Dictionary

All Word

37851 तालमखाना ना. लामालामा पात हुने; हाँगा र डाँठका बिचमा काँडादार गाँठा फल्ने, सेता वा नीला जुहीका जस्ता फूल फुल्ने एक जातको बुटी वा त्यसैको फल।
37852 तालमान ना. चित्र, मूर्ति आदि बनाउँदा आकृतिको ठिक अनुपात मिलाइने त्रिकोण, वृत्त आदि।
37853 तालमाल ना. तालमेल।
37854 तालमेल ना. १. कामकुराको परिपञ्च वा चाँजोपाँजो; ठिक्क हुने वा मिल्ने काम।
37855 तालमेल ना. २. दुई समूह वा दलबिचको मिलेमतो।
37856 तालव्य वि. तालुस्थानबाट उच्चारित हुने (ध्वनि)। तालुसम्बन्धी।
37857 तालव्यीभवन ना. अर्कै स्थानबाट उच्चारण हुने ध्वनि तालव्य वर्णमा परिवर्तित हुने काम वा स्थिति (जस्तो- सत् + चरित्र= सच्चरित्र; वाद्य = बाजा इ) ।)
37858 तालसुर ना. १. कुनै कामकुराको ताल र सुर।
37859 तालसुर ना. २. कामको रूपरङ्ग; सुरसार; थालनी।
37860 तालसुर ना. ३. गर्नुपर्ने काम वा कुराको ठिक चाँजोपाजो।
37861 ताला ना. ताल्चा।
37862 तालाकुन्जी ना. ताल्चा र साँचो।
37863 तालाबन्दी ना. १. कुनै वस्तु आदि बाकस, कोठा वा भँडारमा राखी ताल्चा लाएर बन्द गर्ने काम।
37864 तालाबन्दी ना. २. कर्मचारीहरूलाई चेताउनी दिन वा दबाउन मालिकले कारखानाको ढोकामा ताल्चा लाएर बाहिरै राखिदिने काम।
37865 तालाबन्दी ना. ३. कुनै पनि कामकारबाई ठप्प भएको अवस्था।
37866 तालाबन्दी ना. ४. आन्दोलनकारीहरूले आफ्ना माग पूरा गराउनका निम्ति सम्बन्धित निकाय वा निकाय - प्रमुखको कार्यालयमा ताला लगाइदिने काम।
37867 तालाबाला ना. कुनै त्रासद स्थिति वा हडबडीबाट हुने अत्याहट; अत्यास।
37868 तालिका ना. कुनै कुरा, विषय, मिति आदि मिलाई लेखिएको सूची; फेहरिस्त; रुटिन।
37869 तालिकाकार ना. तालिका तयार पार्ने; सूची बनाउने।
37870 तालिकीकरण ना. सङ्कलित तथ्यहरूलाई वर्गीकरणपछि हार र स्तम्भमा मिलाएर राख्ने प्रक्रिया।
37871 तालिम ना. १. कुनै काम वा विषयमा व्यवस्थित रूपमा दिइने शिक्षा; प्रशिक्षण; तालीम।
37872 तालिम ना. २. कामको अह्राइह्राइ वा सिकाइसधाइ।
37873 तालिमखाना ना. तालिम गर्ने ठाउँ।
37874 तालिमी वि. १. तालिम गरेको; प्रशिक्षण पाएको।
37875 तालिमी वि. २. तालिमसम्बन्धी।
37876 तालिमे ना. १. गानाबजानामा तालिम पाएकी दरबारिया सुसारे। वि.
37877 तालिमे ना. २. तालिम पाएको; तालिमी।
37878 ताली ना. १. थपडीको शब्द; करतलध्वनि; ताल।
37879 ताली ना. २. आँखाको पटल वा ढकनी।
37880 ताली ना. ३. सानो ताला।
37881 तालीम ना. हे. तालिम।
37882 तालीस पत्र ना. सुनपाती।
37883 तालु ना. वर्त्सभन्दा पछि र किलकिलेभन्दा अगिको भाग।
37884 तालुखुइले वि. तालुका रौँ झरेर खाली भएको; खल्वाट।
37885 तालुक ना. १. कसैको मातहतमा रहेको क्षेत्र वा इलाका; तैनाथ।
37886 तालुक ना. २. कुनै जवाफदेही रहेका कुराको वास्ता; सरोकार।
37887 तालुकअड्डा ना. तालुक भएको वा तालुक लिने अड्डा; माथिल्लो अधिकार लिएको अड्डा।
37888 तालुकदार ना. १. रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र तालुकदारी ऐन- सवालबमोजिम काम गर्ने व्यक्ति; गाउँको मुखिया; जिम्मावाल।
37889 तालुकदार ना. २. तैनाथवाला; तालुकवाला।
37890 तालुकदारी ना. तालुकदारको काम वा अधिकार; तालुकदारको प्रथा; जिम्मावारी।
37891 तालुकवाला ना. १. जिल्ला वा गौँडाभरको मुख्य निकासा दिने हाकिम।
37892 तालुकवाला ना. २. पहिले जिल्ला वा गौँडाको बडाहाकिम (अचेलको प्रमुख जिल्ला अधिकारी)।
37893 तालुकी ना. तालुकको काम।
37894 तालो ना. ताल; ताला।
37895 तालोसाँचो ना. आग्लो खोल्ने ताल र ताल्चा खोल्ने साँचो।
37896 ताल्चा ना. ढोका, सन्दुक, ट्याङ्का, बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र।
37897 ताल्चे क्रि. वि १. गुच्चा आदि नगुडाईकन सोझै हान्ने चाल। वि.
37898 ताल्चे क्रि. वि २. ताल्चाका किसिमको; ताल्चा मार्न हुने।
37899 ताल्चेझार ना. डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार; कुरकुरे।
37900 तावा ना. बाबर आदि पकाउने थालजस्तो फलामे भाँडो।