Dictionary

All Word

38151 तीक्ष्ण वि. ४. तिक्खर स्वादको।
38152 तीक्ष्णकन्द ना. भित्र खोक्रा भएका हरिया लामा पात हुने, लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने, माटोमुनि आलु जस्तै गोल, थेप्चा दाना फल्ने, तरकारी, मसला र औषधीका काममा आउने, पहेँलो, रातो र सेतो तीन थरी बोक्रा हुने प्रसिद्ध कन्द।
38153 तीक्ष्णता ना. तीक्ष्ण हुनाको भाव वा स्थिति।
38154 तीक्ष्णदृष्टि वि. साह्रै सूक्ष्म कुरा पनि भित्रैसम्म गहिरिएर बुझ्न सक्ने; सूक्ष्मदृष्टि ।
38155 तीक्ष्णबुद्धि वि. तिखो बुद्धि भएको; बुद्धिमान्; कुशाग्र।
38156 तीखो वि. हे हे. तिखो।
38157 तीज ना. हे. तिज।
38158 तिजरो ना. हे. तिजरो।
38159 तीजे ना. हे. तिजे।
38160 तीते ना. हे. तिते।
38161 तीतो वि. हे. तितो।
38162 तीन ना. १. दुईपछिको सङ्ख्या; दुई र एकको जोड। वि.
38163 तीन ना. २. दुई र एकका योगसङ्ख्याको।
38164 तीनअन्नी ( तीनन्नी) ना. नेपालमा पहिले चलेको तीन आना मूल्यको पैसा।
38165 तीनआँख्ले ना. तीनतारे।
38166 तीनकाना ना. तीन पोट पर्ने पासाको एक दाउ।
38167 तीनखुट ना. थारूहरूमा प्रचलित कन्या साटासाट गर्न नपाएमा तेस्रो घरकी कन्या मिलाइदिने चलन। (यसो गर्दा तेस्रो पक्षले पहिलो पक्षलाई कन्या दिने मात्रै हुँदा झाङा पाउँछ। हे. झाङा पनि।)
38168 तीनगिर ना. सानो चौडाइ भएको, दाँती परेका लाम्चा पात हुने र गुलाफी फूल फुल्ने मझौला खालको रुखविशेष।
38169 तीनचम्के ना. १. चम्का जस्तै तीनतिर रहेका डाँडा, थुम्का वा ढिस्काको समूह। वि.
38170 तीनचम्के ना. २. तीन चक्का भएको।
38171 तीनछक ना. १. उदेक लाग्ने स्थिति; आश्चर्य। क्रि. वि.
38172 तीनछक ना. २. जिल्लाराम।
38173 तीनतारा तित्रिक ना. १. तित्राको आवाज वा बोली।
38174 तीनतारा तित्रिक ना. २. ( त्यसै आधारमा) तित्रो।
38175 तीनतारे ना. १. आकाशमा लहरै परेका देखिने, मृगशिरा नक्षत्र मानिएका तीनवटा ताराको समूह; तीनआँख्ले। वि.
38176 तीनतारे ना. २. तीनवटा तारा भएको (बाजा, झन्डा आदि)।
38177 तीनतियाली ना. तेस्रोपल्ट ( दुईपल्ट भएपछि तेस्रोपल्ट पनि हुन्छ नै भन्ने रूढिबुढी अनुसार); तीनताली।
38178 तिनतोले ना. बिहेमा दुलहीको सिउँदोमा हालिने तीन तोला सिँदुर।
38179 तीन त्रिभुवन / त्रिलोक ना. स्वर्ग, मर्त्य र पाताल तीनै लोक; सारा संसार।
38180 तीनधर्के वि. तीनवटा धर्का भएको ('ण' अक्षर)।
38181 तीनधाम ना. द्वारका, रामेश्वर र जगन्नाथ पुरी यी तीन धाम।
38182 तीन न तेह्र ना. न तीनदिने न तेह्रदिने (जुठो बार्नु नपर्ने); जुठपिण्डी नभएको बन्धुजस्तो; बेकामे; सरोकारविनाको।
38183 तीनपत्रे ना. ज्यामिरका जस्ता तीनतीन पात हुने र ज्यामिरकै जस्तो अमिला फल फल्ने एक जातको रुख वा त्यसैको फल।
38184 तीनपाते ना. १. तीनवटा पात मात्र गाँसेर बनाइने टपरी।
38185 तीनपाते ना. २. तिनौटा मात्रै पात हुने एक जातको झार; चरीअमिलो। वि.
38186 तीनपाते ना. ३. साह्रै चनाखो; बित्पाते।
38187 तीनपाने वि. १. तीनवटा खोल्सा वा सोताको पानी मिलेको। ना.
38188 तीनपाने वि. २. पानी तीनपल्ट मात्र फेरिनाले कडा बनेको र असल किसिमको रक्सी।
38189 तीनपुस्ते वि. वंशानुक्रमले गनिने तीन पुस्ताभित्रको नाम भएको वा लेखिएको (कागत, विवरण आदि )।
38190 तीनफटाका ना. वैष्णवहरूले लाउने ठाडो तीनधर्के टिको।
38191 तीनमुहानी ना. तीनवटा नदीको मुहान भएको ठाउँ; तीन ठाउँबाट पानी निस्कने ठाउँ।
38192 तीनसहर ना. नेपालका चार भञ्ज्याङभित्र (काठमाडौँ उपत्यकामा ) रहेका प्रख्यात तीनवटा सहर (कान्तिपुर, ललितपुर र भक्तपुर )।
38193 तीनसरकार ना. नेपालमा प्रजातन्त्र आउनुभन्दा अघि; १०९७ सालअघिका राणाकालीन प्रधानमन्त्रीहरूको उपाधि।
38194 तीनसल्ली ना. तीन सल्ला बराबर घाम माथि आउने अर्थात् दिनको लगभग नौ बजेको वेला वा भड्किएको समय।
38195 तीनसाँझ ना. बिहान, दिउँसो र बेलुका (उदा.- तीनसाँझ खाएर पनि ऊ खानै नपाए झैँ गर्छ। )।
38196 तीर१ ना. १. नदी वा खोलाको दुईतिरको किनार; तट।
38197 तीर१ ना. २. छेउ।
38198 तीर२ ना. बाण, काँड।
38199 तीरन्दाज ना. बाण हान्ने मानिस; निसानाबाज; धनुर्धारी।
38200 तीरन्दाजी ना. बाण हान्ने सिप वा अभ्यास।