Dictionary

All Word

38251 तुङ्गा ना. दुई नगण र दुई गुरु भएको एक छन्द।
38252 तुङ्गिमा ना. अग्लाइ; उचाइ।
38253 तुङ्वा ना. उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो।
38254 तुच्छ वि. १. नीच, चुत्थो; छोटो।
38255 तुच्छ वि. २. नगण्य; जाबो; सानो।
38256 तुच्छ वि. ३. अल्प; क्षुद्र; हीन।
38257 तुच्छ वि. ४. मन्द; निःसार; शून्य।
38258 तुच्छ वि. ५. निर्धन; दीन।
38259 तुच्छता ना. नीचता; अल्पता।
38260 तुच्छिनु अ.क्रि. तुच्छ बन्नु।
38261 तुच्छ्याइ ना. तुच्छिने वा तुच्छ बन्ने काम वा काइदा।
38262 तुच्छ्याइनु क. क्रि तुच्छ पारिनु।
38263 तुच्छ्याउनु प्रे. क्रि. तुच्छ पार्नु वा तुल्याउनु।
38264 तुजुक ना. १. अहङ्कार; घमन्ड; सेखी।
38265 तुजुक ना. २. बल; तागत; शक्ति; हुती।
38266 तुजुक ना. ३. मात; मद; लागो।
38267 तुण्ड ना. १. मुख; अनुहार; थुतुनो; चुच्चो।
38268 तुण्ड ना. २. सुँड।
38269 तुण्ड ना. ३. कुनै चिजको टुप्पो।
38270 तुण्डि ना. १. तुण्ड भएको वस्तु (मुख, चुच्चो, थुतुनु आदि)। वि.
38271 तुण्डि ना. २. टुँडवाला।
38272 तुण्डिल ना. १. गफाडी; बतुरो; वाचाल।
38273 तुण्डिल ना. २. नाइटो बाहिर निस्केको; नाइटे।
38274 तुण्डी वि. १. तुण्ड भएको; टुँडवाला; थुतुनु। ना.
38275 तुण्डी वि. २. शिवका एक गणको नाम; गणेश।
38276 तुतुरो ना. पुरुषको लिङ्ग; तुन्तुरो (बालबोलीमा)।
38277 तुन्नु स.क्रि. १. फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु।
38278 तुन्नु स.क्रि. २. सियाले फड्कनु।
38279 तुन ना. तुन्ने कार्य ( तानतुन' वा 'तुनतान' मा सीमित)।
38280 तुनतान ना. च्यातिएका वा फाटेका लुगा; कपडा आदि सिउनेव काम कुनै पनि वस्तु वा चिजलाई जोडजाड गर्ने; मिलाउने आदि काम।
38281 तुनाइ ना. तुन्ने क्रिया वा प्रक्रिया।
38282 तुनाइनु क. क्रि तुन्ने वा तुनिने पारिनु।
38283 तुनाउनु प्रे. क्रि. तुन्न लगाउनु तुनिने पार्नु।
38284 तुनिनु क. क्रि तुनाइमा पर्नु; तुनाइमा परेको हुनु।
38285 तुनियाँ ना. लँगौटी।
38286 तुनु ना. १. दौरा; भोटो; चौबन्दी आदिमा टाँकका सट्टामा गाँसिने त्यान्द्रे बन्धन; तुनो।
38287 तुनु ना. २. सिरक; डसना; सिरानी आदिका खोलमा मुख बन्द गर्न राखिने त्यस्तै वस्तु; फित्ता; तुना; तुन; घुँडी।
38288 तुने वि. तुनो भएको; तुनावाल; तुनाका आकारको "नोजस्तो त।
38289 तुने च्याउ ना. जमिनमा पलाउने; तुनाजस्तो लाम्चो हुने एक जातको च्याउ।
38290 तुने बारुलो ना. तुना जस्तै लामो गुँडमा गोलो लगाएर बस्ने; सानो आकारको देखिने; विषालु खालको; पतङ्गवर्गमा पर्ने एक किरो; बारुलाको एक जात।
38291 तुने बोडी ना. लहराका आँख्ला आँख्लामा फल्ने; लामा र नरम कोसा हुने एवं कोसाभित्र दाना लाग्ने; एक जातको तरकारीविशेष; तनेबोडी; बोडीको एक जात।
38292 तुनो ना. हे. तुनु।
38293 तुन्कनु स.क्रि. १. घरको मसिनु काम गर्नु।
38294 तुन्कनु स.क्रि. २. तुन्नु।
38295 तुन्काइ ना. तुन्कने काम वा प्रकिया।
38296 तुन्केसो ना. घरको सानोतिनो काम; तानतानतुनतुन। घरधन्दा; कोठेधन्दा;
38297 तुन्तुरी / तुन्तुरो ना. तुतुरो; ढुकुर (बा.बो. )।
38298 तुन्द्रा ना. १. ध्रुवप्रदेशका आसपासको हिउँले ढाकिएको जमिन।
38299 तुन्द्रा ना. २. हिमालको त्यस्तै जमिन; खागर।
38300 तुफान ना. जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आँधी; समुद्रतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी।।