Dictionary

All Word

38301 तुफानी वि. १. तुफानसम्बन्धी; तुफानको।
38302 तुफानी वि. २. ठुलो उपद्रो मच्चाउने; उत्पाती।
38303 तुमडी ना. जोगीको भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
38304 तुमुल वि. १. अत्यन्त उत्कट वा तीव्र; प्रचण्ड; घोर (जस्तो- तुमुल ध्वनि, तुमुल युद्ध)। ना.
38305 तुमुल वि. २. सेनाको कोलाहल; युद्धको हलचल।
38306 तुम्बा ना. पेट झन्डै गोलाकार भई फुकेको र घाँटीचाहिँ सानो हुने एक प्रकारको लौका; तुम्बिका।
38307 तुम्बी ना. १. सानो आकारको तुम्बा।
38308 तुम्बी ना. २. तुम्बाका आकारको भाँडो।
38309 तुम्बी ना. ३. पेट वा शरीरका अन्य अङ्गमा भएको वात, विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो।
38310 तुम्बुरु ना. विष्णुका नजिक रहने एक गन्धर्वको नाम।
38311 तुम्बो ना. १. छिप्पिएको तुम्बाभित्रको गुदी, कसिङ्गर आदि निकाली बनाइएको भाँडो।
38312 तुम्बो ना. २. पेट; भुँडी।
38313 तुम्लेट ना. साथैमा बोकेर टाढा कतै सुरक्षित तवरले लान सकिने,पानी राख्ने धातु वा प्लास्टिकको भाँडो।
38314 तुर्नु स.क्रि १. टुङ्ग्याउनु; सिद्ध्याउनु; समाप्त गर्न; सक्नु।
38315 तुर्नु स.क्रि २. काम पूरा गर्नु; तामिल गर्नु; तय गर्नु।
38316 तुर्नु स.क्रि ३. भ्याउनु।
38317 तुरग ना. घोडा; अश्व।
38318 तुरग ब्रह्मचर्य ना. स्त्री नै नपाउनाले मात्र लिइएको वा अँगालिएको ब्रह्मचर्य।
38319 तुरङ्ग ना. १. घोडा; तुरग।
38320 तुरङ्ग ना. २. मन; चित्त।
38321 तुरतुर ना. तरल पदार्थ आदिको लगातारको झराइ वा त्यसरी झर्दाको ध्वनि।
38322 तुरतुरती क्रि. वि. अझै छिटो तुरतुर हुने गरी।
38323 तुरतुराइ ना. तुरतुर हुने क्रिया वा प्रक्रिया।
38324 तुरतुराइनु अ.क्रि तुरतुर होइनु।
38325 तुरतुराउँदो वि. तुरतुर झर्ने खालको; तुरतुर झर्लाजस्तो।
38326 तुरतुराउनु अ.क्रि तुरतुर हुनु वा झर्नु।
38327 तुरतुरिनु अ.क्रि तुरतुर हुनु; तुरतुर झर्नु।
38328 तुरतुरे वि. १. तुरतुर आउने; तुरतुर झरिरहने। ना.
38329 तुरतुरे वि. २. रोकिईरोकिई थोरै मात्रामा पिसाब हुने एक रोग।
38330 तुरतुऱ्याइ ना. तुरतुरिने क्रिया वा प्रक्रिया।
38331 तुरही ना. सनहीभन्दा केही ठुलो आकारको मुखले बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा।
38332 तुराइ ना. तुर्ने भाव, क्रिया वा प्रक्रिया; समाप्ति।
38333 तुराइनु क.क्रि. तुर्ने पारिनु।
38334 तुराउनी ना. तुर्नी।
38335 तुराउनु प्रे. क्रि तुर्न लगाउनु; समाप्त पार्नु।
38336 तुरिनु क.क्रि. १. तुर्ने पारिनु; सकिनु। अ.क्रि.
38337 तुरिनु क.क्रि. २. समाप्त हुनु।
38338 तुरिफुरी ना. घमन्ड; सेखी; अभिमान; चुरिफुरी।
38339 तुरी १ ना. लिङ्ग वा मूत।
38340 तुरी २ ना. लुगा बुन्ने एक उपकरण; थुरी।
38341 तुरीय वि. १. चौथो; चतुर्थ। ना.
38342 तुरीय वि. २. ब्रह्म वा परमात्माका साथ तदाकार हुन पुग्ने प्राणीका आत्माका चारौँ अवस्था; भेदज्ञानको समाप्ति भई आत्मा ब्रह्मचैतन्य हुने योगको अवस्था; मोक्ष।
38343 तुरीय वि. ३. मुखबाट उच्चारण हुँदाको वाणीको अवस्था; वाणीका परा, पश्यन्ती, मध्यमा र वैखरी चार भेदमध्ये एक (वैखरी )।
38344 तुरीय वि. ४. विशेष गरी वास्तु र मूर्तिकलामा प्रयोग हुने चार अमल बराबरको नापो; चार इन्चीको नापो।
38345 तुरीय वि. ५. वर्णाश्रमव्यवस्थाअनुसार वानप्रस्थ आश्रमभन्दा पछि ग्रहण गरिने सन्न्यासाश्रम; चतुर्थाश्रम।
38346 तुरीय यन्त्र ना. सिद्धान्त ज्योतिषमा ग्रहहरूको अंश नाप्ने काममा प्रयोग गरिने यन्त्र।
38347 तुरुक्क क्रि. वि. १. कुनै पनि तरल पदार्थ (पानी, आँसु, तेल आदि) सानोभन्दा सानो परिमाणमा चुहुने गरी; तप्प; तरक्क। वि.
38348 तुरुक्क क्रि. वि. २. थोरै; अपर्याप्त।
38349 तुरुङ ना. कानुन वा सामाजिक नियमका दृष्टिले अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने, दुइटा ठुलठुला काठमा प्वाल खोपिएको उपकरण; ठिँगुरो।
38350 तुरुतुरु क्रि. वि. कुनै पनि तरल पदार्थ (आँसु पानी, पिसाब, तेल आदि) खटाईखटाई लगातार झर्दै वा तुर्किंदै।