Dictionary

All Word

39051 त्रिसठ्ठी ना. १. साठी र तीन जोड्दा हुने योगफल; ६३ को अङ्क। वि.
39052 त्रिसठ्ठी ना. २. साठी र तीनका योगसङ्ख्याको।
39053 त्रिसट्ठीऔँ / त्रिसट्ठीयौँ वि. हे. त्रिसट्ठिऔँ।
39054 त्रिसन्धि ना. जवाकुसुमका छाँटको एक थरी फूलविशेष।
39055 त्रिसन्ध्या ना. प्रातः, मध्याह्न र सायम् गरी दिनका तीन काल।
39056 त्रिसाला ना. तीन वर्षको म्याद राखेर गरिएको कारोबार।
39057 त्रिस्थली ना. काशी, प्रयाग र गया - यी तीन प्रसिद्ध तीर्थस्थान।
39058 त्रिस्वर ना. ध्वनिविज्ञानका अनुसार उकालोलाई ओरालाले पछ्याएको स्वरश्रुति; त्रिस्वरीभूत द्विस्वर।
39059 त्रिहत्तर ना. १. सत्तरी र तीनका सङ्ख्याको योगफल; ७३ को अङ्क। वि.
39060 त्रिहत्तर ना. २. सत्तरी र तीनका योगसङ्ख्याको।
39061 त्रिहत्तरौँ वि. गणना गर्दा त्रिहत्तरको क्रममा परेको।
39062 त्रिहित्ती वि. १. तीन हातको गज वा चौडाइ भएको।
39063 त्रिहित्ती वि. २. त्यस नापको कपडा।
39064 त्रुटि ना. १. गल्ती; भुलचुक।
39065 त्रुटि ना. २. कमी।
39066 त्रुटित वि. १. काटिएको; भाँचिएको; फुटेको; चुँडिएको।
39067 त्रुटित वि. २. भुल भएको; गल्ती भएको।
39068 त्रेता ना. पुराणादिअनुसार चार युगमध्येको दोस्रो युग।
39069 त्रेता युग ना. सत्य, त्रेता, द्वापर र कलि चार युगमध्ये दोस्रो युग।
39070 त्रेताग्नि ना. धर्मशास्त्रका अनुसार दक्षिण, गार्हपत्य र त्रिशूल - त्वार्र ॥ आहवनीय - यी तीन अग्निको समष्टि।
39071 त्रैकालिक वि. भूत, भविष्य र वर्तमान- यी तीन कालसँग सम्बद्ध।
39072 त्रैमासिक वि. तीनमहिने; तीन महिनाको; प्रत्येक तीनतीन महिनामा आउने वा हुने (पत्रिका, बजेट) आदि।
39073 त्रैराशिक वि. गणितमा तीन ज्ञात राशिका सहायताले चौथौ राशिको पत्तो लगाउने एक प्रक्रिया।
39074 त्रैलोक्य ना. तीन लोक अर्थात् स्वर्ग, मर्त्य र पातालको समष्टि; त्रिलोक।
39075 त्रोटक ना. १. देवता र मनुष्य दुवै थरी पात्र हुने प्रत्येक अङ्कमा विदूषक रहने, प्रधान रस शृङ्गार र अङ्कहरू पाँच, सात, आठ वा नौमध्ये कुनै पनि हुन सक्ने एक रूपक (उदा.- विक्रमोर्वशीय)।
39076 त्रोटक ना. २. गर्भनामक नाटकसन्धिको एक अङ्ग।
39077 त्र्यम्बक ना. तीन नेत्र भएका देवता; शिव।
39078 त्व प्रत्य. शब्दका पछाडि जोडिएर भाव, गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय (जस्तो- पुरुषत्व, स्वामित्व, पशुत्व इ)। )।
39079 त्वचा ना. चर्म; छाला।
39080 त्वम् सर्व. तिमी।
39081 त्वरा ना. शीघ्रता; क्षिप्रता; वेग।
39082 त्वरित् वि. शीघ्रगामी; छिटो हिँड्ने; वेगवान्; फुर्तिलो।
39083 त्वरित् भूक्षय ना. प्राकृतिक वा अन्य कृत्रिम कारणबाट छिटोछिटो हुने भूक्षय।
39084 त्वष्टा ना. १. देवताका कर्मी; विश्वकर्मा।
39085 त्वष्टा ना. २. अष्टप्रजापतिमध्ये एक।
39086 त्वारत्वार क्रि. वि. पानीको मसिनो धा बग्दाको आवाज आउने गरी।
39087 त्वारत्वारती/त्वारत्वारी क्रि. वि. अझ बढी त्वारत्वार भएर।
39088 त्वार्र ना. १. पानी, पिसाब, रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द। क्रि.वि.
39089 त्वार्र ना. २. त्यसरी धारो खस्ने गरी वा खसालेर।
39090 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन; दन्त्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको दोस्रो वर्ण वा अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न। नत्थजस्तो थ; घोरमुखा थ।
39091 थकथक ना. १. पश्चात्ताप; पछुतो; पछुताउ; थक्क; चुकचुक; थकथकी। वि.
39092 थकथक ना. २. पश्चात्तापमा परेको; थकथकाएको।
39093 थकथकाइ ना. थकथकाउने भाव, क्रिया वा किसिम।
39094 थकथकाइनु अ. क्रि. थकथक गरिनु।
39095 थकथकाउनु अ. क्रि. चुकचुकाउनु; पछुताउनु; थक्कथक्क मान्नु; पश्चात्ताप गर्नु।
39096 थकथकी ना. चुकचुकी; थकथक।
39097 थकथके वि. पछुताउने; थक्कथक्क गर्ने; पश्चात्ताप गर्ने; थकथकाउने बानी भएको।
39098 थकाइ ना. थाक्ने क्रिया वा प्रक्रिया; थकावट।
39099 थकाइनु क.क्रि. थाक्ने पारिनु।
39100 थकाइलो वि. थाक्ने स्वभावको।