Dictionary

All Word

37951 तितीक्षा ना. १. जस्तोसुकै सुखदुःख; घामपानी आदि भोग्नुपरे तापनि सहने शक्ति; सहिष्णुता।
37952 तितीक्षा ना. २. शान्ति; क्षमा।
37953 तितीक्षु वि. सहन सक्ने; सहनशील।
37954 तिते ना. १. काँक्राको भेट्नुपट्टिको तितो हुने भाग।
37955 तिते ना. २. भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो झार।
37956 तितेकरेला / करेलो ना. घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएका, भित्र राता बियाँ हुने र तितो स्वाद हुने, करेलाको एक जात।
37957 तिते गोलकाँक्री ना. तितो स्वाद हुने एक जातको गोलकाँक्री।
37958 तिते घाँस ना. सानोसानो बुटो हुने, तितो स्वादको एक जातको घाँस।
37959 तितेचिराइतो ना. ठुल्ठुला लाम्चा पात हुने, तुलसीको जस्तो फूल फुल्ने र रातो डाँठ हुने एक जातको चिराइतो; किराततिक्त।
37960 तितेझार ना. सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रङको हुने, तितो स्वादको, विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने बुटीझारविशेष
37961 तितेतुम्बा ना. तितो स्वाद हुने एक जातको तुम्बा।
37962 तितेपाती ना. गोदावरीका जस्ता पात हुने, मञ्जरीका रूपमा फूल फुल्ने, चर्को गन्ध आउने, तितो स्वादको झारविशेष।
37963 तितेफापर ना. फापर जस्तै तर खाँदा अलि तितो हुने एक प्रकारको फापर।
37964 तितेमाछो ना. भेलमा बगेर आउने, तितो स्वाद हुने, एक किसिमको माछो।
37965 तितेनी वि. तीतेपातीको घारी।
37966 तितो वि. १. करेलो, नीम, चिराइतो आदिका स्वादको; तिक्त। ना.
37967 तितो वि. २. छ रसमध्ये एक रस; तितो स्वाद ।
37968 तितौरा ना. १. भिजाएको चना, मास, मुगी, आलु आदि पिँधेर हुँडली बनाएको लेदाको ससाना डल्ला पारी सुकाइएको तरकारीविशेष।
37969 तितौरा ना. २. आँप, अमला, लप्सी आदिको लेदोमा नुन, मसला वा चिनी हालेर मट्याङ्ग्राजस्तो पारी सुकाई बनाइएको खानेकुरा।
37970 तितौरी ना. सानो वा स्नेह जनाउँदा तितौरालाई भन्ने शब्द।
37971 तितौली ना. काँक्राको अलिअलि तितो हुने भेट्नुपट्टिको अंश।
37972 तित्तिरि ना. १. नृत्यमा पाउ राख्ने एक प्रकारको चाल।
37973 तित्तिरि ना. २. यजुर्वेदको एक शाखा।
37974 तित्तिरि ना. ३. त्यस शाखाका प्रवर्तक ऋषि।
37975 तित्तिरि ना. ४. तित्रो।
37976 तित्रा पङ्खी वि/ ना. हे. तितरीपङ्खी।
37977 तित्री ना. खँदिलो साह्रो काठ हुने अमलाका जस्ता पात हुने, कोसाभित्र काँचो छँदा अमिलो र पाकेपछि अमिलो र गुलियो गुदी हुने फल फल्ने बोट; त्यसै बोटको फल; अमिली।
37978 तित्रे वि. तित्रोजस्तो; तित्राका ढाँचाको।
37979 तित्रे बादल ना. तित्राका पखेटाको बुट्टाजस्तो परेको बादल; तित्रापङ्खी वा तितरीपङ्खी बादल।
37980 तित्रो ना. छिरबिरे रातो चुच्चो र रातै खुट्टा भएको, निकै जोडले कुद्ने, उड्दा भ्याटाटा आवाज आउने र बास्दा तीनताराचित्रिक् गरेको सुनिने, च्याखुरोजो चरो।
37981 तिथि ना. १. चान्द्रमानका गणनाअनुसार आउने तथा घटबढ हुने शुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन।
37982 तिथि ना. २. श्राद्ध गर्ने दिन; मिति।
37983 तिथित वि. कुनै तिथि वा महिनाको गते, वार आदि तोकिएको; दिनाङ्कित (पत्रादि )।
37984 तिथिपत्र ना. पञ्चाङ्ग; पात्रो।
37985 तिथिमिति ना. चान्द्र दिन तथा सौर दिन, महिना, गते, वार आदि।
37986 तिन सर्व ती' शब्दको विभक्ति प्रत्यय लाग्दा हुने तिर्यक् रूप, उन।
37987 तिनाधान ना. पानी भएको जमिनमा उम्रने, लामालामा जुँगा हुने एक जातको जङ्गली धान।
37988 तिनिमुनी ना. धुन्या बाजासमूहमा बजाइने र भजनहरूमा सहायक ताल बाजाको रूपमा प्रयोग गरिने, फलामको सानो डन्डीले पिटेर बजाइने फलामकै तीनकुने बाजा।
37989 तिन्छु ना. झ्याली परिवारको सबैभन्दा सानो एक बाजा।
37990 तिप ना. माछा मार्न प्रयोग गरिने चोयाले बुनेको साधन; खोँगा।
37991 तिब्बत ना. नेपालको उत्तरी सिमानामा रहेको जनगणतन्त्र चीनको एक स्वशासित प्रदेश।
37992 तिब्बती वि. तिब्बतमा बस्ने वा हुने; ब्बतसम्बन्धी; तिब्बतको।
37993 तिब्बती शाखा ना. युरेसिया खण्डका विभिन्न भाषिक परिवारमध्ये एक शाखा।
37994 तिब्री ना. पहाडको चुचुरो; टाकुरो; टिउरी।
37995 तिब्रीकोट ना. कर्णाली अञ्चलअन्तर्गतको एक जिल्ला।
37996 तिमि ना. १. ज्यादै ठुलो आकारको एक जातको समुद्री माछो।
37997 तिमि ना. २. समुद्र।
37998 तिमिर ना. १. अँध्यारो वा धमिलो।
37999 तिमिर ना. २. फलाममा लागेको खिया।
38000 तिमिर ना. ३. रतौँधी।