार्र ना. १. कागज, कपडा आदि च्यात्दा आउने आवाज। क्रि. वि.
38874 त्यार्र ना. २. त्यसरी च्यातिने गरी; त्यार्र।
38875 त्यूरी / त्यूरे ना. हे. तिउरी / तिउरे।
38876 त्यै सर्व. हे. त्यही।
38877 त्यो सर्व. १. पूर्वकथित व्यक्ति; जनावर वा वस्तु; ऊ; सो; निज। वि.
38878 त्यो सर्व. २. अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई निर्दिष्ट गर्दा प्रयोग हुने शब्द। (उदा.- त्यो मानिस हाँस्दै छ। त्यो बिरालो कहाँ गयो ? त्यो काठ मेरो हो। )
38879 त्र त' तथा 'र' को संयुक्त रूप; त्र अक्षर।
38880 त्रय वि. तीन (जस्तो मुनित्रय, मित्रत्रय, रत्नत्रय, लोकत्रय इ)। )।
38881 त्रयी ना. १. ऋक्य, यजु र साम यी तीन वेदको समष्टि।
38882 त्रयी ना. २. तीनको समूह।
38883 त्रयी ना. ३. ब्रह्मा, विष्णु, महेश्वर।
38884 त्रयी ना. ४. पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी।
38885 त्रयी ना. ५. बुद्धि।
38886 त्रयोदश ना. तेह्र।
38887 त्रयोदशी ना. कृष्ण वा शुक्लपक्षको तेह्रौँ तिथि।
38888 त्रयोदश भूमि ना. १. बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता, विमला, प्रभाकरी आदि तेह्र प्रकारका ध्यानका अवस्था।
38889 त्रयोदश भूमि ना. २. चैत्य निर्माण गर्दा गर्भभन्दा माथि र शिरोभागभन्दा तल निर्मित गरिने काल्पनिक लोकको तह वा तेह्र तला।
38890 त्रसरेणु ना. दैलो, झ्याल, पर्खाल आदिका प्वालबाट भित्र पसेको सूर्यकिरणमा उडिरहेको देखिने धुलोको कण वा अणु।
38891 त्रस्त वि. १. डराएको; भयभीत; आतङ्कित।
38892 त्रस्त वि. २. कातर।
38893 त्रस्त वि. ३. चञ्चल; फुर्तिलो।
38894 त्राटक ना. योगका ६ गुणमध्ये एक; दृष्टिशक्ति तीव्र पार्न कुनै निश्चित विन्दुमा दृष्टि केन्द्रित गर्ने यौगिक साधन।
38895 त्राण ना. १. रक्षा; बचाउ; प्रतिरक्षा।
38896 त्राण ना. २. शरण; सहारा; आश्रय।
38897 त्राण ना. ३. छुटकारा; मुक्ति।
38898 त्राता वि. त्राण गर्ने; बचाउने; रक्षा गर्ने; आश्रय दिने।
38899 त्रास ना. १. डर; भय; अत्यास; झसक; तरास।
38900 त्रास ना. २. धक; सङ्कोच।