Dictionary

All Word

38051 तिरिनु क. क्रि. सापटी वा पैँचो फिर्ता दिइनु; तिर्ने काम गरिनु।
38052 तिरिमिरी ना. चर्कोसँग तिरमिर हुने चाल; तिरमिर।
38053 तिरिमिरी झ्याइँ ना. १. कमजोरी वा अन्य कारणले आँखा स्पष्ट नदेखिने किसिम; तिरमिराउने अवस्था।
38054 तिरिमिरी झ्याइँ ना. २. ज्यादा चम्किलो वस्तु हेर्दा आँखाले ठम्याउन नसकिने स्थिति।
38055 तिरिमिरी झ्याइँ ना. ३. जिल्ल पर्ने चाल। क्रि. वि.
38056 तिरिमिरी झ्याइँ ना. ४. तिरमिर हुने गरी।
38057 तिरिस ना. लामो, मोटो र टाउको सानो हुने एक जातको सर्प।
38058 तिरुवा वि. १. तिरो तिर्नुपर्ने; तिरो लागेको। २ तिर्ने।
38059 तिरुवा बिर्ता ना. केही पोता लागेको बिर्ता जग्गा।
38060 तिरुवा माफी बिर्ता ना. तिरो तिर्न नपर्ने बिर्ता जग्गा। (अचेल यस्ता जग्गा खारिज गरी रैकरमा परिणत भएका छन्।)
38061 तिरो ना. जग्गाको पोत, कुत वा बाली; मालपोत; भूमिकर।
38062 तिरोतारो ना. मोहीले तल्सिङलाई बाली तिर्ने काम; तिरोभरो।
38063 तिरोधान ना. लोप हुने काम; हराउने वा बिलाउने स्थिति; तिरोभाव।
38064 तिरोभरो ना. मोहीले तल्सिङलाई बाली तिर्ने काम; तिरोतारो।
38065 तिरोभाव ना. अन्तर्धान; तिरोधान।
38066 तिरोहित वि. १. गायब भएको; लुप्त।
38067 तिरोहित वि. २. छोपिएको; ढाकिएको।
38068 तिर्की ना. १. तासको तीन फुट्टी भएको चक्की।
38069 तिर्की ना. २. पच्चिस का खेलको एक दाउ; तिया।
38070 तिर्खा ना. १. पानी आदि खाने इच्छा; प्यास; पिपासा।
38071 तिर्खा ना. २. आफूलाई मन परेको वस्तु पाउने तीव्र इच्छा; तृष्णा; तिर्सना।
38072 तिर्खाइ ना. तिर्खाउने क्रिया वा प्रक्रिया; तिर्खा लागेको अवस्था।
38073 तिर्खाइनु ना. तिर्खा लागिनु।
38074 तिर्खाउनु अ.क्रि. पानी खान मन लाग्नु; तिर्खा लाग्नु।
38075 तिर्खालु वि. तिर्खाएको वा तिर्खाइरहने; तृषित; प्यासी।
38076 तिर्जा ना. १. पुरानो चलनअनुसार सैनिक अफिसर जवानहरूले जागिरको सट्टा बाली मात्र उठाई खान पाउने गरी पाएको जग्गाको रसिद; जागिरबापत तोकिएको बाली उठाई खान पाउने रसिद।
38077 तिर्जा ना. २. जग्गाजमिनको नम्बरी प्रथा वा त्यस्तो जग्गालाई दिइने निस्सा ।
38078 तिर्थे वि. तीर्थस्नानको; तीर्थसम्बन्धी; तीर्थको।
38079 तिर्थेभाइ ना. तीर्थ जाँदा सँगै जाने साथी; तीर्थ जाने साथी।
38080 तिर्थेभोज ना. तीर्थ गरी फर्केर आउने यात्रीहरूले नाताकुटुम्ब; इष्टमित्रलाई खुवाउने भोज।
38081 तिर्यक् वि. १. छड्के; टेढो; बाङ्गो। ना.
38082 तिर्यक् वि. २. पशुपक्षी आदि प्राणी।
38083 तिर्यक् कारक ना. मूल रूप विकृत भएको वा विभक्ति चिह्नसहितको रूप (जस्तै - 'छोरो' को छोरा। )
38084 तिर्यग्जाति ना. तेर्सो बढ्ने जाति; पशुपक्षी।
38085 तिर्र क्रि. वि. बिस्तार थोरै बेर पानी पर्ने वा धारो आदि खस्ने गरी।
38086 तिर्सना ना. १. खानेपिउने इच्छा।
38087 तिर्सना ना. २. कुनै कुरा पाउने मनको धोको; अभिलाषा।
38088 तिर्सना ना. ३. कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता।
38089 तिल ना. १. लाम्चा मसिना पात हुने, सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट।
38090 तिल ना. २. त्यसैको कोसाभित्र हुने, पेल्दा राम्रो तेल आउने, अचार खाइने र देवपितृकार्यमा चाहिने विशेषतः कालो, खैरो र सेतोसमेत तीन रङका हुने, मसिना, थेप्चा गेडा।
38091 तिल ना. ३. शरीरमा हुने सानो दाग वा चिह्न; कोठी।
38092 तिलक ना. १. होम गर्दा डढेको चरुहरूको कालो टिको।
38093 तिलक ना. २. निधार, छाती र पाखुरामा लगाइने चन्दन, केसर आदिको चिह्न।
38094 तिलक ना. ३. वैवाहिक सम्बन्ध स्थिर गर्दा दुलहीपक्षबाट दुलहालाई दिइने रीतभाँतअनुसारको द्रव्य।
38095 तिलक ना. ४. राज्याभिषेकको कर्म।
38096 तिलक ना. ५. चन्दन; टिको।
38097 तिलकपाती ना. कुनै मङ्गलकार्य सकिएपछि पुरोहितबाट लगाइने तिलक र फूलपाती।
38098 तिलकमुद्रा ना. भक्तहरूले शरीरमा लाउने चन्दनको शङ्ख, चक्र आदिको चिह्न वा छाप।
38099 तिलकाने वि. १. कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो)। स्त्री. तिलकानी। ना.
38100 तिलकाने वि. २. एक जातको भारविशेष।