Dictionary

All Word

37801 तारिका ना. ३. कोटको कल्लरमा धारण गरिने विभूषणको सानो प्रतीक वा स्मृतिचिह्न।
37802 तारिख ना. १. अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति; तारेक।
37803 तारिख ना. २. इस्वी महिनाको गते वा दिन; मिति।
37804 तारिख किताब ना. तारिखको नाम, मिति टिप्ने पन्जिका।
37805 तारिख पर्चा ना. अड्डा अदालतबाट झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अड्डाको छाप र फाँटवालाले सहीछाप गरी लेखिदिने कागत वा पुर्जा।
37806 तारिख भरपाई ना. तारिख बुझिलिएँ' भन्ने बेहोरा भएको झगडिया वा वारिसको सहीछाप परेको कागत।
37807 तारिखवाला ना. अड्डा अदालतबाट तारिख तोकिएको वा तारिखमा रहेको झगडिया।
37808 तारिनु क.क्रि. तार्ने काम गरिनु।
37809 तारिफ ना. १. असल गुणहरूको बढाइँ; प्रशंसा; सह्रनी।
37810 तारिफ ना. २. कुनै कुराको विवरण वा वर्णन।
37811 तारी ना. १. सुनकेवँरा।
37812 तारी ना. २. पटुवा काट्दा चार मुठाबाट एक किलो पाट बन्ने हिसाबले बनाइने सानो एकाइ; मुठी।
37813 तारु ना. मसिना पात हुने, झुस नहुने, बलियो चिल्लो जातको बाँस।
37814 तारुण्य ना. तरुण हुनाको भाव वा अवस्था; तन्नेरीपन; युवावस्था; जवानी; यौवन।
37815 तारे १ वि. १. निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु)।
37816 तारे १ वि. २. तारा भएको; ताराजस्तो।
37817 तारे २ वि. तार लागेको; तार भएको। (उदा.- त्यस्तो तारे बारमा कसरी जाने ? कर नलाऊ है!)
37818 तारेक ना. हे. तारिख।
37819 तारे भिर ना. साह्रै अग्लो र कहालीलाग्दो ठाडो पहरे भीर।
37820 तारेमाम ना. बौद्धमार्गीबिच प्रचलित एक प्रकारको अभिवादन; नमस्कार।
37821 तारैतार क्रि. वि. पटकैपिच्छे; तारनतार।
37822 तारो ना. बाण, गोलीजस्ता अस्त्रले ताकिने निशाना; लक्ष्य।
37823 तारो हनाइ ना. तारो हान्ने काम।
37824 तार्किक वि. १. तर्कशास्त्र जान्ने (व्यक्ति); तत्त्ववेत्ता; दार्शनिक; नैयायिक।
37825 तार्किक वि. २. तर्क वा तर्कशास्त्रको; तर्क वा तर्कशास्त्रसम्बन्धी।
37826 तार्किक प्रश्न ना. तर्कयुक्त प्रश्न।
37827 तार्किक शैली ना. लेखाइमा लामा वाक्य, प्रचुर विशेषण र बौद्धिकता बेसी भएको, अलि कठिन भईकन बुँदायुक्त, गहकिलो तथा विचारात्मक हुने, ओज गुण भएको एक शैली।
37828 तार्की ना. मदानीको टुप्पामा जडिएको तार।
37829 तार्कु वि. ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गाई, बाछी)।
37830 तार्के वि. ताराजस्तो चिह्न भएको; निधारमा ताराकार सेतो टीका हुने (गोरु आदि)।
37831 तार्के घ्याङ ना. सिन्धुपाल्चोक जिल्लामा पर्ने बौद्धमार्गी लामाहरूको प्रसिद्ध धार्मिक स्थल (गुम्बा)।
37832 तार्के जुरेली ना. एक जातको जुरेली चरो।
37833 तार्के बाँस ना. तामाबाँसभन्दा अलि मसिना पात र खँदिलो हुने एक प्रकारको बाँस।
37834 ताल १ ना. पानी प्रशस्त जमेको ठाउँ; ठुलो प्राकृतिक पोखरी; दह।
37835 ताल २ ना. १. नाचगानको ढङ्ग वा पारा; छाँट; चाल।
37836 ताल २ ना. २. खुसी प्रकट गर्दा दुई हत्केला बजाएर निकालिने शब्द; ताली।
37837 ताल २ ना. ३. मादल, तबला, झ्याम्टा आदि ठोकेर वा जुधाएर बजाइने बाजाको मात्रा।
37838 ताल २ ना. ४. ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन।
37839 ताल २ ना. ५. झ्यालढोकाको चौकोस कस्नाका निम्ति गाह्रोमा तेस्याइने लामो काठ।
37840 ताल २ ना. ६. ताडको रुख।
37841 ताल २ ना. ७. कामगराइको चोटि वा पटक।
37842 ताल २ ना. ८. सन्जोग; मौका।
37843 तालगाँठी ना. १. कुनै कामकाजको प्रबन्ध; चाँजोपाँजो।
37844 तालगाँठी ना. २. कुनै कुराको भित्री अभिप्राय; रहस्य।
37845 तालबारी वि. अनेक ताल झिक्ने; आफ्नै तालको; अनौठो।
37846 तालद्वार ना. झ्यालढोकाहरू लगाउने र बन्द गर्ने साधन; साँचोमुचो; तालाकुन्जी।
37847 ताल न सुर ना. छाँट न काँट; रङ्ग न ढङ्ग।
37848 तालपत्र ना. हे. ताडपत्र।
37849 तालपर्णी ना. जङ्गलमा पाइने एक जातको सुप।
37850 तालफल ना. नरिवलको आकारको भित्रपट्टि पानी हुने एक प्रकारको फल; ताडको फल।