Dictionary

All Word

38751 तोपतिध्रे वि. भुसतिघ्रे।
38752 तोपाइ ना. तोप्ने काम वा काइदा।
38753 तोपाइनु क.क्रि. तोप्न लगाइनु।
38754 तोपाउनु प्रे. क्रि. तोप्न लाउनु।
38755 तोफु ना. भटमासको दुधबाट विशेष विधिका साथ तयार पारिने स्वादिष्ट पनिर।
38756 तोबा ना. अब यस्तो नगर्ने भनी कायल हुँदा भनिने शब्द; कायल; हैरानी।
38757 तोबा तोबा ना. १. हायलकायल। वि.बो.
38758 तोबा तोबा ना. २. चेतबाबा काशी।
38759 तोमर ना. १. भालाजस्तो एक प्राचीन अस्त्र।
38760 तोमर ना. २. बाह्र मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द।
38761 तोमर ना. ३. पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा।
38762 तोय ना. १. पानी।
38763 तोय ना. २. पूर्वषाढा नक्षत्र।
38764 तोयनिधि ना. समुद्र; सागर।
38765 तोयोमोयो ना. १. तेरोमेरोको विवाद; तोडिम।
38766 तोयोमोयो ना. २. बन्डाफन्डा; बाँडफाँड।
38767 तोयोमोयो ना. ३. छिनाफाना।
38768 तोरण/तोरन ना. १. विवाह, उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल, रङ्गिन कपडा आदिबाट बनाइने शोभाद्वार; सिंहद्वार; प्रवेशद्वार; बहिर्द्वार।
38769 तोरण/तोरन ना. २. माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला।
38770 तोरण/तोरन ना. ३. स्नानागारका नजिकको चौतारो।।
38771 तोरण / तोरन द्वार ना. प्रवेशद्वार; मूल ढोका।
38772 तोरियाँ ना. १. काँक्रो, फर्सी आदि झैँ वर्षायाममा लहरामा फल्ने, लामो आकारको हरियो तरकारी; घिरौँला।
38773 तोरियाँ ना. २. पाँच कुना परेका, खस्रा, हरिया पात हुने, डाँठयुक्त पहेँला रहरलाग्दा फूल फुल्ने र फूलका गर्भबाट लाम्चा, पोरैपोरा भएका चुच्चे फल फल्ने एक प्रसिद्ध तरकारी; रामतोरियाँ; भिन्डी।
38774 तोरी ना. छोटाछोटा हरिया पात हुने, पहेँला फूल फुल्ने, लाम्चा कोसाभित्र सानासाना काला वा खैरा दाना हुने सागविशेष वा त्यसका तैलधान्यमा गनिने दाना।
38775 तोरीगन्धे ना. १. तोरीको जस्तै पहेँलो फूल फुल्ने झारसमूहमा पर्ने वनस्पति। वि.
38776 तोरीगन्धे ना. २. तोरीको जस्तो गन्ध आउने।
38777 तोरीगाँड ना. ठुलो गाँडमाथि देखा परेको सानो पिड्को गाँड।
38778 तोरीगाँडे/ गाँडो ना. १. टाउकाको जुरोजति टलक्क टल्कने सेतो र अरू भाग खैरो हुने एक जातको चरो; तुलिगाँडो; तुलेगाँडो। वि.
38779 तोरीगाँडे/ गाँडो ना. २. तोरीगाँड भएको; गँड्याहा।
38780 तोरीचरो ना. असौजे चरो।
38781 तोरीझार ना. पहेँलो र सेतो रङको फूल फुल्ने, तोरी जस्तै मसिना गेडा फल्ने एक जातको झार।
38782 तोरीतेल ना. खान र जिउमा लगाउन स्वास्थ्यप्रद विशुद्ध तोरीको तेल; कडुवा तेल।
38783 तोरीलाहुरे ना. १. केही दिनको तडकभडकपछि फेरि ठन्डाराम भएको व्यक्ति।
38784 तोरीलाहुरे ना. २. जिउडाल र रवाफमा खाइलाग्दो तर व्यवहारमा विश्वास गर्न नसकिने, काम र कुराको ठेगान नभएको मान्छे।
38785 तोरीलाहुरे ना. ३. रद्दी; बिकामे; लठ्ठक; लम्फु।
38786 तोर्मा ना. भात वा भुटेको गहुँको पिठो महमा मुछेर बनाइएको कुनै पशुपक्षी वा चैत्यका आकारको चिज।
38787 तोर्मे वि. १. तोर्मा खाने।
38788 तोर्मे वि. २. अनिकाले; दरिद्री।
38789 तोर्मे वि. ३. पाखे; असभ्य।
38790 तोर्लाङे वि. १. बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू।
38791 तोर्लाङे वि. २. पातलो झोल भएको; निकै पन्यालो। ना.
38792 तोर्लाङे वि. ३. हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे।
38793 तोला ना. सय वा छ्यान्नब्बे लालको परिमाण वा तौल (सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छ्यान्नब्बे लालको गणना हुन्छ)।
38794 तोलाको बोली ना. कदर गर्नुपर्ने, महत्त्वको बोली वा वचन।
38795 तोष ना. १. सन्तोष; परितोष; तृप्ति।
38796 तोष ना. २. खुसी; प्रसन्नता।
38797 तोषक वि. सन्तुष्ट वा प्रसन्न तुल्याउने।
38798 तोषण ना. तोष।
38799 तोषित वि. सन्तुष्ट वा प्रसन्न पारिएको; तुष्ट।
38800 तोस १ ना. खेतबारीमा आउने पानी बढ्ता भएमा वा आउनै दिनु नपरेमा तर्काउनका लागि बनाइएको खाँद; भलेटो; कुलेसो ।